नियमित सडक सुरक्षा जाँचको उच्चतम प्रभाव : चोरीका वाइक फिर्ता पाउदा सवारी धनि हर्षित

कावासोती । चैत्र,२,०७७
नवलपुरमा प्रहरीको सडक सुरक्षा जाँच प्रभावकारी बन्दै गएको छ । सडकमा सवारी साधनको नियमित चेक जाँच गर्ने प्रहरीको यो काम साच्चै प्रसंसा गर्न लाएक छ । भन्सार छलेर ल्याईएका सामान , लागू औषध नियमित चेक जाँचको क्रममा बरामद गर्ने गरेको प्रहरीले पछिल्लो एक महिना भित्रमा २२ वटा चोरीका मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनिलाई बुझाएको छ ।
सडक सुरक्षा जाँचका क्रममा विभिन्न स्थानबाट समातेर २२ जना मोटरसाइकल धनिलाई उनिहरुको मोटरसाइकल हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिपकुमार गिरीले वताउनुभयो ।

नवलपुरमा चोरीका मोटरसाइकल अनाधिकृत रुपमा सडकमा कुद्ने कारण दुर्घटना बढदै जान थालेपछि प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित चेक जाँचलाई तिब्रता दिएकोले हराएका मोटरसाइकल धमाधम समातिन थालेको डिएसपी गिरीले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्र रुद्रपुर, विनयी त्रिवेणीको सर्दी क्षेत्र, मध्यविन्दु नगरपालिका तल्ला क्षेत्रमा चोरीका मोटरसाइकल धेरै मात्रामा फेला पर्ने गरेको डिएसपी गिरीको भनाइ छ । पक्राउ परेका मोटरसाइकलहरु धेरै रुपन्देही , कपिलवस्तु ,पश्चिम नवलपरासी र चितवन आसपासका रहने गरेका छन ।
आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीको प्रयास पछि मोटरसाइकल फिर्ता पाए पछि कोहि खुसी हुनेको संख्या पनि प्रसस्तै देख्न सकिन्थ्यो । करिब एक वर्ष अगाडी भरतपुरको पार्किङबाट २२० सिसिको पल्सर मोटरसाइकल हराएपछि भेटाउछु भन्ने आशा नै नगरेका भरतपुर–१२ सन्तोष अर्यालले प्रहरीले मोटरसाइकल लिन बोलाए पछि तत्काल आफुलाई विश्वास नै नलागेको बताए । मोटरसाइकल बुझे पछि खुसी भएका अर्यालले प्रहरीले एक वर्ष पछि भए पनि मोटरसाइकल खोजेर दिदा प्रहरी प्रती थप विश्वास जागेको बताए । त्यस्तै पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं १० का अशोक सापकोटा करिब ४ महिना अगाडी हराएको आफ्नो मोटरसाइकल फेला पर्दा दङ्ग देखिन्थे । मोटरसाइकल बुझे पछि सापकोटाले प्रहरीलाई धन्यवाद दिदै भने “प्रहरीले गर्ने हो भने सक्ने रहेछ, प्रहरी प्रती झनै विश्वास बढेको छ ।”

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 25 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 18 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *