अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान

१९ साउन, काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ ।’

चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको  र यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ती चिनियाँ लडाकु विमानलाई चेतावनी दिनका लागि आफूले पनि लडाकु विमान उडाउनु परेको ताइवानले जनाएको छ ।

जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी सभामुख पेलोसीले गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । उनी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । चीनले पेलोसीको भ्रमणको आलोचना गर्दै आएको छ ।

सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेपछि ताइवान र चीन छुट्टिएका थिए । ताइवानमा स्वायत्त शासन रहे पनि चीनले आफ्नो देशबाट चोइटिएर गएको आफ्नो प्रान्तको रूपमा व्यवहार गर्छ । ताइवान पुन: चीनकै भूभाग हुनुपर्नेमा चीनको जोड रहँदै आएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 59 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    • २०८१ माघ १७, बिहीबार २१:२२
    • 47 views
    १ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार

    १७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ । २ खर्ब ८५…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *