0 प्रतिक्रिया
रुसले नियन्त्रणमा लियो युक्रेनको लुहांस्क क्षेत्र
२१ असार, काठमाडौं । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।
लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन् ।’
यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए ।
यसअघि रुसको चेचेन्या गणराज्यका प्रमुख रमजान कादिरोभले सार्वजनिक गरेको एक भिडियोमा चेचेन लडाकु लिसिचांस्कको मध्यमा देखिन्छन् । उनीहरु पश्चिमतर्फ अघि बढिरहेका छन् । युक्रेनको नियन्त्रणमा रहेको स्लोभियांस्क शहरमा संघर्ष जारी छ । सोमबारसम्म त्यहाँ ६ जनाको मृत्यु भएको थियो । लिसिचांस्क दोनेत्स्क क्षेत्रमा पर्दछ । दोनेत्सक र लुहांस्क मिलेर बनेको औद्योगिक डोनबास क्षेत्र बनेको छ । लुहांस्क क्षेत्र रुसको नियन्त्रणमा रहे पनि दोनेत्स्का दुई ठूला शहर स्लोवियांस्क र क्रेमातोरस्कमा युक्रेनको नियन्त्रण कायम छ ।
एक साता अगाडि रुसी सैनिकले सेवेरोदोनोत्स्कमा कब्जा जमाएका थिए । यो शहर रुसी बमबारीबाट पूर्णरुपमा ध्वस्त भएको छ ।



