काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक तथा तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो । सोही प्रकरणमा अदालतले आठ जनालाई सफाइ दिएको छ ।
अदालतले पौडेललाई सजाय निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज, २०८० मा बहालवाला सचिव मधु मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
लाेकपथबाट…..

