गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे

  • समाचार
  • २०७९ मंसिर २९, बिहीबार ०९:३८

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्।

काठमाडौंमा आज भएको महासंघको तेस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मणबहादुर शाही र महासचिवमा खिमबहादुर थापा चयन भएका छन्।

शाही जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष हुन् भने थापा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्। सचिवमा सिन्धुली फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, कोषाध्यक्षमा डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट निर्वाचित भएका छन्।

महासंघको नयाँ नेतृत्व राजनीतिक दलहरूले भागबन्डामा टुंग्याएका हुन्। दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागबण्डा गरिएको हो।

स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाएकोे छ। दोस्रो ठूलो दल नेकपा एमालेले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ। नेकपा माओवादी केन्द्रले कोषाध्यक्ष पाएको हो।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *