+
+
-- Sponsored Ad --

फिर्ता भएको नागरिकता विधेयक पुनः जस्ताको तस्तै पारित

404 पटक हेरिएको
Clock २०७९ भाद्र २, बिहीबार २२:५६
-- Sponsored --

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । विधेयक बिहीबार प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको हो ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् ।
बिहीबार प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये नागरिकता विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए ।
यसअघि बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत रुपमा पारित गरियोस् भन्ने प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।
एमाले सांसदहरूले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि नागरिकता दिने व्यवस्था राख्नुपर्ने माग गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win