+
+
-- Sponsored Ad --

एन्फामाथि अलमुताइरीको धम्की : झुटो प्रचार फैलाइयो, आवश्यक परे फिफा वा एएफसीमा जान्छु

308 पटक हेरिएको
Clock २०७९ श्रावण २५, बुधबार ०९:५६
-- Sponsored --

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का केही व्यक्तिहरुले आफ्नो छवि धमिलो बनाउन झुटो अफवाह फैलाइरहेको आरोप लगाएका छन्। उनले आफू त्यस्तो धम्की नसहने र आवश्यक परे फिफा वा एएफसीमा जाने बताएका छन्​।

अल्मुताइरीको विकल्प खोज्नका लागि एन्फाले कतार फुटबल संघ र अल्मुताइरीलाई पत्र काटेको थियो। आफूलाई गएराति मात्र अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट प्रश्नसहित पत्र प्राप्त भएको बताएका छन्।

त्यसअघि अल्मुताइरीले साउन २३ गते एन्फा महासचिवलाई नेपालको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबारेमा पत्र लेखेको बताएका छन्।  सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै अलमुताइरी आफूलाई एन्फाबाट कुनै पत्र प्राप्त नभएको बताएका हुन्।  

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको थियो। त्यसकारण, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरूको बारेमा महासचिवलाई पत्र लेखेँ,’ साउन २४ गते राति उनले लेखेका छन्, ‘धेरै न्यूज पोर्टलमा भ्रामक समाचारहरू देखेपछि मैले नेपाली समय अनुसार साँझ ५:३० बजे एन्फाका महासचिवलाई आफूले कुनै पत्र नपाएको भनेर इमेल लेखें र माफी मागेँ। त्यसको केही मिनेट पछि मैले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट प्रश्नहरूको पत्रसहित माफी मागेको इमेल प्राप्त गरेँ।’

यसअघि एन्फाले अल्मुताइरीले स्पष्टीकरण सोधिएको प्रश्नको जवाफ नदिई राष्ट्रिय टिमको खेलाडी बारेमा मात्र पत्र पठाएको जनाएको थियो। त्यही सम्बन्धी समाचारप्रति अल्मुताइरीले आपत्ती जनाएका हुन्।

‘विभिन्न नेपाली सञ्चारमाध्यमले मेरो बारेमा गलत सूचना प्रवाह गरिरहेकोमा मेरो ध्यानाकर्षण भएको छ,’ अल्मुताइरीले भनेका छन्, ‘एन्फाका केही स्रोतले मेरो छवि धमिलो पार्न झुटो समाचार फैलाएको जस्तो देखिन्छ। म यस्तो धम्की सहने छैन र आवश्यक परेमा फिफा वा एएफसीको कुनै पनि उच्च अधिकारीसमक्ष जान तयार छु।’

अल्मुताइरीले नेपालमा प्रशिक्षणलाई निरन्तरता दृढ इच्छा व्यक्ति गर्दै लेखेका छन्, ‘एन्फाको स्रोतलाई उद्धृत गर्दै महासचिवले पठाएको प्रश्नको जवाफ नदिएर आफूले चाहेको कुरा पठाएको समाचार पढेको छु। म यस्तो निराधार रिपोर्टिङको घोर भर्सना गर्दछु। नेपालको बलियो राष्ट्रिय टोली निर्माण गर्न मैले सधैँ आफ्नो पूर्ण प्रयास गरेको छु र मेरो सम्झौताको समय नसकिदाँसम्म निरन्तरता दिने दृढ इच्छा छ।’

अल्मुताइरीले एन्फाबाट मागिएको स्पष्टीकरणमा जवाफ कहिलेसम्म पठाउने भनेर समयसीमा नतोकिएको बताएका छन्। उनले आफ्नो वकिलसँग सल्लाह गरेरमात्र जवाफ पठाउने बताएका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win