0 प्रतिक्रिया
बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/२०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि अध्ययन गर्नका लागि बुधबारको समय छुट्याइएको हो ।
बिहीबारदेखि लगातार छलफल हुने संघीय संसद सचिवालयले जनाएको ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




