सभामुखमा घिमिरे र न्यौपानेबीच प्रतिस्पर्धा

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ। 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार घिमिरे र न्यौपानेको मात्रै उम्मेदवारी परेको हो। सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकेको थियो। 

मनोनयनको समय सकिएपछि सचिवालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो।

घिमिरेको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ छन् भने समर्थकहरूमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देन रहेका छन्।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला छन्।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने संसद सचिवालयको तालिका छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *