Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
जुवाखालबाट गाउँपालिका अध्यक्ष सहित ७ जना पक्राउ जुवाखालबाट गाउँपालिका अध्यक्ष सहित ७ जना पक्राउ - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

जुवाखालबाट गाउँपालिका अध्यक्ष सहित ७ जना पक्राउ

259 पटक हेरिएको
Clock २०८० भाद्र ८, शुक्रबार ०९:५५
gharpajhong-mustang-adakshya
-- Sponsored --

भदौ ८, कास्की : पोखराबाट पक्राउ परेका जुवाडेको टोलीमा गाउँपालिका अध्यक्ष पनि रहेको खुलेको छ । पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् । सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win