+
+
-- Sponsored Ad --

विदेशबाट आउँदा महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम मात्रै सुन ल्याउन पाउने

221 पटक हेरिएको
Clock २०८० श्रावण २०, शनिबार १२:३०
gold
-- Sponsored --

साउन २०, काठमाण्डौ :  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के(कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ।

कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था छ।

साथै एक जना व्यक्तिले यो बाहेक थप २ सय ग्रामसम्मका सुनको गहना भन्सार बिन्दुबाट महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ। त्यस्तै गहनाको आकार मात्रै दिएर बनाइएका बेरूवा औ‌ंठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिइने पनि कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ।

श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ। यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्नेछ।

त्यस्तै, टेलिभिजनको हकमा विदेशबाट आउनेहरूले श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेर फर्किँदा सामाजिक सुरक्षामा सूचीकृत भएको छ भने जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु पर्दैन।

श्रम स्वीकृति लिई लागातार १२ महिना काम गरी फर्केका भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मका टेलिभिजन भन्सार नतिरी साथमा लैजान पाउँछन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win