युट्युब च्यानल चलाउनुहुन्छ ? च्यानल हिट गराउन यी ८ टिप्सहरू प्रभावकारी हुन सक्छन हेर्नुहाेस ।

आपसमा सञ्चार गर्नमात्र नभई सबै खालका सूचना तथा समाचार प्रवाह र मनोरञ्जनका लागि समेत सोसल मिडिया प्लाटफर्म अहिलेको सर्बाधिक लोकप्रिय माध्यम बनेको छ ।
भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युब मनोरञ्जक, सूचनामूलक तथा सबै खालका भिडियो सामाग्रीका लागि आम इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो गन्तव्य हो ।
धेरै मानिसहरुले आफ्नै युट्युब च्यानल खोलेर त्यसमा आफैले तयार पारेका विभिन्न भिडियो सामाग्रीहरु अपलोड गरेर ठूलै चर्चा कमाउनुका साथै मनग्गे आम्दानी समेत गरिरहेका हुन्छन् ।
युट्युब मार्फत् आम्दानी गर्नका लागि युट्युब च्यानल तथा त्यसमा अपलोड गरिने सामाग्रीहरु धेरै भन्दा धेरै दर्शकले हेर्नुपर्छ र मन पराउनु पर्दछ । कहिलेकाहीँ अब्बल भिडियो …

चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

एउटा प्रचलित कथा यस्तो छ ।
एक व्यक्तिलाई चोरीको आरोपमा कठोर सजाय दिइने भयो । यो खबर सुनेर उनकी आमा रुँदै छोरो भेट्न आइन् । छोरोले गम्भीर हुँदै भने, ‘आमा म तपाईंसँग केही भन्न चाहन्छु ।’
जसै आमा नजिक पुगिन्, छोरोले उनको कान टोकिदिए ।
आमा स्तब्ध भइन् । छोराले किन यस्तो गरे ? उनले भेउ पाइनन् । तब छोरोले बिलौना गर्दै भने, ‘हिजो मैले सियो चोरेर ल्याउँदा तपाईंले खुसीसाथ लुकाउनुभयो । मलाई यो खराब काम होइन भन्ने लाग्यो र मैले अरु पनि चोरी गर्न थालें । त्यसबेला तपाईंले यो गलत हो भनिदिएको …

वर्षामा हुनसक्छ यस्तो संक्रमण, के छ घरेलु उपचार विधी

अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये पनि खुट्टाको औंलाको कापमा संक्रमण हुन्छ । यसलाई चलनचल्तीको भाषामा, हिलोले खाएको पनि भनिन्छ ।
फोहोर पानी, हिलोको कारण मात्र नभई, खुट्टा पानीमा भिजेर ओसिलो हुँदा पनि यस्तो समस्या देखिन सक्छ । खुट्टाको औंलाको कापमा हुने संक्रमणले चिलाउने, सुन्निने हुन्छ । यसलाई वेवास्ता गर्दा हिँड्नै गाह्रो हुने वा जुत्ता लगाउनै नसकिने गरी समस्या ल्याउँछ । त्यसले यस्तो संक्रमणबाट बच्न सावधानी अपनाउनु पर्छ ।
खुट्टाको औंलाको कापमा हुने फंगल इन्फेक्सनबाट बच्न अस्पताल धाइरहनु पर्दैन, घरेलु विधीबाट पनि उपचार गर्न सकिन्छ ।
– यसबाट बच्नका लागि खुट्टालाई …

घटस्थापना विशेषः कसरी गर्ने घटस्थापना ? कस्तो हुन्छ पूजा विधि ?

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
घटस्थापना दशैँको पहिलो दिन हो, जसलाई नवरात्रको सुरुवातको रूपमा चिनिन्छ। यसै दिनबाट श्रीदुर्गा भवानीको पूजा आरम्भ हुन्छ, जुन विजया दशमीसम्म गरिन्छ। नेपाली संस्कृतिमा घटस्थापना धार्मिक र सामाजिक महत्त्व राख्दछ। यस दिन विशेष रूपमा नवदुर्गा भवानीको पूजा आरम्भ र घटस्थापना गरिन्छ । यो पर्वले आसुरी शक्तिको दमनलाई सत्य शक्तिले विजय हुन्छ भन्ने सन्देश दिन्छ।
घटस्थापना कसरी गर्ने ?
नवरात्रिको पहिलो दिन घटस्थापना विशेष पूजासँग जोडिएको महत्वपूर्ण दिन हो ।
यो दिनमा घटस्थापना गरेर नवदुर्गाको पूजा आरम्भ गरिन्छ ।  बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन …

१ किलोकै ४० हजार देखि ६४ हजार मूल्य पर्ने भेनिलाको खेती (Vanilla Farming) बारे बुझौ।

तपाई हामीलाई थाहा छ केही फहरुको मूल्य सुन चाँदीको भन्दापनि महंगो हुन्छ । यति महंगो फलको खेती किन नगर्ने ?

गर्मीको मौसम सुरु हुने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आइसक्रिमको नाम आउँछ। हामी विभिन्न किसिमका आइसक्रिम खाने बारे सोच्ने गर्छौं तर के तपाईलाई थाहा छ आइसक्रिममा प्रयोग हुने भेनिलाको पनि खेती गरिन्छ ।
यो चीजले आइसक्रिमलाई अझ राम्रो बनाउँछ। यो विश्वको उत्कृष्ट स्वाद हो । यो एक फल हो । यदि तपाई पनि कृषक हुनुहुन्छ भनेभेनिला खेती गर्नुहोस्, यसले तपाईलाई धेरै फाइदा पुर्‍याउँछ।
यसको सबैभन्दा ठूलो कारण यो हो कि यो भेनिला आइसक्रिम …

बिहिबारकालागि विदेशी मुद्राको विनिमय दर

भदौ ७, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आज (७ भदौ २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ छ भने बिक्री दर १३२ रुपैयाँ ६० पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ २९ …

सुदूरपश्चिम र मध्यपश्चिममा गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

भदौ ७, काठमाण्डौ : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।
चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो …

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

साउन २४, नवलपुर : मदन पुरस्कार(२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् । यिनै पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ ।
 

यस्तो छ बुधवारकालागि विदेशी मुद्राको विनिमय दर

साउन २४, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हिजो डलरको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा …

साउन २८ गतेदेखि देशैभर अनिश्चित कालीन विद्यालय बन्दको घोषणा

साउन २३, काठमाण्डौ : प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाउनुपर्ने बताए।
मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।

बाढी पहिरोले देशैभरको जनजिवन प्रभावित, २ को मृत्यु, मुख्य राजमार्गका दर्जनौ स्थानमा पहिरो (सम्पूर्ण विवरणसहित)

वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको निर्देशन
एनसञ्चार संवाददाता, साउन २३, नवलपुर : अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभरको जनजिवन प्रभावित बनेको छ । लगातारको वर्षाले देशका मुख्य राजमार्गहरुका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरुलाई समस्या भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार देशभर दर्जन भन्दा धेरै ठाउँमा राजमार्ग अवरुद्ध बनेका छन् ।
काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड …

मौसमको न्यून चापीय रेखा नेपाल नजिक धेरै स्थानमा भारी वर्षाको सम्भावना

साउन २३, काठमाण्डौ : नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू भाग तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले देशका धेरै स्थानहरुमा गएरातिदेखि नै लगातार जसो वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको उसले जानकारी दिएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने छ। …

वर्षा र पहिरोले देशका चार सडक अरुद्ध, २५ सडकमा एकतर्फी अवरोध

साउन २१, काठमाण्डौ : वर्षा र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् । सडक विभाग कार्यालयका अनुसार हाल देशभर चारवटा सडक अवरुद्ध भएका छन् ।
चतरा–मुलघाट माझीटार–अमरापुरडाँडा–गणेशचोक ९तमोर करिडोर० सडक अवरुद्ध भएको छ । यो सडकखण्डको पाँचथरमा सडक अवरुद्ध भएको विभागले जनाएको छ ।
भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट सडकखण्ड पनि अवरुद्ध भएको छ । विभागका अनुसार यो सडकखण्ड प्यूठानको गर्जेनीमा अवरुद्ध भएको छ ।
दिक्तेल–सोलु–जुनवेसीं–खहरे–जिरी बजार–तामाकोसी–चरीकोट–खाडीचौर सडकखण्ड अवरुद्ध भएको छ । यसको खावा दोलखा क्षेत्रको सडकमा अवरोध भएको विभागको भनाइ छ ।
तानसेन–रिडी–कोरला सडक खण्डको म्याग्दीमा पनि सडक अवरुद्ध भएको छ ।
२५ वटा सडक …

गण्डकी प्रदेशका केहि स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

साउन १६, कावासोति : नेपालमा रहेको मनसुनी वायुको प्रभावले आज गण्डकी प्रदेशका केहि स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहने छ। गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति भने देशभर सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र …

डेङ्गीको सङ्क्रमण फैलिँदै/४ हजार बढि संक्रमित

साउन १०, काठमाण्डौ  : लामखुट्टे नियन्त्रणमा ध्यान नदिए डेङ्गीको सङ्क्रमण थप फैलिने विज्ञले चेतावनी दिएका छन् । गर्मीसँगै पानी परिरहेकाले लामखुट्टेको वृद्धि विकास भइरहेको अवस्थामा लामखुट्टेको बासस्थान नष्ट गर्न नसके सङ्क्रमण थप फैलिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताएका छन् । उनका अनुसार यसपालि अहिलेसम्म चार हजार जना भन्दा धेरैलाई डेङ्गीको सङ्क्रमण भइसकेको छ।
यसमध्ये ८० प्रतिशत संक्रमित सुनसरीका रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए।
उनका अनुसार सबैभन्दा धेरै सुनसरीको …

नेपाली नर्सलाई बेलायतमा रोजगारी

साउन ५, काठमाण्डौ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ।
पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।
बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। सरकार सरकार ९जिटुजी० संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।
बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ। आवेदन आज ९शुक्रबार० देखि खुला भएको छ। कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ।
आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ …

मुडुल्ला बाँस र बुडा सुब्बाको रहस्य

काठमाडौँ– बुढा सुब्बा मन्दिर वा बुढा सुब्बा नेपालको पूर्वमा अवस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ।
 दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता  रहि आएको यहाँका स्थानियले बताँउछन् । धरान बिजयपुरको बूढासुब्बा स्थान किराती तथा गैरकिरातीहरूका लागि महत्त्वपूर्ण मन्दिर मानिन्छ। 

यहाँ किराती तथा गैरकिरातीहरू मात्र नभई देशका विभिन्न कुनामा बसोबास गर्ने मानिसहरु आउने गरेका छन् । बाह्रै महिना भक्तजनहरुको घुईचो लाग्ने यस बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन …

गाैडेल थरकाे उत्पती, वसाेवास र पुर्वजहरू

गौडेल थर र वसोवासः
 परिचयः गौडेल “गढवाल” बाट बसाईसरी आइ पर्वत जिल्लाको मुडिकुवा भन्ने स्थानमा वसोवास गरेका पुर्खा बाजे बिष्णुदत्त गौडेल लाइ गौडेल भन्ने गरिएको र सोही आधारमा उनका सन्तान दर सन्तानहरुले आफ्नो थर गौडेल भनी लेख्ने गरेको बुढापाकाहरुको भनाइ रहेको छ ।
पर्वत मुडिकुवा का स्व. चुडामणी रेग्मी गौडेलले वि.स. २००६ साल पौष ३ गते रोज ७ मा तयार गरेको गौडेलको पुस्तावरी फारम र यादव शर्मा गौडेलले संकलन गरी तयार गरेको २०५२ सालको गौडेल वशांवली पुस्तकको आधारमा पर्वत मुडिकुवा हुँदै स्याङ्गजा जिल्लाको रापाकोट गाविस वडा नं ५ परिवर्तित अर्जुनचौपारी …

भर्खरै जन्मिएको शिशुलाई हवाईयात्रा गराउँदा के हुन्छ ?

काठमाडौं । नवजात शिशुलाई हवाईयात्रा गराउन सकिन्छ ? यदि हवाईयात्रा गराउनु परेमा के कस्तो सावधानी अपनाउनुपर्ने हुन्छ ?
धेरैको मनमा उठ्ने जिज्ञासा हो यो । त्यसो त कतिपयले हवाईयात्राकै क्रममा बच्चा जन्माएको पनि खबर सुन्न पाइन्छ । छिटोछरितोका लागि मात्र होइन, कतिपय बाध्यात्मक अवस्थामा पनि हवाईयात्रा गर्नुपर्ने हुन्छ ।

नवजात शिशु आफैंमा संवेदनशील हुन्छन् । उनीहरुको स्वास्थ्य स्थिति पूर्णरुपमा बलियो भइसकेको हुँदैन । त्यसैले केही असहज हुन सक्छ । यद्यपि यात्रा गराउनै हुन्न भन्ने चाहिं छैन । विशेष हेरचाह गर्न सकेमा शिशुलाई हवाईयात्रा गराउन सकिन्छ ।

शिशुसँगै आमाको स्वास्थ्य पनि पूर्णरुपले ठीक भइसकेको …

कुन उमेरसम्म बढ्छ उचाइ ?

काठमाडौं । व्यक्तिको समग्र व्यक्तित्वमा उसको उचाइले पनि महत्वपूर्ण भूमिका हुन्छ । अग्लो कद र त्यसअनुसारको तौलले व्यक्तित्व नै आकर्षक देखिने मान्यता छ ।
तर उचाइ वा तौल व्यक्तिले आफूले इच्छाएअनुसार बनाउन सकिने कुरा होइन । शरीरको वजन केही हदसम्म आफूले चाहेअनुसार बनाउन सकिएला तर उचाइको हकमा त्यो हुँदैन । उचाइ निश्चित उमेरसम्म मात्रै बढ्छ ।

हामी कति अग्लो हुन्छौं भन्ने कुरा जिनमा निर्भर हुने हार्मोन विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् । साथै ह्युमन ग्रोथ हर्मोनका कारण मांसपेशी र हड्डीको वृद्धि हुने गर्छ ।

‘बाबुआमाको उचाइ (मिड प्यारेन्टियल हाइट) नापेर आमाबाबुको उचाइमा आधारित …

You Missed

अध्यात्मः सुख शान्ति र आनन्दको पुर्ण रुप ।
याद गर्नुस १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यि १२ कुरा अनिवार्य सिकाउनैपर्छ ।
युवतीहरूमा बढ्दो ‘नो म्यारिज ट्रेन्ड’ यि र यस्ता कारण हुन सक्छन ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ मा विविध कार्यक्रमहरू गरिने ।
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक

Primary Color

Secondary Color

Layout Mode