ललिता निवास प्रकरणः बस्न्यातविरुद्ध दायर मुद्दाको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दीप बस्न्यातविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा पुर्याउन तत्कालीन भौतिक मन्त्रालयको सचिवको हैसियतले भूमिका खेलेको अभियोगमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको छ । उक्त मुद्दाको सुनुवाई गर्दै विशेषले पुर्पक्ष थुनामा रहेका बस्न्यातले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा दोस्रोपटक सुनुवाइ गर्दै सर्वोच्चले सक्कल फाइल ल्याउन भनेको हो ।

 

न्यायाधीश दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आज बिहान साढे १० बजेभित्र विशेष अदालतबाट मुद्दाको सक्कल फाइल ल्याउन आदेश दिएको हो । डिल्ली बजार कारगारमा रहेका बस्न्यातले यही वैशाख १७ गते सर्वोच्चमा बन्दीको निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै १९ गते सर्वोच्चले विपक्षीलाई थुनामा राख्नुको र छाड्नु नपर्ने कुनै आधार र कारण भएका तीन दिनभित्र पेश गर्न भनेको थियो । लिखित जवाफ परेपछि हिजो तोकिएको पेशीमा संयुक्त इजलासले विशेषमा पेश भएको सक्कल फाइल ल्याउन भनेको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 18 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *