भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सको तेस्रो जित

एजेन्सी । भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । जितका लागि १३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । दिल्लीका लागि स्टेभन स्मिथ र शिखर धवनले क्रमश ३३ र ४५ रनको पारि खेले ।

दिल्लीका ललित यादव २२ र शिम्रन हेटमायर १४ रनमा अविजित रहे । शिखर धवन ४२ बलमा ५ चौका र १ छक्का सहित ४५ रनमा आउट भए । स्टिभ स्मिथ २९ बलमा ४ चौका सहित ३३ रनमा आउट भए । दोस्रो विकेटका लागि धवन र स्मिथले ५३ रनको साझेदारी गरेका थिए ।

कप्तान ऋषभ पन्त र पृथ्वी शा ७(७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुमराह, जयन्त यादव, राहुल चहर र काइरन पोलार्डले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

 

मुम्बईका ओपनर तथा कप्तान रोहित शर्माले ३० बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रनको योगदान दिए । चार खेल खेलेको दिल्लीले ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।

यस्तै चेन्नई सुपर किंग्स ३ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । मुम्बई ४ खेलमा समान २ मा हार र २ मा जित सहित चौथो स्थानमा छ । यसैबीच आज हुने खेलमा पन्जाब किङ्स् र सनराइजर हैदराबादबीच प्रतिष्पर्धा हुने छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 50 views
    खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

    ७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:५९
    • 55 views
    नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

    ७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *