नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारी/कतारी टोलि आजै स्वदेश फर्कँदै
वैशाख १२, काठमाडौं, नेपाल र कतारबीच विभिन्न आठवटा क्षेत्रमा द्विपक्षीय लगानी एवं सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता पछि विभिन्न ६ वटा विषयमा सहकार्य गर्ने समझदारि भएको हो ।
दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले बताए ।
प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री …
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरिएको छ । चैत ४ गते, आइतबार काे दीन तामझामका साथ प्रधानमन्त्रीबाट घोषणा हुँदैछ ।
यसकै पूर्वसन्ध्यामा पोखराका सडकमा मागी हिँड्नेहरुलाई उठाइएको छ । पोखराका विभिन्न स्थानमा माग्दै हिँड्ने २५ जनालाई प्रहरीले उद्धार गरी मानव सेवा आश्रम तथा बाल आश्रम पठाएको हो ।
नेपाल प्रहरी र पोखरा महानगर प्रहरीले उनीहरूलाई उठाएको हो । कास्की प्रहरीका अनुसार ९ जना पुरुषहरुलाई मानव सेवा आश्रम हेम्जा, ४ जना महिलाहरुलाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको जिम्मा लगाई बुझाइएको छ …
पूर्वपश्चिम लोकमार्गमा किसानहरुद्धारा दुध पोखेर एकघण्टा चक्काजाम, अर्थमन्त्रीलाई ज्ञापनपत्र
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे मागराखि आन्दोलित भएका दुग्ध उत्पादक किसानहरुले बिहिबार १ घण्टा भन्दा बढि समय पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । नवलपरासि वर्दघाट सुस्ता पूर्व (नवलपुर)का किसानहरुले कावासोती नगरपालिका स्थित फलफुल चोकमा दुध पोखेर १ घण्टा चक्काजाम गरेका हुन् ।
किसानहरुले विविध समस्याका वावजुत उत्पादन गरेको दुधको भुक्तानि नपाएको र कृषकका समस्याप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रिको राजिनामा समेत माग गरेका छन् । निकम्मा कृषिमन्त्री राजीनामा दे, किसानमारा सरकार मुर्दावाद, मिल्क होलि डे बन्द गर, दुधको आयात बन्द गर, जस्ता प्लेकार्ड बोेकेका किसानहरुले …
छुट्टाछुट्टै सडक दुर्घटना : तीन दिनमा २२ को मृत्यु
कावासोती। फागुन लागकै दिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो। १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु प¥यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ ।
गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक …
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै
२ फागुन, काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
नवलपुरका विभिन्न कलेज, विद्दालय, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ ।
आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ …
नेपालमा पनि मनाइँदै भ्यालेन्टाइन्स डे
काठमाडौँ । हरेक वर्ष फेबु्रअरी १४ मा मनाइने भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस आज मनाइँदैछ । विशेष रूपमा प्रेमिल जोडीले आजको दिनलाई माया साटासाट गरेर मनाउने गर्दछन् ।
पश्चिमा देशबाट प्रसार भएको भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि युवायुवतीले मनाउने गरेका छन् । युवा पुस्तामा प्रिय उत्सव बन्न पुगेको भ्यालेन्टाइन डे साताव्यापी रुपमा मनाउन थालिएको छ ।
जसअन्तर्गत फब्रुअरीे ७ मा रोज–डे का दिन गुलाफ दिएर सुरु हुन्छ भने त्यसपछि प्रस्ताव राख्ने, चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो हाल्ने र अन्तमा प्रणय दिवस मनाउने गर्दछन् ।
आफ्नो प्रिय वा मन परेको व्यक्तिलाई …
कानुन नबनाइ नागरिककाे कल र म्यासेज रेकर्ड राख्न नपाइने ।
२९ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणलाई कानुन निर्माण नगरी नागरिकको फोन कल र म्यासेजमा पहुँच राख्न उचित नहुने भनी एक परामर्शदाताले प्रतिवेदन बुझाएको भेटिएको छ ।
टेलिकम कम्पनीहरुको कल ट्राफिकको अनुगमन गर्ने संयन्त्र (टेरामक्स) प्रणाली स्थापनाबारे अध्ययन गर्न जिम्मेवारी पाएको हाँडीगाउँको जास कम्पनी प्रालिले कानुन निर्माण गरेरमात्रै कल मनिटरिङ प्रणाली स्थापना गर्न उपयुक्त हुने सुझाव दिएको थियो । त्यो सिफारिस बेवास्ता गरी विभिन्न कार्यकालका सञ्चार मन्त्रीहरुदेखि प्राधिकरण नेतृत्वले कानुन निर्माण हुनुअघि नै टेरामक्स प्रणाली खरिदको नीतिगत निर्णय गरेका थिए ।
प्राधिकरणले २० वैशाख २०७३ मा जास कम्पनी प्रालिलाई टेरामक्स प्रणाली स्थापना …
नगरपालिकाकाे एम्बुलेन्स सन्चालनमा नहुदा स्थानीयलाइ सास्ती
तेजेन्द्र शाही, एन सन्चार, दैलेख: दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालिकाले खरिद गरेकाे दोस्रो एम्बुलेन्स महिनौ बितिसक्दा पनि सन्चालनमा आउन सकेकाे छैन ।
ल्याएर प्रहरी चौकी जम्बुकाँधमा राखिएपनी एम्बुलेन्स सेवा नपाउँदा सास्ती भाेग्नुपरेकाे स्थानियकाे गुनासाे छ । नगरपालिकाले स्वास्थ्य जस्तो संवेदनशील कुरामा समेत ख्याल नराखी लापरबाही गरेकाे र उपलव्ध श्राेत साधनलाइ समेत उचित प्रयाेगमा समेत कन्जुस्याइ गरेकाे कारण आफूहरुले समस्या भाेग्नु परेकाे स्थानीय राम शाहीले बताय ।
नगरपालिकाले आफ्नो पुरानो एम्बुलेन्स बिग्रिएको ११ महिना पछि जनता हरुलाई छिटो छरितो सेवा दिनको लागि यसै नगरपालिकाको मातहतमा रहेको लयाँटी बिन्द्रासैनि स्वास्थ्य चौकीमा को नाम नेपाल …
नेपालले क्यानडालाई हराउँदा बनेको ३ कीर्तिमान
२७ माघ, काठमाडौं । नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए ।
जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५० रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च …
काठमाडौंसहित ५ जिल्लामा देखियो ‘अफ्रिकन स्वाइन फिभर’
२५ माघ, काठमाडौं । मुलुकका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ ।
नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार बङ्गुर र सुँगुर मरेको विभागले जनाएको छ ।
पशु सेवा विभागले रोग ‘सर्भिलेन्स’ गर्दा फेरि काठमाडौं, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा पुष्टि भएको जनाएको छ । संक्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्गुर र सुँगुर मरेको पाइएको विभागले जनाएको छ ।
‘जैविक सुरक्षाको विधि अवलम्बन, …
हुलाकको १ हजार ६३६ कर्मचारीको दरबन्दी खारेज, सबै पालिकामा हुलाक
२५ माघ, काठमाडौं । सरकारले हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने र हुलाक सेवा अन्तर्गतका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । यसअनुसार अब सबै स्थानीय तहमा एउटा हुलाक कार्यालय हुनेछन् ।
मन्त्रिपरिषदको निर्णयले हुलाकको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज भएका छन् । सरकारले संगठन तथा व्यवस्थापन(ओ एन्ड एम) सर्भेमार्फत हुलाकतर्फका करिब १ हजार ६३६ सय कर्मचारीको स्थायी दरबन्दी कटौती गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१को बजेटले सरकारले जिल्ला र …
नहरमा पुरुषको शव फेला
बिहिवार, माघ २५,धनुषाः धनुषाको शहिदनगर नगरपालिका ७ स्थित नहरमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार शहिदनगर नगरपालिका १ चिरैयाका ६० वर्षीय फुलगेन ठाकुर मृत अवस्थामा फेला परेका हुन् ।
नहरमा फेला परेका उनको शरीर र लुगामा माटो लागेको छ । लुगा लगाएकाले शरीरमा चोटपटक लागेको देखिँदैन् । उनको मृत्युको कारण खुल्न नसकेको र आफन्त सम्पर्कमा आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा शौचालयका लागि नहरमा पुगेपछि शव देखेका थिए । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय …
दैलेखको श्री जयदेव मा वि को एक दिने शैक्षिक भ्रमण सम्पन्न
तेजेन्द्र शाही, एनसन्चार, माघ २४ : दैलेख दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा नं ६ जम्बुकाँधमा रहेको श्री जयदेव माध्यमिक विद्दालयले आफ्नो एक दिन शैक्षिक भ्रमण २०८० सम्पन्न गरेको छ।
विधालयले आफ्नो बर्षिक कार्य तालिका अनुसार यस बिधालय मा कक्षा ६ देखि १२ सम्म को सामजिक बिषय को प्रतिबेदन लेखन कार्यलाई प्रत्यक्ष अवलोकन विधि बाट विधार्थीहरुलाई दैलेख जिल्ला भित्र रहेका पाँच थान पंचकोशी मध्य चार पवित्र तीर्थस्थल पादुका , धुलेश्वर ,श्रीस्थान ,नाभिस्थान लगायत दैलेख जिल्लाको सदरमुकाम मा रहेको प्रख्यात धार्मिक स्थल बेलासपुर मन्दिर, एतिहासिक कोतगढी, दैलेख जिल्ला को पेट्रोलियम उत्खनन भइरहेको ठाउ …
नेपाल विध्यार्थि सघं बिरुवा पोखरा सम्पर्क समितिकाे सभापतिमा अनिल लम्साल
माघ २४ः नेपाल विध्यार्थि सघं बिरुवा पोखरा सम्पर्क समितिमा अनिल लम्साल चयन भएका छन् । विरुवा गाऊपालिका स्याङ्जा चिन्नेवास घर भई हाल पोखरा १७ विरौटामा बस्दै आएका लम्साल पृथ्वी नारायण क्यापस पाेखरामा बि बि एस अध्यानरत छन्।
संगित क्षेत्रमा समेत पहिचान बनाइसकेका लम्साल युवा व्यावसायी समेत हुन्। मंगलवार पृथ्विनारायण क्यापसमा आयोजित एक कार्यक्रम बिच नेपाल विध्यार्थि संङ्घका केन्दिय सदस्य बिनोद केसिको उपस्थितिमा नेपाल विध्याथि संङ् स्याङ्जाका सभापति द्वारा प्रेसित पत्रलाइ हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण पछि पत्र बुझ्दै सभापति लम्सालले नेपाल विद्यार्थी संघ जस्तो गौरवसालि इतिहास रहेको संगठनको जिम्मेवारि भुमिका पाउदा विद्यार्थीहरु …
बाँसबारी जग्गा प्रकरण : चौधरी र थापालाई चिरायुबाट ग्राण्डी सारियो
काठमाडौं । बाँसबारी छाला जुत्ता उद्योगको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका सिजी होल्डिङसका अध्यक्ष एवं व्यवसायी अरुण चौधरी र तत्कालिन प्रमुख अजित नारायणसिंह थापालाई ग्रान्डी अस्पताल लगिएको छ ।
बिहीबार पक्राउ परेका चौधरी र थापाको स्वास्थ्यमा समस्या आएको भन्दै चिरायु अस्पतालमा उपचार गरिएको थियो । तर आज उनीहरु दुवैलाई धापासीस्थित ग्राण्डी अस्पताल सारिएको हो ।
बाँसबारीस्थित सरकारी जग्गा चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्सका नाममा ल्याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न ४ दिनको अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।
लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा छ : अर्थमन्त्रालय
१२ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा परेको बताएका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् ।
राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको भन्दै उनले राजश्व संरचनामा परिवर्तनका कारण लक्ष्यअनुसार उठ्न नसकेको बताएका हुन् ।
उनले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन …
गुड्दागुड्दैकाे बस सडकमा भासियो
१२ माघ, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।
सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।
यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो भ्वाङ परेको थियो ।
गण्डकीको प्राविधिक तालिम प्रतिष्ठान : काम न जिम्मेवारी !
११ माघ, पोखरा । गण्डकी प्रदेशले प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित ०७६ मा ऐन बनाएर सोही ऐनअनुसार ०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जीटीईभीटीइ) स्थापना भयो ।
तर, प्रतिष्ठान स्थापना भएको ३ वर्षसम्म प्रभावकारी भूमिका निभाउन सकेको छैन । प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले चलाइरहेका कार्यक्रममा सहयोग गर्ने र स्थानीय तहसँग छलफल गर्नेबाहेक अरु प्रभावकारी काम गर्न नसकिएको प्रतिष्ठानकै कर्मचारी स्वीकार्छन् ।
प्राविधिक शिक्षा प्रदेशको मातहतमा हुने गरी व्यवस्थाअनुसार प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठान अहिले संघीय सरकारअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी) कै एउटा ‘शाखा कार्यालय’जस्तै …
आजदेखि स्वस्थानी व्रत सुुरु
११ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच …
बरथवा घटना अपडेट : हवल्दारले सेन्ट्रीको राइफल लिएर गोली चलाएको भेटिएपछि बर्खास्तीको तयारी
८ माघ, काठमाडौं । सर्लाहीको बरथवा नगरपालिका–५ मा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्तीमा पर्ने भएका छन् ।
छानबिनमा क्रममा अनावश्यक बल प्रयोग गरेको पाइएपछि इलाका प्रहरी कार्यालय, बरथवाका वरिष्ठ हवल्दार सोनेलाल यादवलाई बर्खास्त गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो ।
घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले पनि उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । २० पुसमा अस्पताल स्थापनाको विषयमा विवाद हुँदा बरथवा नगरपालिका–६ का जयशंकर साह मारिएका थिए ।
प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार, घटनालगत्तै हवल्दार …