पुर्वि नवलपरासीमा सवारी दुर्घटनामा परि ४६ जनाले ज्यान गुमाए ।
पूर्वी नवलपरासीमा एक वर्षको अवधीमा सवारी दुर्घटनामा परि ४६ जनाले ज्यान गुमाएका छन् । गत वर्ष २०७७/०७८ मा भएको एक सय ३२ सवारी दुर्घटनामा परेर उक्त संख्यामा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सबैभन्दा बढि पुरुष ४० जना रहेका छन् । भने, महिला चार जना र ज्यान गुमाउने बालकको संख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ ।
दुर्घटनामा परि गम्भिर घाईते हुनेमा एक सय ३५ जना छन् । गम्भिर घाईते हुने पुरुषको संख्या एक सय छ । यस्तै गम्भिर घाईते महिलाको संख्या २० र बालकको संख्या ८ र बालिकाको संख्या ७ रहेको छ । यसैगरि सामान्य घाईते हुनेको संख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष ८६ वटा मोटरसाईकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी पदम बडुले जानकारी दिनुभयो । त्यसपछि जिप कार २६ , ट्रक टेङ्कर २३ , ट्याक्टर १५ , बस १३ , टेम्पो १० , साना सवारी ८ , टिपर ५ , माईक्रो ३ र अन्य एउटा गरेर गत वर्ष जिल्लामा एक सय ९० वटा सवारी दुर्घटनामा परेको बडुले बताउनुभयो ।
सबैभन्दा बढि दुर्घटनामा पर्ने मोटरसाईकल रहेको छ । दुर्घटना पर्नेमा अधिकाशं पुरुष छन् । भने, त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाउने गरेको उहाँ बताउनुहुन्छ । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो । युवा पुस्ताहरुले बढि स्पीडमा हाक्ने , मोवाईल फोनको प्रयोग गर्ने , जस्तो ठाउँमा पनि ओभरटेक गर्ने गर्दा मोटरसाईकल बढि दुर्घटनामा पर्ने गरेको पाईएको उहाँ बताउनुहुन्छ ।
यसैबीच गत वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले एक करोड ११ लाख ५४ हजार ५ सय रुपिँया राजश्व संकलन गरेको छ । विभिन्न सवारी साधन गरि १८ हजार १ सय ४५ वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व संकलन भएको हो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले