हाम्रा नेता–कार्यकर्ता मागेर खानुपर्ने ठाउँमा छैनौं : विप्लव

१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् ।

आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

नेकपाले कृषिमा आत्मनिर्भर हुन गरेको मिहेनतले यो अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

‘नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या छैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने ठाउँबाट मुक्त गर्ने अठोट हो । हामीले खानका लागि कसैसँग गुहार्न पर्ने ठाउँमा छैनौं ।’

उनले भोलि (सोमबार) राजधानीकै बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए ।

‘भोलि नै हामी बुढानीलकण्ठमा सी व्यापार केन्द्र पनि खोल्दैछौं,’ उनले भने ।

उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहना आफूहरूको रहेको जिकिर गरे ।

‘नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने हाम्रो चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं,’ विप्लवले अघि भने, ‘त्यहाँबाट उठेर हामी आएका हौं । नेपाली जनताको मन छामेका छौं । नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन् ।’

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २८, सोमबार १९:५०
  • 12 views
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

विस्तृत.....

  • २०८१ माघ १३, आईतवार २१:४८
  • 77 views
रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

कावासाेती । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *