आदिवासीको अनौठो संस्कार : अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क

पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ ।

शोधकर्ताहरूका अनुसार यो आदिवासी समुदायका मानिसहरूले आफ्ना परिवारजनको मृत्यु पश्चात् अन्तिम संस्कारका बेला शवको टाउकोबाट मस्तिष्क निकालेर खाने गर्दछन् ।

अनौठो त के भने मरेका मान्छेको मस्तिष्क खाने यही बानीले गर्दा यो आदिवासी समुदायका मानिसमा कुरु नामक रोगविरुद्ध आनुवंशिक प्रतिरोधी क्षमताको विकास भएको छ । कुरु नाम रोग म्याड काउ रोगसँग मिल्दोजुल्दो हुन्छ ।

वैज्ञानिकहरूका अनुसार फोर आदिवासीको आहार र उनीहरुले प्राप्त गरेको रोग प्रतिरोधी क्षमताको अध्ययनले पार्किन्सन्स तथा डिमेन्सिया जस्ता रोगको उपचारको खोजीमा पनि सहयोग पुग्न सक्दछ ।

यो आदिवासी समुदायमा कसैको मरण वास्तवमा एउटा पर्वजस्तै हुन्छ । पुरुष मलामीहरूले आफ्ना मृतक आफन्तको मासु खाने गर्दथे भने महिलाहरूले मृतकको मस्तिष्क खाने गर्दछन् ।

यो परम्परा आफ्ना प्रियजनप्रति सम्मानको प्रतिकको रुपमा पनि मानिन्छ । शवलाई गाड्दा त्यो कुहिने तथा किराहरूले खाने भएकाले त्यसो गर्नुभन्दा मृतकलाई माया गर्ने आफन्तहरूले उसको शरीर भोजन गर्नु उपयुक्त हुने मान्यता उनीहरूमा छ । मृतकको शरीरका पित्ताशय बाहेक अरु सबै अंगहरूको मासु फ्राइ गरेर खाने गरिन्छ ।

पपुवा न्युगिनीमा कुरु रोगको प्रकोप पश्चात् सन् १९५० देखि मानव मस्तिष्क खानमा प्रतिबन्ध लगाइएको छ । तर यो आदिवासी समुदायमा अझै पनि कहीकतै त्यो प्रचलन कायमै छ ।

मानव मस्तिष्क खाने फोर आदिवासीमा कुरु तथा प्रायोन प्रोटिनका कारण हुने विभिन्न खाले रोगहरूविरुद्ध आनुवंशिक प्रतिरोधी क्षमता विकास भएको पाइएको छ ।

एजेन्सी

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १४, सोमबार १६:२७
    • 43 views
    वैज्ञानिकहरूले पृथ्वीको गहिराइमा दुई ठूला पहाडहरू फेला पारे ।

    वैज्ञानिकहरूले पृथ्वीको गहिराइमा दुई ठूला पहाडहरू फेला पारेका छन्, जुन सगरमाथाभन्दा १०० गुणा अग्लो रहेको बताइएको छ। यी पहाडहरू पृथ्वीको सतहमा नभई म्यान्टल भनिने पृथ्वीको भित्री तहमा रहेका छन्। यसबारे…

    विस्तृत.....

    • २०८१ माघ ४, शुक्रबार १८:५३
    • 50 views
    विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, विद्वत्ता नष्ट हुन्छ।

    विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्। कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न। महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *