२८ जेठ कावासाेती : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।
गैंडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी सन्तोष पाठकले बताए ।
गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् ।

