काठमाडौं । आर्थिक मन्दीकाकारण बिकास बैंकहरुको निक्षेप र कर्जा लगानीमा समस्या देखिदा यसको नकारात्मक असर बिकास बैंकहरुको खुद मुनाफामा परेको छ । मन्दीकाकारण बिकास बैंकहरुले निर्धारित समयमा कर्जाको सावाँ व्याज उठाउन नसक्दा एकाध बाहेक धेरैजसो बैंकहरुको खुद मुनाफा घटेको छ ।
क्षेत्रियस्तरको नारायणी डेभपमेन्ट बैंकले भने पछिल्लो दुई आर्थिक बर्षमा नौ खुद नोक्सानी बेहोरेको छ । गत आवको दोसो त्रैमासमा एक करोड ६६ लाख २८ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको नारायणीको चालु आवको दोस्रो त्रैमासमा यस्तो नोक्सानी बढेर छ करोड ३८ लाख ६२ हजार रुपैंयाँ पुगेको छ । ज्योति बिकास बैंकले भने पछिल्लो अवधिमा १० करोड १० लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा ज्योतिको यस्तो नाफा तीन करोड ४७ लाख ५९ हजार रुपैयाँ रहेको थियो । लुम्बिनी र गरिमा बिकास बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः २१ करोड २२ लाख ६९ हजार र ४७ करोड ९६ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
गत आवको सोही अवधिमा यि दुई बैंकहरुको यस्तो नाफा २६ करोड १० लाख ६७ हजार र ५१ करोड १० लाख १८ हजार रुपैयाँ रहेको थियो । ग्रीन र कर्पोरेट डेभलपमेन्ट बैंकले भने पछिल्लो अवधिमा क्रमशः एक करोड २६ लाख एक हजार र ९१ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमश २८ लाख २९ हजार र एक करोड १७ लाख ४७ हजार रुपैयाँ रहेको थियो । शाईन रेसुंगा र सिन्धु बिकास बैंकले भने पछिल्लो अवधिमा क्रमशः ३७ करोड १२ लाख सात हजार र दुई करोड ५१ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
गत आवको सोही अवधिमा शाईन रेसुंगाले ४२ करोड ९६ लाख ७८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो भने सिन्धुले एक करोड ८७ लाख १४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । मुक्तिनाथ बिकास बैंकले भने चालु आवको दोस्रो त्रैमासमा ४२ करोड १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।