+
+
-- Sponsored Ad --

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्युःमृतकको संख्या ३२ सय ७९ पुग्यो ।

446 पटक हेरिएको
Clock २०७८ बैशाख १७, शुक्रबार ११:३८
-- Sponsored --

काठमाडौं । नेपालमा कोरोनाबाट एकैदिन ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको छ ।

सोही समयमा १५ हजार ३९१ जनामा गरिएको पीसीआर परीक्षणमा ५६ सय ५७ र ५२५ एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५७ सय २७ जनामा कोरोना संक्रमण भएको छ । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा ९ सय २८ जना निको भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

देशभर ३८ हजार ८१३ जना सक्रिया संक्रमित छन् । जसमध्ये ३३१ जना आईसीयूमा रहँदा भेन्टिलेटरमा हुनेको संख्या ११५ छ । ५५ जना देशभर क्वारेन्टिमा रहेको मन्त्रालयले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win