+
+
-- Sponsored Ad --

बन्दीपुर दुर्घटनामा मृतककाे संख्या ६ पुग्यो

296 पटक हेरिएको
Clock २०७८ माघ १, शनिबार ०८:२८
-- Sponsored --

एन सञ्चार, १ माघः

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन्। विममाया र सुकबहादुरको अस्पताल ल्याउँदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो।

शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्।

घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जिपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win