नक्कली नागरिकता बनाइदिएको आरोपमा गैंडाकोटका वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले नवलपुरको गैंडाकोट नगरपालिका–६ का वडाध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।

भारतीय नागकिर जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् ।

गैंडाकोट नगरपालिका–६ का वडाध्यक्ष सापकोटाले २०७७ चैत १ गते पहिचान विनै वंशजका आधारमा नागरिकता बनाउन झूठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए ।

‘नागरिकता बनाइदिन नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिन्छ’ प्रहरी निरीक्षक खनालले भनिन्, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान गरिरहेका छौं ।

’ भारतीय नागरिक देवनलाई आफ्नै छोरा भन्दै नागरिकतामा उल्लेख आमा भनिने ममिता खातुनले सानैमा छोडेर गएको भनी झुठो विवरण पेश गरेर मियाँले नागरिकता बनाइदिएको प्रहरीको भनाइ छ ।

उनीहरुले भारतीय नागरिकलाई नागरिकता प्रमाणपत्र दिलाउन मियाँ बुबा र श्रीमतीले बच्चा जन्माएपछि सानैमा छोडेर गएकी भन्दै ममिता खातुनलाई आमा बनाएर झुटो विवरण पेश गरी कीर्ते गरेको खुल्न आएको प्रहरी निरीक्षक खनालले बताइन् ।

नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्मदर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७७ चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए ।

जन्मदर्ता बनाएको १५ दिनभित्रै नागरिकता बनेको देखिएको प्रहरीको भनाइ छ । आरोपी देवनका जेठानले पनि उनी भारतीय नागरिक भएको स्वीकार गरेका छन् ।

पक्राउ परेका आठै जनालाई नागरिकता सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक खनालले बताइन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 50 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 109 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *