+
+
-- Sponsored Ad --

‘व्याकुल माइला संग्रहालय’ निर्माणको काम सुरू

314 पटक हेरिएको
Clock २०७९ श्रावण २६, बिहीबार १२:२५
-- Sponsored --

ओखलढुंगा । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई अर्थात् व्याकुल माइलाको जन्मस्थान ओखलढुंगाको हिलेपानीमा जनश्रमदानसहित करिब १ करोड लागतमा संग्रहालय निर्माणको काम थालिएको छ ।

पैतृक घर तथा ६ रोपनी जग्गा राईले व्याकुल माइला प्रतिष्ठानलाई उपलब्ध गराएपछि संग्रहालय निर्माणको काम थालिएको हो ।

संग्रहालयका लागि शहरी विकास तथा भवन कार्यालयले अघिल्लो आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेर कच्ची घरलाई प्रबलीकरणको काम गरेको छ । प्रबलीकरणको काम पूरा गर्न कार्यालयले चालु आर्थिक वर्षमा पनि ५० लाख बजेट विनियोजन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले संग्रहालय निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेर काम गर्ने तयारी गरेको छ ।

संग्रहालयमा स्थानीय जनजीवन, रहन सहन, संस्कार संस्कृति झल्कने सामग्रीहरु, कलाकौशल तथा व्याकुल माइला र उहाँको पारिवारिक जीवनसँग जोडिएका सामग्रीहरु राख्ने तयारी गरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win