एन पि अर्याल, पाल्पा : सर्वसुलभ स्वास्थ्य उपचार सेवा जनताको प्रथम अधिकार भन्ने जान्दा-जान्दै पनि राष्ट्रले आवश्यकता अनुरुप स्वास्थ्य क्षेत्रमा बजेट छुट्याउन नसकेको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले बताएका छन् ।

पाल्पाको रामपुर नगरपालिका ५, हुलाकटोलमा अवस्थित रामपुर आयुर्वेद अस्पतालको प्राङ्गणमा भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थापाले मानिसको स्वास्थ्य उपचार जस्तो संवेदनसिल विषयमा राज्यको लगानि निक्कै कम भएकोले स्थानिय पालिकाहरुले चाहेर पनि जनतालाई सर्वसुलभ स्वास्थ्य उपचार दिन कठिन भएको बताएका हुन् ।

थापाले स्थानिय स्तरमा रहेका विभिन्न संघ संस्थाको अगुवाईमा हुने जनमुखि कार्यक्रमहरुले केन्द्र सरकार र स्थानिय सरकारलाई समेत झक्झक्याउने कार्य गरिरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्रि स्वर्गिय शुसिल कोईरालाको आठौँँ स्मृति दिवसका अवसरमा, शुसिल कोईराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना एवं रामपुर नगरपालिकाको सहआयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा पाल्पा, स्याङ्जा र तनहुँका गरि ९ सय ५३ जनाले निशुल्क स्वास्थ्य परिक्षण एवं उपचार गराएका थिए ।

काठमाण्डौँ मेडिकल कलेजको प्राविधिक सहयोग र कालिगण्डकी फाउण्डेशनको समन्वयमा भएको शिविरमा काठमाण्डौ मेडिकल कलेजका विषेशज्ञ डाक्टरहरुद्धारा विभिन्न रोगको निशुल्क चेकजाँच तथा निशुल्क औषधि वितरण समेत गरिएको थियो ।

स्वास्थ्य शिविरमा सेवा लिन आएका ७३ जना विरामिहरुलाई थप उपचारकोलागि काठमाण्डौ रिफर गरिएको साथै विरामिलाई काठमाण्डौ सम्म लानकोलागि रामपुर नगरपालिकाले निशुल्क यातायातको व्यवस्था मिलाएको रामपुर नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले जानकारी दिए ।

कार्यक्रममा संघीय सांसद डा. सुनिल शर्मा, लुम्बिनि प्रदेश सांसद विर बहादुर राना, राजु प्रसाद श्रेष्ठ, निमा गिरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन, नेपाली काँग्रेस पाल्पाका जिल्ला उपसभापति ज्ञान बहादुर गाहा, अन्तर्राष्ट्रिय वि.पि. चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं युवा समाजसेवी सन्दिप राना, नेपाली कांग्रेस क्षेत्रीय सभापति झमन ब राज, रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापा, रामपुरनगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिल बहादुर खाँण, रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा पोख्रेल लगायतले बोल्नुभएको थियो ।

शहिद बहुमुखी क्याम्पस अन्तर्गतका नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले सहजिकरण गरेको उक्त स्वास्थ्य शिविरमा स्थानिय जनप्रतिनिधिहरु, नगर सल्लाहकार लगायतको समेत उपस्थिति रहेको थियो ।