+
+
-- Sponsored Ad --

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे

363 पटक हेरिएको
Clock २०७९ मंसिर २९, बिहीबार ०९:३८
-- Sponsored --

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्।

काठमाडौंमा आज भएको महासंघको तेस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मणबहादुर शाही र महासचिवमा खिमबहादुर थापा चयन भएका छन्।

शाही जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष हुन् भने थापा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्। सचिवमा सिन्धुली फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, कोषाध्यक्षमा डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट निर्वाचित भएका छन्।

महासंघको नयाँ नेतृत्व राजनीतिक दलहरूले भागबन्डामा टुंग्याएका हुन्। दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागबण्डा गरिएको हो।

स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाएकोे छ। दोस्रो ठूलो दल नेकपा एमालेले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ। नेकपा माओवादी केन्द्रले कोषाध्यक्ष पाएको हो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win