माघ २७, कावासोती ।
“म सुकुम्बासि हुँ । संसदमै पुगेँ भनेँ पनि भूईँमै बस्छु ।” यो कसम थियो नवलपुर निर्वाचन क्षेत्र नं. १ मा श्रम सँस्कृति पार्टिबाट उम्मेद्वारी दिएका भिम चन्द्र गुरुङको। त्यस्तै सोहि पार्टिको नवलपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका अर्का युवा कमल चापागाईँले भन्दै थिए : “रास्वपालाई नयाँ पार्टि भन्न मिल्दैन, बरु साँच्चै नयाँ पार्टि हाम्रो हो । घण्टि त सेट्टेड हो ।” धरानका पूर्व मेयर हर्क साम्पाङ्ले खोलेको श्रम सँस्कृति पार्टिले मंगलबार नवलपुरको देवचुलि नगरपालिका वडा नं. २ , शाश्वतधाममा अवस्थित पार्टि सम्पर्क कार्यालयमा गरेको उम्मेद्वारसँग पत्रकार भेटघाट कार्यक्रममा दुवै क्षेत्रका उम्मेद्वारहरुले सो कुरा बताएका हुन् । “हामि संसदमा संविधान बनाउन जाने हो, ति सुकुम्बासिलाई लाल पुर्जा वितरणमा ढिलाई किन गरियो ?; पुराना पार्टिले सुकुम्बासिका मुद्या खल्तिमा मात्रै राखे त्यसैले उनिहरुलाई जसरी पनि लालपुर्जा दिलाउँछौँ ।” क्षेत्र नं.२ का उम्मेद्वार चापागाईँले आफ्नो क्षेत्रमा रहेका थारु होमस्टे र मगर होमस्टेहरुको प्रचारप्रसार र यहाँको लोकल रक्सिलाई ब्राण्डिङ्ग गर्ने सम्मका योजना सुनाएका छन् ।
अब देशको प्रधानमन्त्री मै बन्छु भन्ने एउटा जिद्धि स्वभाव कै कारण पार्टि स्थापना गरेर आँफै अध्यक्ष बनेका व्यक्ति साङ्पाङ् नेतृत्वमा रहेको पार्टी नेपाली माटोको पार्टि भएको दुवै उम्मेद्वारको दावि थियो । कार्यक्रममा सोहि पार्टिवाट समानुपातिक उम्मेद्वारको सुचिमा परेका नवलपुरका दुई उम्मेद्वारहरु शान्ति देवि पौडेल र अस्मिता गैरेले पनि दुई प्रत्यक्ष तर्फका उम्मेद्वारहरुकै कुरामा सहमति जनाउँदै यो भूगोलमा रहेका जनताका आवाजलाई संसदमा प्राथमिकताका साथ उठाउने उद्येश्य सहित आँफुहरुको उम्मेद्वारी रहेको भन्दै माटोमा भोट दिन मतदाता सामु आग्रह गरेका थिए । कार्यक्रममा प्रचार प्रसार संयोजक नारायण भण्डारीले रास्वपाका वरिष्ठ नेता (काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर) बालेन शाहले आफ्नो निर्वाचन क्षेत्र झापा ५ को जंगल छेउमा रहने जनताको बस्ति स्थानान्तरण गर्नु पर्ने भनाई गलत भएको भन्दै बस्ति छेउका जनताले स्थानान्तरण नभई स्थायित्व खोजेकोले, सो स्थाईत्वका लागि पनि माटोलाई भोट हाल्नु पर्ने बताए ।
उनले सुकुम्बासिको व्यथा अर्को सुकुम्वासिले मात्र उठाउन सक्ने भएकोले पनि क्षेत्र नं. १ मा सुकुम्बासि कै रुपमा रहनु भएका साथै लालपुर्जा पाउनु पर्ने माग राखि गरिएका विभिन्न आन्दोलनहरुको नेतृत्व समेत गर्नुभएका गुरुङ्लाई यस क्षेत्रवाट उठाउन आँफुले पाईसकेको टिकट पनि गुरुङ्लाई दिनुपर्छ भनेर पछाडि हटेको भन्दै पार्टिका जिल्ला कोषाध्यक्ष उत्तम वकावल मगरले महानता प्रस्तुत गरेको भन्दै उहाँको प्रसंसा समेत गरेका थिए । जिल्लाका चारै जना उम्मेद्वार एकै ठाउँमा बसेर गरिरहेका वाचामा पुरानै पार्टिका पुरानै नेताहरुले गर्दै आएका वाचा सम्मिश्रित थियो । तर श्रम सँस्कृति पार्टिवाट नवलपुरका चारवटै अनुहार नयां भने अवश्य हो । पत्रकारीता क्षेत्र वाटै युवा अवस्थामै राजनितिमा होमिएर उम्मेद्वारी दिएका क्षेत्र नं। २ का चापागाईँ र उम्मेद्वारी दर्ताकैलागि चाहिने १० हजार पनि नभएर अरुसँग सहयोग मागि उम्मेद्वारी दिएका क्षेत्र नं. १ का गुरुङ्को मुख्य सपना भने यस ठाउँको विकास गर्दै वेरोजगारि हटाउने नै रहेको पत्रकारहरुसँग सुनाएका छन् । देशैभर चुनावि सरगर्मि बढिरहेको यो समयमा नवलपुरमा समेत सबै जसो पार्टिले घरदैलो अभियानलाई तिव्रता दिईरहेको यो व्यस्तातामा आफ्ना कुराहरुलाई जनतासामु पुर्याउनकालागि यो भेटघाट कार्यक्रम राखिएको भन्दै पार्टिका जिल्ला अध्यक्ष केयर सिं रानाले दुैवै क्षेत्रको उम्मेद्वारलाई जिताउन आग्रह गरे । रास्वपा लगायतका दलले सुकुम्बासिको कुरै सुन्न नमानेको भन्दै रानाले अब देशलाई निकास दिने पार्टि भनेकै श्रम सँस्कृति पार्टि रहेको दावि गरेका छन् ।
 
भिडियो हेर्न तलको लिंकमा जानुहोला….
 
https://youtu.be/XTqAYh_rfpc