सिन्धुलीमा बाँसको व्यवसायिक खेतीले प्रयाप्त आम्दानी

  • समाचार
  • २०७९ श्रावण २५, बुधबार ०९:५१

सिन्धुली । मानव जीवनको जन्मदेखि मृत्युसम्म अर्थात नेपाली समाजमा मर्दा र पर्दा समेत आवश्यकता पर्ने बाँसको व्यवासायिक खेती सिन्धुलीमा फस्टाउँदै गएको छ ।

मध्यम गरम जलवायु तथा भित्री तराईमा पर्ने सिन्धुली जिल्लामा फस्टाएको बाँस खेतीले स्थानीय किसानहरुको आय-आर्जन वृद्धि गरी जीवनस्तर उकास्न समेत मदत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवस्यक पर्ने बाँसलाई पवित्र सामाग्रीकाे रुपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङग्लो थुन्से भकारी, मुखौं रा, मान्द्रो र सोली जस्ता सामाग्री बनाउने गरिन्छ । बाँसबाट बनेका यस्ता सामानकाे मानिसले घरायसी प्रयोजनका लागि दैनिक रुपमा प्रयाेग गर्दै आएका छन् ।

पछिल्लो समयमा शहर बजार क्षेत्रका घर तथा भवनहरुको निर्मार्णमा समेत बाँसको प्रयोग हुन थालेपछि बाँसले बजार समेत पाएको छ । सिन्धुली जिल्लाको बाँस खेती हुने स्थानहरुमा खोलाको किनार र खेत बारीका कान्ला र डिलमा व्यवस्थित रुपमा बाँसको खेती गर्न थालिएकाे छ । अहिले बाँस खेतीले व्यवसायिक रुप समेत लिएको हो ।

बाँसका आधा दर्जन विभिन्न जातहरुमध्धे सिन्धुली जिल्लामा भने, भालुबास , तामेबास र मलबास नै फस्टाएको देखिन्छ । सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भएका बाँसहरु राजधानी काठमाडाैं, पोखरा वीरगंज लगायतका शहरहरुमा बिक्री–वितरणका लागि व्यापारीहरुले समेत लैजाने गरेका छन् । सिन्धुली जिल्लाको सदरमुकाममा एकघना बाँसको घना हेरेर १ सयदेखि ३ सय रुपैयाँसम्म पर्दछ ।

सिन्धुली जिल्लाबाट हरेक वर्ष ३० हजार टन बाँस जिल्ला बाहिर जाने गर्दछ । साथै बाँसबाट निर्माण भएका नाङग्ला, डाला, र मान्द्रा लगाएतका सामानहरु समेत देशका विभिन्न स्थानहरुमा बिक्री–वितरणमा पुर्याइने गरिएको छ । बाँसको खेती गर्ने किसानहरुले बाँसको घाँसबाट भेडा बाख्रा पाल्न समेत सजिलो हुने भएकाले बाँसको महत्व बढेर गएको हो ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच र मरिण लगाएतका स्थानहरुमा व्यवसायिक बासको खेती सुरु गरिएपछि स्थानीय किसानहरुको आय-आर्जनमा समेत वृद्धि हुन थालको छ । सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा शहरिकरणको विकाससँगै घर तथा भवनहरुको समेत निर्माणमा तीब्रता आएपछि बाँसको खपत जिल्ला सदरमुकाममा समेत बढेर गएको छ ।

बाँसका घरायसी तथा आधुनिक सामानहरु निर्माण गर्नका लागि सिन्धुली जिल्लाको ग्रामीण बस्तीहरुमा साना तथा घरेलु उधोगहरु समेत संचालन भएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *