दयाराम आचार्य ,कावासोती, साउन २९ ।
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुर स्थित कावासोती नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्धघाटन गरिएको हो ।
भवनको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले उद्धघाटन गर्नुभएको हो । भवन उद्धघाटन गर्दै प्रमुख पुनले भवन निर्माण सँगै सेवा प्रदानगर्न सहजता मिल्ने बताउनुभयो । भवन हेर्दा राम्रो मात्रै नभई सेवाग्राहिले पाउने सेवा समेत गुणस्तरीय हुनुपर्नेमा आफुहरुको ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो ।
सबैको साथ सहयोग र सुझाव अनुसार अझै नागरिक मैत्री सेवा प्रदान गर्नेकाममा आफुसहित सबै नगरपालिका परिवार लागिपर्ने उहाँले बताउनुभयो ।
सेवा प्रदानका क्रममा सामान्य जनगुनासो सधैं रहने बताउदै ती गुनासोहरुलाई समेत मेटाउने गरि आफुहरु सेवा प्रदानमा लागि रहने बताउनुभयो । शुरुका दिनदेखीनै सेवा प्रवाहालाई नागरिक मैत्री बनाउने काममा कर्मचारी सहित सबै लागेको बताउदै उहाँले भोलीका दिनमा समेत नागरिक मैत्री रुपमा सेवा प्रदानगर्ने कुरामा कमि हुन नदिने गरि कामगर्ने बताउनभुयो ।
कावासोती नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले आफुहरु निर्वाचित भएपछी सबैको साथ सहयोगबाट नयाँ प्रशासकीय भवन निर्माण गर्न सफल भएको बताउनुभयो ।
बिभिन्न स्थानमा भाडामा शाखाहरु राख्नुपरेकोमा अब सबै शाखाहरु एउटै भवनमा आएकाले सहज रुपमा सेवा प्रदानगर्न सकिने उप प्रमुख मर्दनिया थारुले बताउनुभयो । आउने दिनमा समेत सबैको साथ सहयोगबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने कुरामा आफुहरु लाग्ने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले नगरको प्रशासनिक भवन सँगै वडा कार्यालयका भवन , आधारभुत स्वास्थ्य केन्द्रका भवन कतिपय निर्माण सम्पन्न भएका र केही निर्माणको चरणमा रहेको बताउनुभयो ।
नगरपालिका र वडामार्फत प्रदान गनरिने सेवालाई सहज बनाउन नयाँ कार्यालयले सघाउ पुसंघियता पुर्याउने उहाँले बताउनुभयो । संघयता पश्चात स्थानीय सरकारको यो कार्यकाल संरचनागत हिसाबले, कानूनी हिसाबले , जनशक्ति व्यवस्थापनका हिसाबले निर्माणको समय भएकाले यसैको आधारमा कावासोती नगरपालिकामा कामहरु भईरहेको प्रमुख प्रशासकिय अधिकृत घर्तीले बताउनुभयो ।
शुरुका दिनमा जनशक्तिको अभाव रहेको स्मरणगर्दै अहिले स्थानीय तहका अधिकार कार्यान्वय गर्ने गरि कर्मचारीको व्यवस्थापन भएको भन्दै यसले सेवा प्रवाहालाई गुणस्तरी, सेवाग्राही मैत्री बताउन समेत सहयोग पुगेको बताउनुभयो ।
कावासोती नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन वि।स। २०७६ असार ३० मा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो । कुल रु। १२ करोड ८ लाख ६६ हजार १९३को लागतमा भवन निर्माण गरिएको हो ।
नवनिर्मित भवनको उद्धघाटन कार्यक्रममा नेकपा एमालेका नगर कमिटि अध्यक्ष विष्णु प्रसाद ढुङ्गाना, नेपाली कांगे्रसका नगर सभापती मुकुन्द भट्टराई, माओवादी केन्द्रीका नगर इन्चार्ज रमिला भुजेल, राप्रपाको जिल्ला सचिव गुणखर काफ्ले , जसपाका नगर अध्यक्ष बालकृष्ण भुषाल , पत्रकार महासंघ नवलपुर अध्यक्ष विरेन्द्र पराजुली, नवलपुर उद्योग वाणीज्य सघंका सदस्य राजेन्द्र पाण्डेले लगाएतले शुभकामना प्रकट गर्दै कावासोती सदरमुकामको नगरपालिका भएकाले सोही अनुसारको प्रशासकीय भवन निर्माण भएकोमा सम्पूर्ण नगर परिवारमा धन्यावाद दिएका थिए ।
साथै उनिहरुले भवन निर्माणले सेवा लिन सेवाग्राहीलाई सहजता हुने बताउदै प्रदान गरिने सेवालाई सहज र सरल रुपमा गर्ने गरि काम गर्दै लैजानुपर्ने बताएका थिए । यस्तै भौतिक सहित मानविय विकासका क्षेत्रहरुमा समेत लगानी गर्दै जानुपर्ने सुझाव समेत दिएका थिए ।