“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)

माघ २७, कावासोती ।
“म सुकुम्बासि हुँ । संसदमै पुगेँ भनेँ पनि भूईँमै बस्छु ।” यो कसम थियो नवलपुर निर्वाचन क्षेत्र नं. १ मा श्रम सँस्कृति पार्टिबाट उम्मेद्वारी दिएका भिम चन्द्र गुरुङको। त्यस्तै सोहि पार्टिको नवलपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका अर्का युवा कमल चापागाईँले भन्दै थिए : “रास्वपालाई नयाँ पार्टि भन्न मिल्दैन, बरु साँच्चै नयाँ पार्टि हाम्रो हो । घण्टि त सेट्टेड हो ।” धरानका पूर्व मेयर हर्क साम्पाङ्ले खोलेको श्रम सँस्कृति पार्टिले मंगलबार नवलपुरको देवचुलि नगरपालिका वडा नं. २ , शाश्वतधाममा अवस्थित पार्टि सम्पर्क कार्यालयमा गरेको उम्मेद्वारसँग …

आगामि निर्वाचनमा रास्वपाले सुनामि ल्याउने सभापति लामिछानेको दावि(भिडियो सहित)

माघ २५, कावासोती ।
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले यस पटक नेपालि जनताले आफ्नो भाग्य र भविष्य आँफै कोर्ने बताएका छन् । आगामि फाल्गुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि प्रचारप्रसारका क्रममा नवलपुरको कावासोती आएका सभापति लामिछानेले समर्थकहरुलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कावासोतीको फलफुलचोकमा जम्मा भएका आफ्ना नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्दै लामिछानेले देशैभर सबै भ्रष्टचारीलाई बढार्ने सुनामि ल्याउने दावि गरे । समर्थकहरुको भिडलाई सम्हाल्न गाह्रोपरेपछि गाडिमाथिबाटै सम्बोधन गरिरहेका लामिछानेले नवलपुरमा रहेका भुमिहिन सुकुम्बासिहरुको समस्या वारे समेत आँफुलाई जानकारी …

“निर्वाचन सर्ने सम्भावना छैन” : प्रधानमन्त्री कार्की

माघ २०, कावासोती ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सर्ने सम्भावना नरहेको बताउनुभएको छ । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ रहेको र सोही अनुसार तयारी भइरहेकोले निर्वाचन सर्छ कि भनेर शंका नगर्न उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सहभागी हुन मङ्गलवार नवलपुरको हात्तीखोर आउनुभएकी प्रधानमन्त्री कार्कीले पत्रकारसँगको कुराकानीमा अत्यधिक चिसोका कारण हिमाली जिल्लाहरूमा फागुन २१ मै निर्वाचन हुन नसक्ने अवस्था आएमा दोस्रो चरणमा पनि गर्न सकिने तर अन्य ठाउँमा निर्धारित मितिमै निर्वाचन हुने बताउनुभएको हो । हिमाली जिल्लामा यातायातको पहुँच …

नवलपुरका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको उम्मेद्वारी/कस्को पल्ला कति भारी ? के भन्छन् उम्मेद्वारहरु ? (भिडियो सहित)

माघ ७, कावासोती ।
आउँदो फाल्गुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनकालागि नवलपुरका दुई वटा निर्वाचन क्षेत्रमा जम्मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयको निर्वाचन अधिकृत सिता अधिकारीले बताउनुभएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना र क्षेत्र नम्बर २ मा १८ जनाले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ मा ४ जना स्वतन्त्र उमेदवार सहित १४ राजनीतिक दल मध्ये नेपाली कांग्रेसबाट यस क्षेत्रमा २ जनाको …

११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी एमाले नवलपुरमा १५ सदस्यकालागि ७५ जनाको उम्मेद्वारि

दीपेन्द्र रेग्मी, मंसिर ११, कावासोती ।
नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी नवलपुरमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । यहि आउँदो मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि चयनमा एमालेले यस पटक स्पष्ट मापदण्ड लागू गरेको छ । पार्टीले बनाएको नियमअनुसार, सदस्य संख्या अनुसार क्लस्टर छुट्याइको र सोही आधारमा जिल्लाबाट जाने प्रतिनिधिको संख्या निर्धारण गरिएको छ । क्लस्टर अनुसार चयन गरिएको प्रतिनिधिले महाधिवेशनमा मताधिकार प्रयोग गर्न पाउने नियम रहेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १, २ र दलित मुक्ति समाजबाट समेत गरि भूगोल …

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो ।
श्राेतः अनलाइनखवर

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङ, छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीकाे निर्देशन ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो। चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ। 

प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी …

राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
जनमोर्चा नवलपुरले कावासोतीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीका केन्द्रीय सदस्य दीपक पाण्डेले संघीयता लागु भएपछि देश आर्थिक संकटमा फसेको, प्रशासनिक ढाँचामा अराजकता बढेको र जनताले सोचेअनुसारको लाभ नपाएको भन्दै संघीयता खारेज गर्नुपर्ने बताए ।
आन्दोलन चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा विभिन्न चरणमा हुने जनमोचाृ नवलपुरका अध्यक्ष गिरबहादुर महतराले बताए । सो अवधिभर जनप्रदर्शन, विरोधसभा, ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम गरिने उनको …

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

कावासाेती । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत बिहिबारदेखि भइरहेको सुनुवाइ आज सकिएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेबाट एक करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
लामिछानेको तर्फबाट आज वरिष्ठ अधिवक्ताद्वय रमणकुमार श्रेष्ठ र पशुपति भण्डारी तथा अधिवक्ता नारायणदत्त कँडेलले बहस गरेका थिए । यस्तै जाहेरीकर्ताको तर्फबाट गत शुक्रबार डा. सुरेन्द्र भण्डारी, आरसी गौतम लगायतले बहस गरेका थिए ।
यसअघि लामिछानेले कास्की जिल्ला अदालतमा ६५ लाख …

हाम्रा नेता–कार्यकर्ता मागेर खानुपर्ने ठाउँमा छैनौं : विप्लव

१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् ।
आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
नेकपाले कृषिमा आत्मनिर्भर हुन गरेको मिहेनतले यो अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
‘नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या छैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने ठाउँबाट मुक्त गर्ने अठोट हो । …

स्ववियु निर्वाचन चैत ५ गते हुने

७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।
त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।
यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा.केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।
‘वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ । आगामी चैत ५ गते ठीक …

अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान भएको थियो ।
तर आज थुनछेक बहस हुन नसक्दा न्यायाधीश अधिकारीले लामिछानेलाई पुनः हिरासतमा पठाउन आदेश दिएका हुन् । लामिछाने पुनः भोलि अदालतमा उपस्थित हुनेछन् । जिल्ला अदालतमा बयान चलिरहँदा बाहिर लामिछानेका सयौँ समर्थकहरु भेला भएका थिए । लामिछानेलाई कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा परेको थियो …

काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रवि रिहा

काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रिहा गरिएको छ । 
कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफैँ उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको  थियो । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस हुँदै आएको थियो । 
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा लामिछानेमाथि मुद्दा दायर भएको …

रविलाई ६५ र छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश

पुस २५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।
लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ।
पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ। अहिले कास्की प्रहरीको हिरासतमा गोरखा …

विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, पार्टी एकताका लागि पनि पहल गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को चुनावमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

गत स्थानीय तह निर्वाचनमा पार्टीले स्वतन्त्र उम्मेदवार उठाए पनि जित्न सकेको थिएन । केन्द्रीय समितिले निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर पार्टीका काम अघि बढाउने निर्णयसमेत गरेको छ ।
‘चुनावलाई प्रयोग गर्दा अहिले नै मोर्चा, गठबन्धनको मानसिकतामा नअल्झेर एकल र स्वतन्त्र पहलमा जाने गरी गर्नुपर्दछ,’ महासचिव नेत्रविक्रम चन्दको पारित प्रतिवेदनमा भनिएको छ, ‘त्यसका लागि सबै …

जनप्रतिनिधिले घाेषणा पत्र पल्टाएर जनताकाे काम गर्नुपर्छ : युवा नेता गिरी

बुलिङटार । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटीका सदस्य विद्रोही गिरीले चुनावका बेला जनताकाे बीचमा सार्वजनिक गरेकाे घाेषणा पत्र पल्टाएर जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनु भएकाे छ । बुलिङटार गाउँपालिका वडा नं २ काे दाेश्राे वडा अधिवेशनकाे उद्घाटन सत्रमा आइतबार बाेझामा बाेल्दै उहाँले उक्त कुरा बताउनु भएकाे हाे ।
चुनाव भएकाे आधा कार्यकाल सकिएकाले घाेषणा पत्रमा उल्लेख भएका कति काम पूरा भए साेकाे मध्यावधि समीक्षा गर्दै अघि बढ्ने कुरामा जनप्रतिनिधि र पार्टीका कार्यकर्ता लाग्नुपर्छ युवा नेता गिरीले भन्नुभयाे-” मिसन ८४ मा बहुमत पूरा गर्न सबैले जिम्मेवारी अनुसार काम …

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन

काठमाडौं । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् ।
आज बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
मानव तस्करहरूसँग मिलेर गत कार्तिक १३ गते मन्त्रीका हैसियतमा अधिकारी जापान प्रस्थान गरेका थिए । हङकङ ट्रान्जिट हुँदै जापान पुगेका मन्त्रीलाई त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो । उनीसँग गएका तीन जनालाई पक्राउ गरी कारबाही …

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ती बाल्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ बत्ती बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गरेका छन् ।
विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्त्व धेरै रहेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मेलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मेलनमा सहभागिताका लागि विश्वस्तरका स्रष्टाहरूलाई आग्रह गरे …

भ्रष्टाचार र ठगीसम्बन्धी कारबाहीमा हाम्रो समर्थन छ, तर भेदभाव गर्न पाइँदैन : नारायणकाजी श्रेष्ठ

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् ।
शनिबार पार्टीले काठमाडौं आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरुको चाहना रहेको बताए ।
विपक्षी मोर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।
श्रेष्ठले यही प्रकरणतर्फ संकेत गर्दै भने, ‘हामी कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही कानुन सम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौं, यसमा कुनै भ्रम पैदा नगरियोस्, हामीले भनेको के हो भने त्यस्ता अनुसन्धान …

खबरदारी सभा कसैलाई बचाउनका लागि होइनः प्रचण्ड

१० कात्तिक, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् ।
‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, …

You Missed

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
नमुना सदरमुकाम निर्माण स्थलको डिपिआर परिवर्तन गरिनुपर्ने आवाज बलियो बन्दै
३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु/दुई घाइते
सन्तानको रहर पुगेकाहरुलाई बन्ध्याकरण सेवा सहित नवलपुरका विभिन्न स्थानमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने
आगामि निर्वाचनमा रास्वपाले सुनामि ल्याउने सभापति लामिछानेको दावि(भिडियो सहित)
बस दुर्घटना अपडेटः मृतक १३ जनाकै सनाखत

Primary Color

Secondary Color

Layout Mode