+
+
-- Sponsored Ad --

सभामुखमा घिमिरे र न्यौपानेबीच प्रतिस्पर्धा

316 पटक हेरिएको
Clock २०७९ माघ ४, बुधबार १७:२१
-- Sponsored --

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ। 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार घिमिरे र न्यौपानेको मात्रै उम्मेदवारी परेको हो। सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकेको थियो। 

मनोनयनको समय सकिएपछि सचिवालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो।

घिमिरेको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ छन् भने समर्थकहरूमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देन रहेका छन्।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला छन्।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने संसद सचिवालयको तालिका छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win