
११ माघ, काठमाडौं । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
युवाहरुको एक समूहले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले आचार्यले राखेका मागहरु सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
तस्विरः अनलाइनखबर