बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, दोस्रो सम्भावित कार्यसूचीमा उक्त नीति तथा कार्यक्रमाथि सांसदहरूले संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुनेछ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/२०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि अध्ययन गर्नका लागि बुधबारको समय छुट्याइएको हो …

एमाले सांसदप्रति सभामुख सापकोटा आक्रोशित

काठमाडौं, भदौ २३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति आक्रोश पोख्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित आफुबिरुद्ध नाराबाजी गरेपछि सापकोटाले आक्रोश पोख्नुभएको हो ।
एमालेले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख आक्रोशित हुनुभएको हो ।
सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्न भन्दै आफुले नियम, कानुन र संविधानभित्र रहेरै निर्णय गरेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने भन्दै एमालेलाई सचेत गराउनुभयो ।
सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode