देवचुली कोरोना कहर: फलफुल र तरकारी व्यवसाय चौपटमा

देवचुली, माधब सुबेदी

विश्वभरी फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड- १९ संगै भएको लकडाउनले देवचुलीका मानिसको व्यापार व्यवसाय चौपटमा पारेको छ । लकडाउनको कारण नवलपुर र देवचुलीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा गरिएको थियो । देवचुलीका विभिन्न स्थानमा तरकारी फलफुल व्यवसाय गर्दै आएका अधिकाम्स व्यापारीहरुको व्यापार चौपटमा परेको हो । देवचुली नगरपालिकाका १६ रजहरका तरकारी तथा फलफुल व्यवसाय गर्दै आएका नरेश बराल विहान दुई बजे हरेक दिन तरकारी लिन नारनगढ पुग्छन् उनले आफनै गाडिमा तरकारी बोकेर ल्याउछन, घर लागि होइन, घर परिवार चलाउनको लागि ल्याउछन् । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि भन्दै सरकारले लकडाउन गरेको छ। जसका कारण सवारी साधन नचल्दा र आफनै साधनमा पनि तरकारी बोक्नको लागि जादा धेरै कठिनाइहरु भोग्नु परेको छ । बरालले विहान बेलुका छाक टार्नको लागि भएपनि तरकारी बेच्ने गरेको बताए । सहज दिनहरुमा जस्तो तरकारी र फलफुल विक्री नभएसम्म बसिन्थ्यो तर उहिले भाइरसका कारणले गर्दा धेरै बेच्न नसकेको र कुहिएर जाने गरेको बताए । उनको आम्दानीको स्रोत नै तरकारी व्यापार हो। उनले भने, ‘तरकारीको पैसाले परिवार चलेको छ।

श्रीमतीले पनि कमाउछिन , तर उनको मात्र भर परेर त भएन नि।’ सरकारले अत्यावश्यक सामग्रीलाई मात्र बिक्री वितरण गर्न दिएकाले उनले तरकारी केही समयका लागि भए पनि बेच्न पाएको बरालले बताए । ‘लकडाउन पूर्व जस्तै आम्दानी नभए पनि केही पैसा त आएको छ। अरु व्यापार गरेको भए यति नि हुने थिएन होला’ उनले भने । बरालले तरकारीको मूल्य बृद्धि भयो भनेर उपभोक्ताहरुले गुनासो गर्ने गरेको बताउदैं हामीले महँगोमा किनेर ल्याउँछौ तर अलिकति नाफा खाएर बेच्न पनि नसकिने भएको बताए ।