+
+
-- Sponsored Ad --

गायिका दिलमाया मृत्यु प्रकरण : झुन्डिएर मृत्युवरण गरेकाे रिपाेर्ट सार्वजनिक

296 पटक हेरिएको
Clock २०७९ असार २३, बिहीबार १७:३९
-- Sponsored --

नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ ।  असार ११ मा विहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गायिकाका बुवा केशर बिकले हत्या आरोपमा किटानी जाहेरी दिएका छन् ।

त्रिवि शिक्षण अस्पतलामा शव पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् । मृत्युको कारण ‘झुन्डिएर’ भन्ने रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

 

१२ दिनदेखि प्रहरी हिरासतमा रहेका श्रेष्ठको बयानको आधारमा प्रहरीले महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिको झाडीबाट सल बरामद गरेको छ । गायिकाको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए ।
गायिकाको मोवाइल अझै फेला परेको छैन । मोबाइलबारे आरोपीले पनि आफुलाई थाहा नभएको बताउने गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

आरोपी श्रेष्ठले बिहान आफु ब्यूँझँदा गायिका झ्यालको भेन्टिलेशनमा पासो लगाएर झुण्डिएको देखेको बयान दिएका छन् । ‘बचाउन’ आफुले डण्डी फुकाउँदा उनको शरीर चिसो भएपछि छाडेर भागेको श्रेष्ठले प्रहरीलाई बताएका छन् । 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win