नवलपुरमा शनिबार जलपंछी गणना गरिने

कावासोती । नवलपुरमा आगामी शनिबार देखि जलपंछीको गणना सुरू हुँदैछ । ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपन्छी गणना सुरू हुन्छ ।

यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको हो । नवलपुरमा भने आगामी शनिबार गणना गर्न लागिएको हो । यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क संकलन गरिने जलपंछी गणनाका नवलपुरका संयोजक डिबी चौधरीले जानकारी दिए । उनका अनुसार गणनामा पंछी बिद, नेचर गाईड, पत्रकार तथा अन्य सरोकारवाला सहित ४० जनाको सहभागिता रहनेछ ।

संयोजक चौधरीका अनुसार नवलपुरको शिख्रौली देखि सम्म ४ वटा समुह बनाएर गणना गरिने छ । शिख्रौली देखि पिठौली सम्म नारायाणीको उत्तरी भंगालोमा पानीको कम भएकाले हिडेर गणना गरिने उनले बताए । नारायणीको दक्षिणी भंगालोको शिख्रौली देखि अमलटारी सम्म र अमलटारी देखि त्रिवेणी सम्म डुङ्गाको प्रयोग गरिने छ ।

गतवर्ष देशभरका १८ प्रमुख सिमसारक्षेत्रहरू अन्तर्गत ८४ वटा साना क्षेत्रहरूमा गरिएको जलपन्छी गणनामा ७९ प्रजातिका ६३,९०० जलपक्षीहरू रेकर्ड भएका थिए। गणना गरिएका क्षेत्रमध्ये ६ वटा रामसारमा सूचीकृत सिमसारक्षेत्रहरू पनि थिए। गणनामा ४०२ स्वयंसेवकहरू सहभागी थिए ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ७, सोमबार २२:०३
  • 7 views
माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:४३
  • 7 views
नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *