राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने
कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
जनमोर्चा नवलपुरले कावासोतीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीका केन्द्रीय सदस्य दीपक पाण्डेले संघीयता लागु भएपछि देश आर्थिक संकटमा फसेको, प्रशासनिक ढाँचामा अराजकता बढेको र जनताले सोचेअनुसारको लाभ नपाएको भन्दै संघीयता खारेज गर्नुपर्ने बताए ।
आन्दोलन चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा विभिन्न चरणमा हुने जनमोचाृ नवलपुरका अध्यक्ष गिरबहादुर महतराले बताए । सो अवधिभर जनप्रदर्शन, विरोधसभा, ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम गरिने उनको …
रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश
कावासाेती । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत बिहिबारदेखि भइरहेको सुनुवाइ आज सकिएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेबाट एक करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
लामिछानेको तर्फबाट आज वरिष्ठ अधिवक्ताद्वय रमणकुमार श्रेष्ठ र पशुपति भण्डारी तथा अधिवक्ता नारायणदत्त कँडेलले बहस गरेका थिए । यस्तै जाहेरीकर्ताको तर्फबाट गत शुक्रबार डा. सुरेन्द्र भण्डारी, आरसी गौतम लगायतले बहस गरेका थिए ।
यसअघि लामिछानेले कास्की जिल्ला अदालतमा ६५ लाख …
हाम्रा नेता–कार्यकर्ता मागेर खानुपर्ने ठाउँमा छैनौं : विप्लव
१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् ।
आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
नेकपाले कृषिमा आत्मनिर्भर हुन गरेको मिहेनतले यो अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
‘नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या छैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने ठाउँबाट मुक्त गर्ने अठोट हो । …
स्ववियु निर्वाचन चैत ५ गते हुने
७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।
त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।
यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा.केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।
‘वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ । आगामी चैत ५ गते ठीक …
अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे
काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान भएको थियो ।
तर आज थुनछेक बहस हुन नसक्दा न्यायाधीश अधिकारीले लामिछानेलाई पुनः हिरासतमा पठाउन आदेश दिएका हुन् । लामिछाने पुनः भोलि अदालतमा उपस्थित हुनेछन् । जिल्ला अदालतमा बयान चलिरहँदा बाहिर लामिछानेका सयौँ समर्थकहरु भेला भएका थिए । लामिछानेलाई कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा परेको थियो …
काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रवि रिहा
काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रिहा गरिएको छ ।
कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफैँ उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस हुँदै आएको थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा लामिछानेमाथि मुद्दा दायर भएको …
रविलाई ६५ र छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश
पुस २५ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।
लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ।
पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ। अहिले कास्की प्रहरीको हिरासतमा गोरखा …
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, पार्टी एकताका लागि पनि पहल गर्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि अब निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय समिति बैठकले २०८४ को चुनावमा सहभागी हुने गरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
गत स्थानीय तह निर्वाचनमा पार्टीले स्वतन्त्र उम्मेदवार उठाए पनि जित्न सकेको थिएन । केन्द्रीय समितिले निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर पार्टीका काम अघि बढाउने निर्णयसमेत गरेको छ ।
‘चुनावलाई प्रयोग गर्दा अहिले नै मोर्चा, गठबन्धनको मानसिकतामा नअल्झेर एकल र स्वतन्त्र पहलमा जाने गरी गर्नुपर्दछ,’ महासचिव नेत्रविक्रम चन्दको पारित प्रतिवेदनमा भनिएको छ, ‘त्यसका लागि सबै …
जनप्रतिनिधिले घाेषणा पत्र पल्टाएर जनताकाे काम गर्नुपर्छ : युवा नेता गिरी
बुलिङटार । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटीका सदस्य विद्रोही गिरीले चुनावका बेला जनताकाे बीचमा सार्वजनिक गरेकाे घाेषणा पत्र पल्टाएर जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनु भएकाे छ । बुलिङटार गाउँपालिका वडा नं २ काे दाेश्राे वडा अधिवेशनकाे उद्घाटन सत्रमा आइतबार बाेझामा बाेल्दै उहाँले उक्त कुरा बताउनु भएकाे हाे ।
चुनाव भएकाे आधा कार्यकाल सकिएकाले घाेषणा पत्रमा उल्लेख भएका कति काम पूरा भए साेकाे मध्यावधि समीक्षा गर्दै अघि बढ्ने कुरामा जनप्रतिनिधि र पार्टीका कार्यकर्ता लाग्नुपर्छ युवा नेता गिरीले भन्नुभयाे-” मिसन ८४ मा बहुमत पूरा गर्न सबैले जिम्मेवारी अनुसार काम …
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् ।
आज बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
मानव तस्करहरूसँग मिलेर गत कार्तिक १३ गते मन्त्रीका हैसियतमा अधिकारी जापान प्रस्थान गरेका थिए । हङकङ ट्रान्जिट हुँदै जापान पुगेका मन्त्रीलाई त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो । उनीसँग गएका तीन जनालाई पक्राउ गरी कारबाही …
नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ती बाल्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ बत्ती बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गरेका छन् ।
विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्त्व धेरै रहेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मेलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मेलनमा सहभागिताका लागि विश्वस्तरका स्रष्टाहरूलाई आग्रह गरे …
भ्रष्टाचार र ठगीसम्बन्धी कारबाहीमा हाम्रो समर्थन छ, तर भेदभाव गर्न पाइँदैन : नारायणकाजी श्रेष्ठ
१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् ।
शनिबार पार्टीले काठमाडौं आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरुको चाहना रहेको बताए ।
विपक्षी मोर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।
श्रेष्ठले यही प्रकरणतर्फ संकेत गर्दै भने, ‘हामी कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही कानुन सम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौं, यसमा कुनै भ्रम पैदा नगरियोस्, हामीले भनेको के हो भने त्यस्ता अनुसन्धान …
खबरदारी सभा कसैलाई बचाउनका लागि होइनः प्रचण्ड
१० कात्तिक, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् ।
‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, …
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, …
संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ : प्रधानमन्त्री ओली
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौँ लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गरेका हुन् ।
‘संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ । सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ,’ सन्देशमा भनिएको छ, ‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको …
भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइए ।
१६ भदौ, पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
‘यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु …
आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिने अवसरका रूपमा हेरेको छु : सभापति लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् ।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । ‘आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो, ’उनले भने, ‘त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिने अवसरका रूपमा हेरेको छु ।’
सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी …
महिलालाई प्रधानमन्त्री बनाउन चाहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ
८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताए ।
‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, उनले भने ।
आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको बताए ।
‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे …
०६४ मा भोट हाल्नेहरुको लिस्ट बनाउन प्रचण्डको कार्यकर्तालाइ निर्देशन
८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको निर्वाचनमा माओवादीलाई भोट हाल्नेहरुको सूची बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार पार्टीको नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी हुँदा भोट दिनेहरुको सूची बनाउन आग्रह गरेका हुन् ।
‘२०६४ को निर्वाचनमा हामीलाई भोट हाल्ने जनताको घरघरमा जानुपर्यो । पहिला लिस्ट बनाउनुपर्यो र ती सबैसँग सम्पर्क गर्नुपर्यो । उनीहरुसँग आत्मसमीक्षा गर्नुपर्यो । तपाईहरुले हामीलाई ठूलो आशा भरोसा गरेर धेरै भोट दिनुभयो हामीले भन्याजस्तो गर्न सकेनौं, विवादित भयौं, हामीले गल्ती …
माओवादीलाई मैदान खाली छ ।
२०३५/३६ को विद्यार्थी आन्दोलनमा खासै मानवीय क्षति भइसकेको थिएन । त्यो आन्दोलनले राजनैतिक पार्टीहरूका विद्यार्थी संगठनहरूसँगै सबै क्याम्पस तथा विश्वविद्यालयमा उनीहरूका राजनैतिक गतिविधिहरू खुला भए ।
खासगरी विद्यार्थी नेताहरू कुनै न कुनै राजनैतिक पार्टीहरूका कार्यकर्ताहरू थिए । त्यसकारण ती पार्टीहरूका विचार, दर्शन तथा गतिविधिहरूको प्रचार जोडतोडका साथ हुन्थ्यो ।
त्यसमा पनि होस्टलमा बस्ने विद्यार्थीलाई त झन् कुनै न कुनै राजनैतिक पार्टीमा नलागी सुखै थिएन । त्यतिबेला एकजना अस्कल क्याम्पसको बीएस्सीमा अध्ययनरत गणेश किरात भन्ने दाइ थिए, उनले हामीलाई हाम्रो कोठामा आएर कम्युनिस्ट सिद्धान्तहरूको बारेमा प्रशिक्षण दिन्थे । उनी भन्थे, ‘नेपालमा पनि चीनमा …