इन्टरनेट प्रयोग गर्नुहुन्छ ? यी ५ काम अवश्य गर्नुहोस्
स्टाटिस्टाको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५ अर्ब २२ करोड रहेको छ। जस अनुसार विश्वमा हरेक १०० सय जनामा करिब ६८ जनाले इन्टरनेट चलाउँछन् । यी मध्ये ५ अर्ब २२ करोड चाहिँ सोसल मिडिया प्रयोगकर्ता रहेका छन् ।
वास्तवमा इन्टरनेट आधुनिक सूचना समाजको आधारभूत स्तम्भ मात्र बनेको छैन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । तर, इन्टरनेट जति सहज र फाइदाजनक छ उत्ति नै खतरनाक पनि छ ।
इन्टरनेटमा गरिएको एउटा सानो गल्ती वा असावधानीले हाम्रो पूरै जिन्दगी नै बर्बाद गरिदिन सक्दछ । त्यसैले इन्टरनेटको सुरक्षित प्रयोग गर्न र त्यसबाट …
गुगलमा सेभ भएका फोन नम्बर कसरी सच्याउने, कसरी हटाउने ?
आफ्नो सम्पर्कमा रहेका सयौं व्यक्तिहरुको फोन नम्बर, इमेल लगायतका विवरणहरु राम्रोसँग व्यवस्थित तरिकाले राख्ने काम वास्तवमै एउटा कला हो ।
यसले हाम्रो कामलाई सहज बनाउनुका साथै खोजेको बेला सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर तथा इमेल लगायतका कुरा सहजै प्राप्त गर्न सकिन्छ ।
गुगलको सम्पर्क व्यवस्थापन सर्भिसको रुपमा रहेको Google Contacts तपाईंको सम्पर्क पुस्तिकालाई अद्यावधिक तथा व्यवस्थित गर्नमा निकै उपयोगी हुन्छ । कसैको सम्पर्क विवरणलाई हटाउन होस् वा अद्यावधिक गर्न होस् गुगल कन्ट्याक्ट्समा सहजै गर्न सकिन्छ ।
Google Contactsमा सम्पर्क विवरण सम्पादन गर्ने वा हटाउने तरिका यस्तो छ :
विवरण सच्याउनका लागि :
Google Contacts खोल्नुहोस् : यसका लागि सबैभन्दा …
एलन मस्क र मुकेश अम्बानीबीचको लडाइँ के कुरामा चलिरहेको छ ?
विश्वका दुई धनी व्यक्तिहरू एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा बढ्दै गएको छ र उक्त लडाइँ भारतको स्याटेलाइट ब्रोडब्याण्ड बजारका लागि हो ।
गत साता भारत सरकारले ब्रोडब्याण्डका लागि स्याटेलाइट स्पेक्ट्रमको बाँडफाँटमा लिलामीको साटो प्रशासनिक तरिका अबलम्बन गर्ने घोषणा गर्यो र त्यसयता नै मस्क अम्बानी चर्चामा छन् ।
मस्कले सुरुदेखि नै लिलामी मोडेलको आलोचना गर्दै आएका छन्, जबकि अम्बानी भने त्यसका समर्थक हुन् ।
स्याटेलाइट ब्रोडब्याण्डले स्याटेलाइट कभरेजभित्र कहीँपनि इन्टरनेटको सुविधा प्रदान गर्न सक्दछ । सोही विशेषताका कारण दूरदराज तथा ग्रामीण इलाकाहरुमा इन्टरनेटको पहुँच विस्तारका लागि यो उत्तम विकल्प हुन्छ, जहाँ पारम्परिक रुपमा …
अब मोबाइलमा फोन नम्बर नराखी ह्वाट्सएपमै सेभ गर्न मिल्ने
लोकप्रिय मेसेजिंग प्लाटफर्म ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरुको सुविधाका लागि एक नयाँ फिचरको घोषणा गरेको छ ।
उक्त फिचरको नाम contact manager हो । यसको मद्दतबाट प्रयोगकर्ताले सजिलैसँग आफ्नो फोनमा रहेका सम्पर्क नम्बर अर्थात् कन्ट्याक्टहरु व्यवस्थापन गर्न सक्नुहेनछ।
अब फोन नम्बरहरुलाई सिधै ह्वाट्सएपमै सेभ गर्न सकिनेछ । अहिलेसम्म केवल पहिले फोनमा सेभ गरिएका नम्बरहरुमा मात्रै ह्वाट्सएपको पहुँच हुन्थ्यो ।
ह्वाट्सएपको यो बहुप्रतिक्षित नयाँ फिचर अन्तरगत अब प्रयोगकर्ताले सजिलैसँग मेसेजिंग एपमै फोन नम्बरहरु सेभ गर्न पाउनेछन् ।
यसअघि प्रयोगकर्ताहरुले केवल फोनबुकमा रहेका कन्ट्याक्ट नम्बरलाई मात्रै ह्वाट्सएपमा जोड्न सक्थे र फोनबुकबाट फोन नम्बर डिलिट हुँदा त्यो ह्वाट्सएपबाट पनि …
निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दै जिमेल, यसरी जोगाउन सकिन्छ आफ्नो खाता ,
गुगलले आगामी लामो समयदेखि निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दैछ । सेप्टेम्बर २० देखि गुगलले यस्ता जिमेल अकाउन्टहरु हटाउन सुरु गर्नेछ ।
गुगलको यो कदमबाट व्यक्तिगत तथा व्यावसायिक कामका लागि जीमेलमा निर्भर रहेका विश्वभरका करोडौं प्रयोगकर्ताहरू प्रभािवत हुनेछन् ।
सूचना प्रविधिको वर्तमान युगमा जीमेल दैनिक सञ्चारको एक अभिन्न हिस्सा भैसकेको परिप्रेक्ष्यमा गुगलको यो निर्णयले के अर्थ राख्छ र यसले तपाईंलाई कसरी असर पार्न सक्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ।
निष्क्रिय अकाउन्ट कि हटाउँदै छ जिमेल ?
विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सेवा हो जीमेल । विद्यार्थीहरूले आफ्नो स्कुलको काम व्यवस्थापन गर्नेदेखि पेशागत …
टिकटकमाथिको प्रतिबन्ध हट्याे ।
काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिना अघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतले बताएको छ ।
आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।
गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।टिकटको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमा समेत व्याख्या गरिरहेका …
सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता र व्यापार कुण्ठित नहोस्
६ वैशाख, वासिङ्टन डीसी । अमेरिकन चेम्बर अफ कमर्स मुख्यालयमा अर्थमन्त्री वर्षमान पुनसँग औपचारिक भेटपछि पनि केही लगानीकर्ताले उनलाई छुट्टै भेट्न चाहे । ती थिए बहुराष्ट्रिय कम्पनी कोकाकोला र संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाका प्रतिनिधि ।
अन्य लगानीकर्ता जस्तै यी दुई प्रतिनिधिका पनि समान चासो थिए– नेपालको कर तथा लगानीसम्बन्धी कानुन अनुमानयोग्य होस् । अर्थात्, ‘आज एउटा कानुनअनुसार व्यवसाय गर्यो, भोलि कानुनी व्यवस्था नै परिवर्तन नहोस् वा कानुनको फरक व्याख्या नगरियोस् ।’ हेर्दा सामान्य लागे पनि कोकाकोला र मेटाले गरेको यो अनुरोध उनीहरूका लागि विशेष अर्थ लाग्ने खालका थिए …
सामाजिक सञ्जालका रुपमा पहिलाे पटक भाइबर नेपालमा सूचीकृत
३० फागुन, काठमाडौं । नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो । ‘भाइबरले सूचीकरण भएको प्रमाणपत्र लै लगेको छ,’ उनले भने,‘लिंक्ड इनले पनि सूचीकरणका लागि आवेदन दिएको …
सरकारी डाटा सेन्टरमा अब सरकारकै चाबी, सहसचिवको नेतृत्वमा ४४ इन्जिनियर
१९ माघ, काठमाडौं । २४ माघ, २०७९ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भृकुटीमण्डपमा ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै सरकारी डाटा सेन्टरहरुको मुख्य साँचो सरकारसँग नभएको बताएपछि धेरैले ध्यानाकर्षण जनाए । ‘मैले के बुझें भने हामीसँग थुप्रै डेटा सेन्टर छन्, त्यसको सुरक्षा र मुख्य साँचो (मेन कि) हामीसँग छैन,’ उनले भनेकी थिइन्, ‘हामी राष्ट्रियताको कुरा गर्छौं, त्यसलाई कसरी बचाउन सक्छौं ? मन्त्रालयहरुको सम्वेदनशील सफ्टवेयर त छ, त्यसको मुख्य कुरा कहाँ छ भन्ने कुरा हामीलाई नै थाहा छैन ।’
अब भने सरकारले डाटा सेन्टरको चाबी आफ्नै हातमा ल्याउन काम थालेको छ । राजनीतिक …
इतिहासकै ठूलो डेटा लिकको घटना, २६ अर्ब अकाउन्टमा कतै तपाईंको नाम त छैन ?
काठमाडौं । विश्वमा हालसम्मकै ठूलो डेटा लिकको घटना सार्वजनिक भएको छ । यस घटनामा अर्बौंको संख्यामा विभिन्न अनलाइन अकाउन्टहरु ह्याक भएका छन् । डेटा लिकको उक्त घटनापछि साइबर अपराधसँग सम्बन्धित चिन्ता झनै बढेको छ ।
उसो त विश्वमा हरेक दिन ठूलो संख्यामा मानिसहरु साइबर अपराधको सिकार हुन्छन् । यस्तोमा अर्बौं अकाउन्टका डेटाहरु लिक हुने विश्वभरका लागि एउटा ठूलो चिन्ताको विषय बनेको छ ।
रिपोर्ट अनुसार कम्तिमा २६ अर्ब अकाउन्टका डेटाहरु लिक भएका छन् । यसमा लिंक्डइन, स्नापच्याट, भेन्मो, एडोब र ट्वीटर अकाउन्ट समेत सामेल छन् । त्यसैले यसलाई इतिहासकै ठूलो डेटा लिक …
दूरसञ्चार प्राधिकरणमा अर्को अनियमितता : पूर्वसचिवकै हस्ताक्षर किर्ते गरेर एमडीएमएसको ठेक्का
१६ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) प्रणाली स्थापनाका क्रममा गरेको टेण्डरमा एक पूर्वसचिवको हस्ताक्षर नै किर्ते गरेर अनियमितता गरेको भेटिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छानबिनले एमडीएमएस टेण्डर प्रक्रियामा किर्ते कागजातमार्फत अनियमितता नै भएको निष्कर्ष निकालेको छ ।
प्राधिकरण उच्च स्रोतका अनुसार, टेण्डरमा एक पूर्वसचिवको हस्ताक्षर किर्ते गर्ने काममा प्राधिकरणका प्राविधिक उपनिर्देशक अच्यूतानन्द मिश्र प्रत्यक्ष संलग्न छन् भने अध्यक्ष पुरुषोत्तम खनाल पनि जोडिएका छन् ।
भन्सार छलेर आयात गरिने र चोरेर चलाइने फोनलाई स्वचालित रुपमा प्रतिबन्ध लगाउन खरिद प्राधिकरणले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) स्थापना गर्न …
एआईका लागि आणविक उर्जा प्रयोग गर्दै माइक्रोसफ्ट
११ असोज, काठमाडौं । अमेरिकी आइटी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले आफ्नो आर्टिफिसियल इन्टेलिजन्स तथा डेटा सेन्टरका लागि आवश्यक पर्ने उर्जा आपूर्तिका लागि नयाँ पुस्ताको आणविक भट्टीको प्रयोग गर्ने भएको छ ।
माइक्रोसफ्टले सुचीकृत गरेका नयाँ रोजगारीहरुको विवरणले त्यस्तो संकेत गरेको हो । नयाँ रोजगारीको विवरण अन्तर्गत एकजना यस्ता उम्मेदवार पनि भर्ना गरिँदैछ जसले कम्पनीको आणविक उर्जा रणनीतिको नेतृत्व सम्हाल्नेछन् । उक्त पदमा नियुक्त व्यक्तिले आणविक विषयका सबै पहलुहरुमा काम गर्नुपर्नेछ जसमा आणविक उर्जा संरचना पनि पर्नेछ ।
माइक्रोसफ्टले विशेष रुपमा यस्तो जनशक्तिको खोजी गरिरहेको छ जसले सानो आकारको मोडुुलर रिएक्टरको योजना सुरुवात गर्न …
नेपाली इन्जिनियर लाई जापानमा सुनौलो अवसर
१६ भदौ ,काठमाडौ । काठमाडौको युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेज र जापानको प्रतिष्ठित इन्जिनियरिङ्ग कम्पनी आइ एम ए सि इन्जिनिरिङ्ग प्रालि विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जापानमा व्यवसायिक शिक्षा र प्रशिक्षण भि इ टी तथा व्यावसायिक वृद्धि यू इ एस सि का विद्यार्थीहरुका लागी यो सम्झौता एउटा महत्वपुर्ण आयाम तय हुन सक्ने युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेजका प्रिन्सिपल ई.डा. भेष राज थापाले जानकारी दिए ।
हस्ताक्षर कार्यक्रममा अध्यक्ष पुर्ण भद्र अर्याल, आइ एम ए सी इन्जिनियरिङ्ग प्रालि का अध्यक्ष योशिहितो यामागुची तथा निर्देशक मासाकी ओसाकी लगायतको उपस्थिती रहेको थियो ।
यो रणनितिक …
चन्द्रयान–३ को सफलता पछि सुर्य तर्फ जाँदै भारत
भदौ १६, एजेन्सी : भारतले चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गराएको एक हप्तामै सूर्यको अध्ययनका लागि नयाँ मिसन प्रक्षेपण गर्दैछ। आदित्य एल–वान नाम दिइएको मिसन शनिबार बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटाबाट प्रक्षेपण गर्न लागिएको भारतीय अन्तरिक्ष संगठन इस्रोले जनाएको छ।
यो मिसनले सूर्यको सबैभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ। यो मिसनलाई पीएसएलभी–एक्स एल रकेटबाट प्रक्षेपण गर्न लागिएको र सूर्यबाट १४.८५ करोड किलोमिटर दूरीमा पुगेर तस्विर संकलन गर्ने जनाइएको छ । पृथ्वीबाट सूर्यको दूरी १५ करोड किलोमिटर छ। भारतले पठाउन लागेको आदित्य एल–वान मिसन झण्डै ६१ लाख किलोमिटरको दूरी तय गरेर सूर्य र …
सामाजिक सञ्जालको गलत प्रयोगबाट बच्ने तरिका
भदौ १०, काठमाडौं : सामाजिक सञ्जाल त्यसलाई उपयोग गर्ने मानिसहरुझैं सुन्दर छ । तर हालकै दशकमा त्यसको उपयोगको विश्लेषण गर्दा यसको प्रयोग राम्रोसँग भएको छैन । नयाँ विचारको प्रचारप्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम विस्तारै निरासा पोख्ने र अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै आएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको जमातामा नयाँ पुस्ता थपिँदै जाँदा जिज्ञासा उब्जिएको छ । के यसको उच्चतम उपयोग गर्नसकिँदैन ?
यसको प्रयोगमा देखिएका समस्या समाधान माथिदेखि तल नभएर तलदेखि माथिको अवधारणा अर्न्तगत गर्नुपर्ने हुन्छ । यसको मतलब प्रयोगकर्तामार्फतनै सुधार । व्यक्तिगत …
के हो साइबर सुरक्षा नीति ? सामाजिक सञ्जालमा फैलिने भ्रामक कुराको नियन्त्रण होला ?
साउन २८, काठमाण्डौ : सरकारले पहिलो पटक तयार पारेको ‘साइबर सुरक्षा नीति, २०८० सार्वजनिक गरको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको उक्त नीति, साउन २३ गते क्याविनेटले पारित गरेको छ । नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बाटो खुलेको सरकारले बताएको छ ।
विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ बाट आगामी पाँच वर्षभित्र ६०, दश वर्षभित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत पुर्याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति २०८० तयार गरेको हो ।
सुरक्षित साइबर स्पेस निर्माणका …
भारतको चन्द्रयान–३ भन्दा, रुसले धेरै पछि प्रक्षेपण गरेको लुना २५, कसरी छिटो पुग्दैछ चन्द्रमामा ?
साउन २७, मस्को रुसले शुक्रबार : आफ्नो चन्द्रमा मिसन लुना–२५ प्रक्षेपण गर्यो। पछिल्लो ४७ वर्षमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाउने यो पहिलो प्रयास हो । रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो । शुक्रबार प्रक्षेपण गरिएको मिसन अन्तर्गत रुसको अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । त्यहाँ पानी हुन सक्ने विश्वास गरिन्छ।
रुसको चन्द्रयान मिसन अघि भारतले जुलाई १४ मा चन्द्रयान–३ प्रक्षेपण गरेको थियो । चन्द्रयान–३ पनि चन्द्रमाको सतहमा अवतरण गर्नेछ । रुसको यो अभियानको प्रतिस्पर्धा चीन र अमेरिकाको चन्द्र मिसनसँग पनि छ ।
अमेरिका र चीनले चन्द्रमाको दक्षिणी …
राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने सरकारको निर्णय (यस्तो छ विषेशता)
साउन २३, काठमाण्डौ : सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो नीति अनुसार अब साइवर सुरक्षा विधेयक अघि बढाउने बाटो खुलेको छ । मुलुकमा भरपर्दो, सुरक्षित एवम् उत्थानशील साइवर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको बताएको छ ।
यस नीतिमा आधारित रहेर अब कानुनी र संस्थागत संरचना निर्माण, जनचेतना अभिवृद्धि र क्षमता …
भारतले प्रक्षेपण गर्यो मानवरहित चन्द्रयान-३
२९ असार, काठमाडौं । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान-३ प्रक्षेपण गरेको छ ।
दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान-३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो ।
विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट-प्राइस एयरोस्पेस’ कार्यक्रम छ जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द गरेका छन् ।
यसअघि रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरेका थिए ।
चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो …
एआईले पत्ता लगायो बुढ्यौली रोक्ने रसायन,
सायद सबै मानिसलाई जीवनमा सधै तन्नेरी नै भैरहन मन लाग्दछ । बुढो हुने रहर कसलाई पनि होला र ? तर प्रकृतिको शास्वत नियम भनेकै जन्मिएपछि बच्चा, तन्नेरी, वृद्धावस्था हुँदै जीवनको अन्त्य हुनु हो ।
मानिसमा हुने बुढ्यौलीलाई कसरी रोक्न सकिन्छ वा बुढ्यौली लाग्ने क्रमलाई कसरी कम वा सुस्त बनाउन सकिन्छ भनेर वैज्ञानिकहरुले वर्षौंदेखि विभिन्न खाले अध्ययन अनुसन्धान गर्दै आएका छन् ।
समय समयमा यस्ता समाचार पनि आउने गर्दछन् कि वैज्ञानिकहरुले बुढ्यौली रोक्ने औषधि पत्ता लगाइसके । तर हालसम्म यो कुरा यथार्थमा परिणत हुन सकेको छैन ।
यसैबीच आधुनिक सूचना प्रविधि जगतको सर्वाधिक चर्चा …