+
+
-- Sponsored Ad --

अबको केही दिन मौसम बद्ली हुने : पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना

374 पटक हेरिएको
Clock २०७८ पुष १०, शनिबार ०७:५०
-- Sponsored --

एन सञ्चार, पौष १०, काठमाण्डाै – अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस छ ।

यो हिजोको काठमाण्डौको न्यूनतम तापक्रम भन्दा बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । पुस सुरु भएपछि बिहान बेलुका न्यूनतम तापक्रम कम भए पनि दिउँसो घाम लागेकाले अधिकतम तापक्रम घट्न नपाएकोले धेरै चिसोको महसुस भएको थिएन ।

न्यूनतम तापक्रम नघटे पनि चिसो हावा चल्दा र घाम नलाग्दा बढी चिसो महसुस हुन्छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम १८  डिग्री सेल्सियस रहेको थियो ।

हिजो नै ओखलढुङ्गाको न्यूनतम ५ दशमलव ५ र अधिकतम १४ दशमव ७,  धनकुटाको न्यूनतम ८ र अधिकतम १९ दशमलव ४, जोमसोमको न्यूनतम माइनस ३ र अधिकतम ११ र जुम्लाको न्यूनतम माइनस ५ र अधिकतम १४ डिग्री सेल्सियस रहेको थियो ।

आजदेखि मौसममा बद्ली हुने भएकाले अधिकतम तापक्रम केही घट्ने अनुमान छ । अबको केही दिन देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  बिहानको समयमा तुवाँलो लाग्नेछ । दिउँसोपछि तुवाँलो बिस्तारै हट्दै जाने उहाँले बताउनुभयो । 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win