+
+
-- Sponsored Ad --

विराटनगरको बजेट पारित, न्यायिक समिति गठन

332 पटक हेरिएको
Clock २०७९ असार २६, आईतवार १६:५४
-- Sponsored --

२६ असार, विराटनगर । विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि विराटनगरले तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट चालु आर्थिक वर्ष २०७८/७९ को बजेट चार अर्ब ६० करोड ८१ लाख भन्दा १५ प्रतिशतले कम हो ।

नगरसभा वैठकलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगरको आर्थिक अवस्था कमजोर भएकाले राजस्व संकलन १ अर्ब रुपैयाँ नकटाएसम्म सोचेंजस्तो विकास गर्न नसक्ने बताए ।

उपमेयर शिल्पा कार्कीले पनि महानगरको आन्तरिक आम्दानी बढाउनुपर्ने बताइन् । करको दायरामा नआएका क्षेत्रलाई दायरामा ल्याउने बताउँदै उनले आन्तरिक स्रोतलाई बलियो बनाएर मात्रै चाहेजस्तो विकास गर्न सकिने बताइन् ।

न्यायिक समिति गठन

दोस्रो नगरसभा वैठकले उपमेयर कार्कीको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ । सदस्यमा वडा नम्बर ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नम्बर ९ कि सदस्य रुपा देउजा छन् ।

महानगरले नगरसभा सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । जसको सदस्यमा वडा नम्बर २ कि सदस्य मेनुका परियार र वडा नम्बर ९ का सदस्य रियाज अहमद चयन भएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win