+
+
-- Sponsored Ad --

ज्वालामुखी विस्फोटका कारण अमेरिका र जापानमा सुनामीको चेतावनी

417 पटक हेरिएको
Clock २०७८ माघ २, आईतवार ०९:५३
-- Sponsored --

एन सञ्चार, माघ २ः

दक्षिणी प्रशान्तमा ज्वालामुखी विस्फोटका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरुलाई सावधानी दर्शाइरहेका छन्।

तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ। अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ। 

हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको आवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ। 

तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। ज्वालामुखीले पुर्याएको क्षतिको पुरा विवरण सार्वजनिक हुन बाँकी नै छ।एजेन्सी

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win