आजदेखि छठ पर्व विधिवतरूपमा सुरु, पहिलाे दिन ‘नहाय खाय’ विधि गरिँदै

कात्तिक २२, काठमाडौं ।। विशेषरूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज साेमबारदेखि विधिवत् रूपमा सुरू भएको छ। कार्तिक शुक्ल चतुर्थी छठको पहिलो दिन हो। यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ। छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ। 

यस दिन एक छाक मात्र खाइन्छ। व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन्। यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन्। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ।

छठमा विशेष गरी प्रकृतिको छैटाैँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ। देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ। छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ। छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ। 

यो पर्व तराई मधेशसहित पछिल्लाे दशकदेखि काठमाडाैँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएकाे छ। नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ। 

परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ। त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ। त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ।

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 6 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *