+
+
-- Sponsored Ad --

बर्दियाबाट हराएका ३ किशोरी नवलपरासीमा भेटिय ।

482 पटक हेरिएको
Clock २०७८ श्रावण ३०, शनिबार २१:०५
-- Sponsored --

 ३० साउन – बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार बेपत्ता भएका तिन वटै किशोरीहरु आज शनिवार पश्चिम नवलपरासीको बर्दघाटमा भेटिएका छन ।

नेपालगन्ज देखी काठमाण्डौ जाने क्रममा ना ६ ख ८४४२ नम्बरको बसमा सवार ठाकुरबाबा नगरपालिका ९ का तीन किशोरीहरु सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर बर्दघाटमा भेटिएको हो । ती किशोरीहरुलाई बसका चालक कैलाशराम सुनारले चिनेपछी ईलाका प्रहरी कार्यालय बर्दघाटमा बुझाएका थिए ।

शुक्रवार देखी बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ९ बाट हराएका किशोरीहरुको खोजी कार्य गरिदिनका लागी उनीहरुका परिवारले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारमा निवेदन दिएका थिए ।

ति किशोरीहरुलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा शनिबार बर्दघाटमा फेला पारिएको र ती किशोरीहरुसंग प्रहरीले सोधपुछ गर्दा आफ्नो खुशीले घरबाट काठमान्डौ जान लागेको बुझ्नमा आएको छ ।

ती किशोरीहरुको परिवार पनि सम्पर्कमा आइसकेकाले निजको परिवार आएपछी ती किशोरीहरुलाई बुझाइने जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजु लामाले बताएका छन् ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win