नेपाल शिक्षक संघ चितवनद्धारा आयोजित शिक्षा तथा स्वास्थ संवाद कार्यक्रम सम्पन्न

चितवन जेठ१९। नेपाल शिक्षक संघ चितवनद्धारा जुम प्रविधिको माध्यमबाट आज बुधवार आयोजित शिक्षा तथा स्वास्थ संवाद कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले सार्वजनिक शिक्षा र स्वास्थ्यको महत्वको बारेमा कोबिडले हामीलाई धेरै राम्रोसँग पाठ बुझाएको छ भन्दै नेपाली काँग्रेसले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई महत्वका साथ लिनु पर्ने कुरामा जोड दिनुभयो ।

सम्बृद्ध नेपालका बारेमा भाषण गरेर मात्र होइन , शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेको लगानी र परिवर्तनले मात्र नेपाल समुन्नत बन्ने कुरा डा.कोइरालाले बताउनुभयो । कोविड मात्र नभइ भोलि आउने जति पनि संकटबाट शिक्षण सिकाइलाई निरन्तरता दिन प्रविधीमैत्री सिकाइ र वैकल्पिक शिक्षण सिकाइलाई जोड दिएर योजना बनाउनु पर्ने कुरामा जोड दिंदै कोइरालाले नेपाली काँग्रेस र नेपाल शिक्षक संघले आवाज उठाउनु पर्ने कुरा बताउनुभयो ।

नेपाली काँग्रेसले तमाम शिक्षकका समस्या समाधानमा पहल गर्ने कुरामा कोइरालाले जोड दिनुभयो । प्रधानमन्त्री के.पी वली सत्ता कब्जा गर्ने तर्फ उद्दत्त रहेको भन्ने कुरा उहाँका गतिविधिबाट स्पष्ट देखिन्छ भन्दै न्यायलयले संसद पुर्नस्थापना गर्ने कुरामा आँफु विश्वस्त रहेको र नेपाली काँग्रेस जिम्मेबार भएर लाग्नुपर्ने कुरा कोइरालाले बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाली काँग्रेशका केन्द्रिय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्रि गगनकुमार थापाले आजको विषम परिस्थितीमा मानविय सेवा नै प्रमुख धर्म रहेको कुरा व्यक्त गर्नु भयो । शिक्षा र स्वास्थ्य देशको मेरुदण्ड रहेको कुरा व्यक्त गर्दै अव नेपाली काँग्रेसले शिक्षा,स्वास्थ र रोजगारीलाई प्राथमिकतामा राखेर निति निर्माण गरेर अगाडी बढ्ने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री एन.पी साउद, नेपाल शिक्षक संघ केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद पौडेल,नेपाल शिक्षक महासंघ पूर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञावली,नेपाल शिक्षक महासंघ संघिय महासचिव सोमनाथ गिरी, नेपाली काँग्रेस चितवन जिल्ला सभापती जित नारायण श्रेष्ठ ,महिला शिक्षक समाज केन्द्रिय अध्यक्ष डा.जानुका पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

देश भरिबाट तीन सय शिक्षकहरुको सहभागीता रहेको सो कार्यक्रम नेपाल शिक्षक संघ चितवन जिल्ला अध्यक्ष डा.हरि प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 11 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:१२
    • 23 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *