+
+
-- Sponsored Ad --

देवचुलीमा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको मुहार फेरीदै, १५ शैयाको अस्पतालको रुपमा रुपान्तरण गर्ने

452 पटक हेरिएको
Clock २०७८ श्रावण ५, मंगलवार २३:४३
-- Sponsored --

नवलपुरको देवचुली नगरपालिकामा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रको मुहार फेरीने भएको छ । देवचुली नगरपालिका वडा नं २ मा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा रुपान्तरण गर्ने भएको हो ।

गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजना अघि सारेसँगै देवचुली नगरपालिकामा पनि १५ शैय्याको अस्पताल दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपाल राज शर्मा लम्सालले बताउनुभयो ।

१५ शैयाको अस्पतालको ठेक्का भित्र पर्ने बोरिङ्ग तयार भएको र नयाँ भवनका लागि जग राख्ने काम भइरहेको शर्माले बताउनुभयो । १५ शैय्याको अस्पताल भित्र नेपाल सरकारले जारी गरेका सम्पूर्ण सेवा संचालन गरिने भएको छ ।

पालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै यस प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत रहि कोभिड अस्पताल संचालन गरिएको भवन भत्काएपछि अस्थायी जस्तापाताको टहरो बनाएर कोभिडका बिरामीको उपचार गरिएको दुम्कौली अस्पतालका प्रमुख चित्र बहादुर सुनारले जानकारी दिनुभयो ।

यसैगरि प्रसुती सेवालाई पहिले देखि नै छुट्टै भवनमा सेवा संचालन गरिएको बताउनुभयो । उहाँले पुरानो भवन भत्काएपछि सेवाग्राहीहरुलाई असहज वातावरण भएको बताउँदै केही समयका लागि यसैलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उक्त १५ शैय्या अस्पतालको निर्माण ठेक्का सुनसरी सेवा कन्सट्रक्शनलाई दिइएको छ

। आर्थिक बर्ष २०७७र०७८ को बहु बर्षिय योजना अन्तर्गत विनियोजित १२ करोड ४८ लाख ५२ हजारमा अस्पताल निर्माणको ठेक्का सम्झौता भइसकेको छ ।

ठेक्का सम्झौता अनुसार अस्पतालको लम्बाई ६५ मिटर र चौडाई ३७ मिटर रहनेछ भने भवन दुई तलाको हुनेछ । अहिले पुरानो भवन भत्काएर काम सुरु गरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win