पुल भाँचिएपछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

बोमलाल गिरी, नवलपुर, पुस २७ गते । पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।

पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिए। उनका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।

राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाउन सुरु भएको बनजराले जानकारी दिए । यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ ।

शुक्रबार साँझ विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेवी ट्रक पुलबाट पास हुने क्रममा एक्कासी भाँचिएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस अघि दाउन्नेमा सडक अवरुद्ध भएका कारण लामो समय पुलमा धेरै सवारी साधन रोकिंदा पुल थप कमजोर बनेको थियो । यस अघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाचिएका थिए ।

जीर्ण अवस्थामा रहेका यि पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । बुटवल नारायणघाट सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ७, सोमबार २२:०३
  • 7 views
माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:४७
  • 9 views
स्ववियु निर्वाचन चैत ५ गते हुने

७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *