+
+
-- Sponsored Ad --

राष्ट्रिय दैनिकको होली मिलन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

947 पटक हेरिएको
Clock २०७९ फाल्गुन २२, सोमबार २१:२४
-- Sponsored --

बिनोद निगम,२२ फाल्गुन, नवलपरासी पस्चिम, : पश्चिम नवलपरासीको सरावल गाउँपालिका वार्ड नं ०४ कोटही मन्दिरमा होली मिलन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

आयोजक उमङ्ग मीडिया प्रा.लि. सरावल-३ सरावलद्वारा सञ्चालित राष्ट्रिय दैनिक डिजिटल पत्रिकाका कार्यकारी निर्देशक उमेश वि.क.को अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अतिथिकतामा सम्पन्न भएको छ।

कार्यक्रममा मीडियालाई हरपल सहयोग गर्ने राष्ट्रिय दैनिक डिजिटल पत्रिकाका प्रधान सम्पादक सञ्जय कुशवाहा, कार्यकारी सम्पादक रंजीत शर्मा,बजार प्रमूख ज्ञानेश्वर साहनी सहायक बजार प्रमूख तथा सम्वादाता विनोद निगम,सम्वादाता राज चौधरी,हुसेन अन्सारी,आरपी उपाध्याय,जितेन्द्र गुप्ता, तुलसी राम सम्मानित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि चौधरीले छोटो समयमै नवलपरासी जिल्लाको उत्कृष्ट डिजिटल पत्रिका रुपमा प्रचित भएकोमा बधाई दिँदै अब आउने समयमा पनि पत्रीकालाई निष्पक्ष,पत्रकारिताको धर्म र मर्म अनूसार कलम चलाउन आग्रह गरेका छन्। हालको अवस्थामा प्रविधिको विकासका कारण तुरन्तको समाचार तुरन्त सम्पादन र प्रकाशन गर्न सकिने भएको बताउँदै समाचार सम्पादन शैलीको विकास गर्न सम्पूर्ण पत्रकारलाई आवश्यकता रहेको बताउनु भएको छ।गाउँपालिका अध्यक्ष रूपमा ३०० दिनमा आफू ४ ऐन र कार्यविधि पारित गरी विभिन्न विकास निर्माणका कार्य गर्दै आएको बताए।

त्यसै कार्यक्रममा सम्बोधन गरेका अतिथिहरुले राष्ट्रिय दैनिक डिजिटल पत्रिकाले नवलपरासीमा आफ्नो एक अलग पहिचान बनाउन सफल भएकोमा बधाई दिँदै यस पहिचान तथा कार्यलाई यथावत राख्न सके आगामि दिनमा राष्ट्रिय दैनिक डिजिटल पत्रिका थप उचाईमा पुग्ने बताएका छन् । प्रविधिको विकासले हाल फेसबुक,ट्वीटर,वाट्स्प लगायतका सामाजिक सञ्जाल व्यक्ति व्यक्ति माझ पुगी सकेको हुनले पत्रकारले कुनै पनि विषय वस्तु यी सामाजिक सञ्जालमा लेख्नु भन्दा पूर्व आफू गम्भीर भएर लेख्नु पर्नेमा जोड दिएका थिए।

होली मिलन समारोह तथा सम्मन कार्यक्रममा आपसी भाइचारा, सुमधुर सम्बन्ध विस्तार, पुराना बिचार र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्यले तथा वर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होली मिलन समारोह आयोजना गरिएकाे राष्ट्रिय दैनिक का निर्देशक उमेश बिकले बताउनुभयाे ।

कार्यक्रम मा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी,परासी प्रेस क्लबका अध्यक्ष बेचु गौन्ड,रेडियो दाउन्नेका स्टेशन मेनेजर मोहन पौडेल,अनलाइन जनताका कार्यकारी निर्देशक तथा बरिष्ठ पत्रकार बृजराज कुशवाहा,वरिष्ट पत्रकार आरपी उपाध्याय, देशबन्दु यादव लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

त्यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरण सूर्यपूरा शाखाका लेखा प्रमूख रमेश उपाध्याय,पत्रकार गौरी शंकर जयसवाल,अनिल यादव,आदित्य प्रजापति,प्रदीप पाठक,जितेन्द्र गुप्ता, विनय पटेल, विदेशी मुलुक नर्वे की दुई नागरिक क्लारा,बेनी युवा तथा सामाजिक अभियन्ता साइदा नेसा लगायत विभिन्न मीडियाका पत्रकारहरुको उपस्थिती रहेको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win