केही रोचक तथा अनौठा प्रसंग !

संसारमा सिर्जित हरेक चिज जसको सन्चालनको आफ्नै नियम छ , जो हामिले न कहिल्यै सोचेका थियौ न सोच्न आवश्यक नै ठान्यौ । आफ्नो दैनिकी जिवन सँग प्रत्यक्ष सरोकार राख्ने यस्ता ज्ञानहरु लिई राख्दा पक्कै पनि काम  लाग्न सक्छन ।
१.  पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।
२. संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ ।
३. स्याउ , आरु , बदाम , स्ट्रबेरी , चेरी , यि सबै फलफुलहरु गुलाब बर्ग मा पर्दछन ।
४. दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ । 
५. …

मानव शरीरबारे केही रोचक प्रसंग

मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त छ ।
तपाईँ लजाउदा तपाइँको पेटको भित्री भाग पनि लजाउँछ ।
  आमाको गर्भमा आएको तीन महिनापछि  नै बच्चाको औँठा छापको विकास भैसकेको हुन्छ ।
  अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ ।
   धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।
   सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।
  दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।
   पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।
   औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा …

वेद र वेदका मन्त्र

वेद मानव सभ्यताको सर्वप्राचीन शास्त्र हो । बृहत् नेपाली शब्दकोशले वेदलाई आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूल स्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ भनेको छ । वेदले प्राचीन सभ्यताको प्रतिविम्ब प्रदान गरेको छ । संस्कृत साहित्यमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदका चार प्रकार उल्लेख गरिएको छ ।
ऋग्वेद : ऋग्वेदलाई वेदहरूमध्येकै सबैभन्दा पुरानो ग्रन्थ मानिएको छ । अध्येता सांकृत्यायनले ऋग्वेदलाई आर्य सभ्यताको प्राचीन साहित्यका रूपमा उल्लेख गरेका छन् । उनका अनुसार ऋग्वेदको समय इपू १५०० वर्षभन्दा पुरानो छ ।
अध्येता शिवराज कौण्डिन्न्यायनले ऋग्वेदलाई भूमण्डलको सबैभन्दा जेठो ग्रन्थ हो भन्दै ऋग्वेदका सूक्तमा धार्मिक, आध्यात्मिक विषयका अतिरिक्त …

अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने सुनेका पनि छौँ तर, सर्पको यस्तो विषको बारेमा सायदै सुनेका छैन होला जसको एक थोपा विषले ५०० मानिसको मृत्यु हुने गर्दछ ।
सुन्दा अपत्यारिलो लागे पनि यो कुरा साँचो हो । निकै नै विषालु यो सर्पले प्राय नटोक्ने गरेको पाइएको छ । अफ्रिकाको जंगलमा धेरै पाइने यो हेर्दा निकै राम्रो रंग र आकर्षक आँखा भएका हुन्छन् । यो सर्पको प्रजातिको नाम …

यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् ।
कोही भव्यता र खर्चका लागि त कोही अति सामान्यपन तथा कम खर्चका कारण । साथै केही विवाहहरु बिहेको संस्कार, परम्परा तथा बिहेमा गरिने क्रियाकलापका कारण चर्चामा रहन्छन् ।
यी सबैभन्दा फरक एउटा यस्ता बिहे भएको थियो, जुन वास्तवमै आफ्नो असाधारणपनका कारण चर्चामा रह्यो । जमैकाको एक रिसोर्टमा भएको उक्त बिहे यसकारण चर्चामा रह्यो कि बिहेमा सहभागी सबैजना निर्वस्त्र थिए । यहाँसम्म कि बिहेमा बेहुला, बेहुलीको शरीरमा पनि …

हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने जानकारी सबैलाई नहुन सक्छ ।
आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर यौन सम्बन्ध स्थापित गर्नु राम्रो मानिने अध्ययनले देखाएको छ ।
‘आर्काइभ्स अफ सेक्शुअल बिहेवियर’मा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौन सम्बन्ध राख्नुपर्ने देखायो । यसको मतलव हप्तामा कम्तिमा एकपटक यौन सम्पर्क गर्नु राम्रो हो ।
सन् २००० र २००४ को बीचमा भएको एक अध्ययनले विवाह भइसकेका जोडी …

यसकारण कमिलाहरु सधै लाइनमा हिड्छन् ।

काठमाडौं । पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू देख्न सकिन्छ । कमिलाको बानी देखेर हामी सबै अचम्मित हुन्छौं। कमिलाहरू सधैं एउटै लाइनमा हिडिरहेका हुन्छन् । कमिलाको यो बानीको पछाडि ठूलो कारण छ । कमिलाहरू किन एउटै लाइनमा हिंड्छन् त ?
कमिला संसारमा जताततै पाइन्छ। पृथ्वीमा धेरै प्रजातिका कमिला पाइन्छ। रानी कमिला, भाले कमिला र पोथी कमिला सधैं सँगै बस्छन् र आफ्नै परिवार बनाउँछन्। भाले कमिलाका पखेटा हुन्छन् भने पोथी कमिलाका पखेटा हुँदैनन्। कमिलाहरूलाई सामाजिक भन्न सकिन्छ, किनकि तिनीहरू सधैं बथानमा …

याे हाे संसारकै अल्छि जनावर ।

काठमाडौं । हाम्रो संसार अचम्मको छ । संसारमा धेरै अनौठो प्रकारका जनावरहरू छन् । कुनै हेर्दा अनौठो लाग्ने हुन्छन् भने कुनैको बानी अनौठो खालको हुन्छ । आज हामी यस्तै अनौठो बानी भएको जनावरको बारेमा बताउने छौँ । हामीले ठूलो, बलियो, सानो र सुन्दर जनावरको बारेमा सुनिरहने गरेका छौँ । सबैभन्दा अल्छी जनावर भनेर चाहिँ कम नै सुन्ने गरेका छौँ । संसारमा यस्तो अल्छीपन भएको जनावर पनि छ, जसले आफ्नो पूरै जिन्दगी एकै ठाउँमा उल्टो झुन्डिएर बिताउने गर्छ ।
यो जनावरको नाम स्लोथ हो । यसले आफ्नो जीवनको ९० प्रतिशत जीवन उल्टो झुण्डिएर …

हस्तमैथुन : भ्रम कतिपय

अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन् ।’
तर, यो ठट्टामा कुनै सत्यता छैन । सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने छैन । सत्य कुरा चाहिँ के हो भने हस्तमैथुन गर्छु भन्ने कुरा कसैले पनि स्विकार्न चाहँदैनन् ।
अहिले यौन खेलौनाको बजार जसरी विस्तार हुँदै गएको छ,  त्यसले हस्तमैथुन जस्ता क्रियालाई अरु सहज बनाइदिएको छ । हस्तमैथुन पुरुष र महिला दुबैले गर्ने भएपनि तुलनात्मक रुपमा पुरुष यसमा बढी सक्रिय रहेको पाइन्छ ।
यो नितान्त व्यक्तिगत क्रिया हो । त्यसैले हस्तमैथुन सामान्य भएपनि सार्वजनिक स्थानमा यस्तो …

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

दम्पतीको सम्बन्धलाई सुमधुर बनाउने र नजिक ल्याउने यौन क्रियाकलापलाई सोच्दा जति सहज लाग्छ, त्यति अभ्यासमा सहज छैन । यसलाई सही ढंगले बुझ्न नसक्दा दम्पतीले यौनसम्पर्कको पूर्ण आनन्द लिन सक्दैनन् ।
सहवासको क्रममा दिमागले आनन्द र चरम आनन्दको बारेमा सोच्छ । यसै दौरानमा धेरैले यहीबारे सोच्छन् र भरपुर आनन्द लिने प्रयासमा हुन्छन् । यौनमा उत्तम अनुभव त्यतिबेला सम्भव जब यौन प्रतिक्रिया चक्रबारे राम्रो ज्ञान हुन्छ ।
चरम आनन्दमा पुग्नु यौनको आनन्द प्राप्ति मानिन्छ । तर यो एकैपटक प्राप्त हुँदैन । यसका लागि यौनमा यौन प्रतिक्रिया चक्रमा हुने चार चरणबारे जान्न जरुरी छ ।
यौन …

यस्ताे थियाे रावणकाे स्वर्णिम लंका दरवार

कोलम्बो- रावणको सुनौलो लंकाको बारेमा धेरै सुन्नु भएको छ। तर के तपाईंलाई थाहा छ रावणको दरबार कहाँ छ र कति भव्य थियो ?
यो दरबार देखेर तपाईलाई विश्वास लाग्दैन कि यो रावणको दरबार हो। किनभने एक पटक यो दरबारमा माथि जान लिफ्ट थियो। हजारौं लाखौं वर्षअघि गाडिएको रावणको शव यहाँ रहेको अझै पनि विश्वास गरिन्छ ।
श्रीलंकामा सिगिरिया भन्ने ठाउँ छ, जहाँ रावणको दरबार रहेको मानिदै आएको छ । निन्छ, यस दरबारमा हजारौं सिँढीहरू थिए तर पनि रावणसम्म पुग्न त्यतिबेलाका मानिसहरू लिफ्टको प्रयोग गर्थे। जुन चट्टानमाथी यो दरबार थियो, त्यो निकै ठूलो र …

फेसबुकका मालिक जुकरबर्गसँगको फाइट एक्समा लाइभ गर्ने एक्सका प्रमुख मस्कको भनाई

साउन २१, एजेन्सी : एक्स (पहिलेको ट्विटर)का प्रमुख एलन मस्कले मेटाका प्रमुख मार्क जुकरबर्गसँगको फाइट लाइभ गर्ने बताएका छन् ।
आइतबार एक्समा लेख्दै मस्कले भनेका छन्, “जुक र मस्कबीचको फाइट एक्समा लाइभ हुने छ । त्यसबाट भएको आम्दानी भेटेरनहरूका लागि दान हुने छ ।”
यस्तै, मस्कले लड्नकै लागि दिनहुँ तौल उठाइरहेको पनि बताएका छन् । वर्कआउट गर्न समय नभएकाले काम गसँगै वेट लिफ्ट गरिरहेको मस्कले बताएका छन् ।
केही साताअघि मस्कले जुकरबर्गसँग कुस्ती खेल्न तयार रहेको भनेका थिए । जुकरबर्ग लामो समयदेखिका कुस्ती खेलाडी हुन् भने मस्कलाई भने त्यस्तो अनुभव नभएको बताइन्छ ।

सर्प सपनामा देखिनुको संकेतहरु के के हुन्छ ? थाहा पाईराखौँ

सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ। सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ ।
यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ। केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ।
सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन। यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ ती बिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र …

सेक्सका लागि निद्रा त्यागेर मृत्यु निम्त्याउँदै क्वोल

लोपोन्मुख उत्तरी क्वोलहरूले अधिक यौनसम्पर्कका लागि निद्रा त्यागिरहेका छन् । यसले उनीहरूलाई मारिरहेको हुन सक्ने अस्ट्रेलियाको एक नयाँ अनुसन्धानले देखाएको छ । अनुसन्धानअनुसार पुरुष क्वोलहरू सम्भोगका लागि जोडीको खोजीमा लामो दूरीको यात्रामा निस्किन्छन् र प्रायः यो क्रममा उनीहरूले निद्रा परित्याग गर्ने गर्छन् । 
विश्रामको कमीले यी मांसहारी मार्सुपियलका भालेहरू सामान्यतः एक प्रजनन मौसममै किन मरिरहेका छन् भन्ने विशेषज्ञहरूको भनाइ छ, जबकि पोथीहरू चार वर्षसम्म बाँच्न र प्रजनन गर्न सक्छन् ।
‘उनीहरूले सम्भोगका लागि सम्भव भएसम्म लामो दूरी पार गर्ने गरेका छन् । सम्पूर्ण ऊर्जा र समय पोथीहरू खोज्नमै बित्दा उनीहरूले सुत्न नै छाड्ने गरेको पाइयो,’ सनसाइन कोस्ट विश्वविद्यालयका …

असाध्यै मिठो बोल्छन् यी ४ बार जन्मिने महिला, यस्ता पुरुष हुन्छन् बेखुशी

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबारः
पुरुषः   आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम …

सपनामा मृत्यु भइसकेका मानिस आउनुले यस्ताे संकेत दिन्छ ।

सपना मानिसको जिवनको एक भाग हो । प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले भविष्यमा हुने कुनै घटनाका बारेमा संकेत दिइरहेका हुन्छन् । अनेक प्रकारका सपना देख्छौँ । ती मध्ये कहिले जिउँदो मानिस मरेको सपना देख्छौँ भने कहिले मृत्यु भइसकेका मानिस सपनामा आएको देख्छौँ ।
१.कहिलेकाँही घरका कुनै सदस्यको बिरामी भएर मृत्यु भएको र सोही मृत व्यक्ति सपनामा स्वस्थ रहेको देख्छौँ । यदि यस्तो सपना देखियो भने मृत व्यक्ति कुनै राम्रो घरमा जन्मलिइसकेको बुझ्नु पर्छ । यस्तो सपनाले मृत व्यक्ति …

१३ अर्बको बिरालोदेखि ६४ अर्बको कुकुरसम्म, यी हुन् दुनियाँकै महंगा जनावर

जनावरको मूल्यका सम्बन्धमा सामाजिक सञ्जालबाट गरिएको अध्ययनमा आश्चर्यजनक कुरा देखिएका छन् । केही कुकुर र बिरालोको मूल्य करोडौं पर्ने गरेको छ भने केही जनावरलाई त सेलिब्रिटीको दर्जामा राखिएको छ । अल अबाउट क्याट्सको एक रिपोर्टमा यी जनावरको बारेमा बताइएको छ ।
अमेरिकाकी लोकप्रिय गायिका टेलर स्वीफ्टसँग स्कटिस फोल्ड नश्लको एक बिरालो छ । उक्त बिरालोको नाम ओलिभिया बेन्सन हो । उक्त बिरालो दुनियाँकै तेस्रो सबैभन्दा महंगो जनावर भएको बताइन्छ । यो बिरालोको मूल्य करिब १३ अर्ब रुपैयाँ पर्छ ।

संसारको सबैभन्दा महंगो जनावरको दोस्रो स्थानमा पनि बिरालो नै छ । त्यो बिरालो …

ब्रेकअप हुने कुरा ३ महिनाअघि नै थाहा हुने, वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

काठमाडौं । सबै कुरा ठिकठाक चलिरहेको थियो । छिटै बिहेको योजना पनि भैरहेको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्दथे । तर अचानक एकदिन उनीहरुबीच ब्रेकअप भयो । आखिर यो कसरी हुनुपुग्यो त्यो कसैलाई थाहै भएन । ब्रेकअपको कारण उनीहरु दुबैलाई पनि पत्तै भएन ।
लामो समयदेखि चलिरहेको गहिरो प्रेम सम्बन्धमा यसरी एकाएक दरार आएर ब्रेकअप हुनु पीडादायी हुन्छ नै । केही समय पछि ब्रेकअप हुन्छ है भनेर अलिक अगाडि नै थाहा भैदिएको भए बरु अलिक मनस्थिति बन्दै जान्थ्यो होला । तर अचानक ब्रेकअप भैदिँदा मानिसले मन थाम्न नसकेर गलत बाटो …

वैज्ञानिकले बनाए भाइरस खाने जीव

काठमाडौं । विभिन्न रोग व्याधी फैलाउने विषाणु अर्थात् भाइरसबाट दुनिया आक्रान्त छ । पछिल्लो ३ वर्षदेखि कोरोना भाइरसलाई दुनियामा आतंक मच्चाइरहेको छ । यसैबीचमा वैज्ञानिकहरुले एउटा यस्तो खोज गरेका छन् जसले भाइरसको आतंकमा पूर्णविराम लगाउने सम्भावना देखाएको छ ।
वैज्ञानिकहरुले यस्तो जीव पत्ता लगाएका छन् जसले भाइरसलाई खान्छ । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का लिंकनका वैज्ञानिकहरुले भाइरसलाई नष्ट गर्ने यस्तो जीव पत्ता लगाएका हुन् । यसले भाइरसलाई नियन्त्रण गर्नका लागि भविष्यमा यो जीवको प्रयोग गर्न सकिने सम्भावना देखिएको बताइएको छ ।

सफा पानीमा पाइने यो सुक्ष्म जीव विश्वमै हालसम्म पाइएको यस्तो जीव हो जसले …

रक्सीले मातेका यात्रुले विमान भित्रै वृद्ध महिलाको शरीरमा पिशाब फेरेपछि…

अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्ली आइरहेको एयर इण्डियाको उडानमा रक्सीले मातेका एक व्यत्तिले वृद्ध महिलाको शरीरमा पिशाब फेरेका छन् ।
एक महिना पुरानो यो घटना हालै मात्र सार्वजनिक भएको हो । घटनाको समयमा ती महिला विमानको बिजनेश क्लासमा थिइन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार घटनाबारेमा एयर इण्डियामा उजुरी परेको छ र उसले छानबिन पनि गरेको छ ।

छानबिन समितिले ती पुरुष यात्रीलाई विमानमा यात्रा गर्न रोक लगाउनका लागि सिफारिस गरेको छ ।
एयर इण्डियाका एक कर्मचारीका अनुसार न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ नोभेम्बरका दिन दिल्लीका लागि उडेको विमानमा यो घटना भएको …

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode