बस दुर्घटना अपडेटः मृतक १३ जनाकै सनाखत
शुक्रबार, माघ २३,
बैतडीमा गएराति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख दीपककुमार रायले जानकारी दिए। घटनास्थलमै मृत्यु हुनेमा बझाङको बिथडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी र ४६ वर्षीय किसन दत्त जोशी छन्। यस्तै, बझाङ केदारस्युँ गाउँपालिका–७ का ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बसन्तराज रताला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि घटनास्थलमै मृत्यु भएको …
“निर्वाचन सर्ने सम्भावना छैन” : प्रधानमन्त्री कार्की
माघ २०, कावासोती ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सर्ने सम्भावना नरहेको बताउनुभएको छ । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ रहेको र सोही अनुसार तयारी भइरहेकोले निर्वाचन सर्छ कि भनेर शंका नगर्न उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सहभागी हुन मङ्गलवार नवलपुरको हात्तीखोर आउनुभएकी प्रधानमन्त्री कार्कीले पत्रकारसँगको कुराकानीमा अत्यधिक चिसोका कारण हिमाली जिल्लाहरूमा फागुन २१ मै निर्वाचन हुन नसक्ने अवस्था आएमा दोस्रो चरणमा पनि गर्न सकिने तर अन्य ठाउँमा निर्धारित मितिमै निर्वाचन हुने बताउनुभएको हो । हिमाली जिल्लामा यातायातको पहुँच …
विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक
कावासोती । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ ।
गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको हो । गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनःडाइभर्सन निर्माण नगरिने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । जेठको अन्तिम हप्तादेखि लगातार वर्षा भई रहेकाले पटक–पटक डाइभर्सन बगाउने समस्या बढे पछि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
“जिल्लास्थित सरोकारवालाको बैठकबाट …
१ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !
काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना एक समर्थकको भनाइ राख्दै डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क अस्वाभाविक भएको आशय राखेका थिए ।
उनले लेखेका थिए, “हिजोआज फेसबुकको इनक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । साना डिजिटल कारोबार …
राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन
काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ ।
काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार १९९० सालमा जन्मिएकी नानीमैयाको ९१ वर्षको उमेरमा निधन भएको हो । ०३८ सालको राष्ट्रिय पञ्चायतमा प्रचण्ड बहुमतसहित प्रवेश गरेर नानीमैया देशभर चर्चित भएकी थिइन् ।
त्यसबेला उनले ६५ हजार ७७७ मत पाएकी थिइन् । उनी पछि दोस्रो मत पाएर निर्वाचित भएका जोगमेयर श्रेष्ठले भने ३० हजारभन्दा कम मत पाएका थिए । पञ्चायतका शासकका टिप्पणीमा मुखभरीको जवाफ दिने, शासकका …
खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।
काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन ।
आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन ।
आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित …
संसोधन हुदै मध्यवर्ती क्षेत्रको कानुन ।
बोमलाल गिरी, नवलपुर, माघ २६ गते । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वासिन्दाले नियमावली संसोधन नगरिए मध्यवर्ती खारेजीको आन्दोलन गर्ने चेतावनी दिएपछि विभागले संसोधनको गृहकार्य अघि बढाएको छ ।
स्थानीयको चेतावनीपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली–२०५२ संशोधनको गृहकार्य गरेको हो ।
विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले नियमावली शंसोधनका लागि वन मन्त्रालयबाट सैद्धान्तिक सहमति लिएको र संशोधन गर्नुपर्ने बुँदाका विषयमा विभागका तर्फबाट सरोकारवालासँग छलफल गर्ने काम भइरहेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट पूर्वी सेक्टरमा गैँडा स्थानान्तरणको स्थलगत अनुगमनका लागि नवलपुर आएका कँडेलले यस्तो बताएका हुन् ।
‘‘संघीयता …
मकुना मृत्यु प्रकरणः वन मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानविन समिति
कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर मुत्यु भएको भनिएको मकुना हात्तीको विषयमा छानविन गर्न समिति बनेको छ ।
वन मन्त्रालयले सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्य छानविन समिति बनाइएको हो । समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिने गणका एक एक जना प्रतिनिधि र एक जना चितवनका पशु चिकित्सक रहेको समिति बनेको निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।
छानविन समितिले मकुना मार्नुको कारण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनिकरण तथा सावधानीका विषयमा सुझाव पेस गर्नेछ ।
बुधबार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सुचना पाए पछि …
सकियो गैँडाको आन्तरिक स्थानान्तरण
कावासोती । शनिबारदेखि चितवन राष्ट्रिय निकुञ्जले सुरु गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ ।
निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षको पोथी, नमूना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई स्थानान्तरण गरेर निकुञ्जको पुर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा पठाईएको हो ।
सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा …
१ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार
१७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ ।
२ खर्ब ८५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा लगानी गर्न विश्व बैंक लगायत दातासँग सहमति भइसकेको छ । तर, ऋण लगानी गर्नुअघि तल्लो तटीय लाभ पाउने मुलुक भारत तथा बंगलादेशको सहमति आवश्यक पर्ने भन्दै विश्व बैंकले त्यसका लागि उनीहरूलाई पत्राचार गरेको थियो ।
विश्व बैंकको पत्रमा बंगलादेशले केही प्राविधिक प्रश्न सोधेर पठाएकोमा त्यसमा नेपालले जवाफ दिइसकेको छ । यो आयोजना अघि बढाउन बंगलादेश …
नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरसहित)
कावासाेती। नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।
भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रूपमा गरे । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा –याली आयोजना गरिएको थियो ।
एक वर्षमै ‘ब्रेक थ्रु’ भयाे सिद्धबाबा सुरुङमार्ग
११ माघ,बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो ।
प्रधानमन्त्रीको सम्बोधनपछि ‘ब्रेक थ्रु’ उत्सवका लागि खन्न बाँकी राखिएको १.८ मिटर भागमा प्राविधिकले ब्लास्ट (विष्फोट) गराएर छिचोलेको थियो । दक्षिणतर्फ सिद्धबाबा मन्दिर र उत्तरतर्फ तिनाउ जलविद्युत आयोजनाको हेडaक्सतिरबाट खनिँदै आएको सुरुङ छिचोलिएको छ ।
ब्रेक थ्रु उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक …
विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।
माघ ११, कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ ।
क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालबाहक ट्रक पुल पार गर्ने क्रम्मा पुल एक्कासी भाँचिएको थियो ।
त्रिवेणी गाउँपालिका दुम्कीवासमा रहेको विनयी खोलाको पुल भाँचिएपछि तत्काल डाईर्भसन यातायात सुचारु गरिएकोमा अहिलेसम्म पुल मर्मतको काम नहुँदा यहाँ भएर यात्रा गर्नेहरुले सास्ती खेप्न बाध्य छन् ।
२ सय ४६ मिटर लम्बाईको पुलको भारवहन क्षमता एक एक्सल १० टन भएकोमा बढीमा ६० टन सम्म क्षमता रहेकोमा एक सय १० टन भार बोकेको …
पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ
कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ ।
पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे एच ओ २ यु ७०६० नंको भारतिय ट्रकलाई चेक जाँच गर्ने क्रममा ट्रकमा लुकाएर राखिएको अवस्थामामा २० वटा प्याकेटमा २ सय ५६ किलो ग्राम गाँजा फेला पारेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक विनोद कार्कीले जानकारी दिए ।
सशस्त्र प्रहरीले ट्रक चालक भारतिय नागरिक पुस्कल यादव सहित ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
स्ववियु निर्वाचन चैत ५ गते हुने
७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।
त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।
यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा.केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।
‘वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ । आगामी चैत ५ गते ठीक …
रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश
कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।
रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको उनका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जानकारी दिए।
गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यो आदेश गरेको हो। यस मुद्दाका २ जना अभियुक्त पहिला नै धरौटीमा छुटिसकेका छन्।
पुस २१ गते रविसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। यस मुद्दामा …
फौजदारी कानुनका आधा दर्जन व्यवस्था संशोधनका लागि गृहकार्य
२८ पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन सुधारका लागि करिव आधार दर्जन कानुन संशोधन हुनुपर्ने औंल्याएको छ । हालका कतिपय कानुनी व्यवस्थाले गर्दा अनुसन्धान र अभियोजन प्रभावकारी हुन नसकेको औंल्याउँदै महान्यायाधिवक्ता कार्यालयले कानुन संशोधनको सुझावसहित राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको हो ।
वार्षिक प्रतिवेदनबारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल, २०८१ को सुझाव तत्काल कार्यान्वयन हुनुपर्ने औंल्याए । ‘फौजदारी मुद्दा अनुसन्धान र अभियोजनमा देखिएका समस्या सम्बोधन गर्न कानुनी सुधार गर्नुपर्छ, त्यसका लागि बन्ने विधेयकमा समावेश गर्ने विषयहरूको खाका बनिसकेको …
हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात, पहाडी भेगमा वर्षाको सम्भावना
२८ पुस, काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ ।
कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ ।
बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसमविद निर्मला रेग्मीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको हो । यो प्रणालीको …
पुल भाँचिएपछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा
बोमलाल गिरी, नवलपुर, पुस २७ गते । पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।
पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिए। उनका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।
राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाउन सुरु भएको बनजराले जानकारी दिए । यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ ।
शुक्रबार …
दुम्कीबासमा पुल भाँचिएपछि तीनवटा वैकल्पिक रुटबाट आवागमन संचालन
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि तत्कालका लागि तीनवटा वैकल्पिक बाटोको प्रयोग गरेर आवागमन सुचारु बनाइएको छ ।
पूर्वपश्चिम राजमार्गको तीनवटा वैकल्पिक बाटो प्रयोग गरि सवारी आवागमन संचालन गराईएको नवलपरासी दाउन्ने पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
उनका अनुसार पहिलो बैकल्पिक रुटमा विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जाने प्रजिअ पोखरेलले बताए ।
त्यस्तै, ठूला सवारी साधनलाई भने …
