पायल्स,फिसर,फिस्टुलाको अत्याधुनिक लेजर प्रबिधी मार्फत उपचार गर्दै चितवनको सेन्ट्रल अस्पताल

कावासोती : पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्स,फिसर,फिस्टुलाको समस्या बढ्दो रुपमा देखिन थालेको छ । पहिले आयुर्वेदिक र प्राकृतिक लगायत विभिन्न विधिबाट यी रोगहरुको उपचार गरिन्थ्यो तर अचेल आधुनिक लेजर प्रबिधिबाट समेत यसको सफल उपचार र शल्यक्रीया हुन थालेको छ । लेजर प्रबिधी मार्फत गरिने उपचार प्रभाबकारी हुने चिकित्सक बताउँछन ।
चितवन जिल्लामै पहिलो पटक पायल्स,फिसर,फिस्टुलाको उपचारका लागि अत्याधुनिक लेजर प्रबिधी भित्र्याएको सेन्ट्रल हस्पिटल चितवनमा पायल्स,फिसर, फिस्टुलाका बिरामिहरुको संख्या बढ्दै गएको अस्पताल प्रशाशनले बताएको छ ।
“चिरफार गरेर उपचार गर्न डराउने बिरामीहरु लेजर प्रबिधिको जानकारी पछि निर्धक्कले उपचार …

दम्पतीबीचको झगडा कसरी सुल्झाउने ?

संसारमा कुनै जोडी छैन होला, जसले एकापसमा झगडा चाहन्छन् । तर  भनिन्छ नि, सबै कुरा हाम्रो हातमा हुँदैन । श्रीमान-श्रीमतीको सम्बन्धमा पनि ठ्याक्कै यस्तै हो । कहिलेकाहीं नचाहेर पनि परिस्थिति यस्तो हुन्छ कि झगडा भई नै हाल्छ ।
यद्यपि, हरेक विवाहित सम्बन्धमा सानातिना झगडा हुन्छन् र दम्पतीले समाधान गरेर अगाडि बढ्छन् । तर कहिलेकाहीं सानातिना झगडाले पनि ठूलो रुप लिन्छ र कुरा सम्बन्ध विच्छेदसम्म पुग्छ । त्यसो भए झगडालाई ठूलो रुप लिन नदिन के गर्ने त ? जीवनसाथीसँगको विवादलाई के कस्ता बानीले चर्काउन सक्ला ?

बोल्दाबोल्दै ठूलो स्वर गर्ने

झगडा दुवैबाट यस्ता कुरा …

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

काठमाडौं । हिजोआज मोटोपनबाट धेरै जना हैरान छन् । मोटो शरीरलाई कसरी घटाउने भन्ने चिन्ता पनि त्यत्तिकै छ । सबै जना आफ्नो फिटनेस र लुक्सको बारेमा चिन्तित देखिन्छन् ।
फिट र स्वस्थ रहन मानिसहरू डाइटिङ गर्छन् र जिममा गएर पसिना पनि बगाउँछन् । तौल घटाउने टिप्सलाई लिएर सामाजिक सञ्जालमा धेरै भिडियो देखिन्छन् । त्यससलाई हेरेर पनि मानिसहरू प्रेरित भइरहेका छन् ।
तर सबैभन्दा ठूलो प्रश्न यो हो कि यदि तपाईं फिट रहन चाहनुहुन्छ भने जिम वा डाइट केमा बढी ध्यान दिनु राम्रो हुन्छ ?  यस्तोमा खानपानमा ध्यान दिएर व्यायाम नगरे पनि तौल …

रवि लामिछानेका सिईओ भन्छन् कुनैपनि जागिर हामिले दिने होईन

साउन २०, चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा आफूलाई सहयोग गर्न सीईओ नियुक्त गरेका छन् । रविको प्रतिनिधिका रुपमा चितवन २ मा काम गर्ने अभिभारासहित नियुक्त सीईओ हुन् भक्तपुर गठ्ठाघर निवासी हेमन्त बराल ।
हेमन्त आईटीका विद्यार्थी हुन् । उनले कम्प्युटर नेटवर्क सेक्युरिटीमा बेलायतको युनिभर्सिटीबाट मास्टर्स गरेका छन् । नेपालमा उनले सुविसु केवल नेटको प्रोजेक्ट म्यानेजर, ओम्नी ग्रुपमा सहायक महाप्रवन्धक, निस्ट कलेजको निर्देशकलगायतका जिम्मेवारीहरु सम्हालेका थिए । अध्ययन तथा रोजगारीका सिलसिलामा उनी बेलायत, चीन, सिंगापुर, फिलिपिन्स, मलेसियालगायतका देशहरु पुगेका छन् ।
सीटीईभीटीको कामका लागि …

मलाई टिकट नदिनु अन्याय हो, तर दुःखी भएर बसेर मात्रै पनि त भएन : डा मिनेन्द्र रिजाल

साउन १९, काठमाण्डौ : १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि कांग्रेस नेता डा. मिनेन्द्र रिजाल गुमनाम जस्तै थिए । पदाधिकारीमा पराजित सबै केन्द्रीय सदस्यमा मनोनीत हुँदा रिजाल परेनन् अनि चुनावको टिकट समेत पाएनन् । तर रिजालले लाइन मिलाएपछि केन्द्रीय सदस्य मनोनीत भए अनि साउन २ देखि १० गतेसम्म भएको केन्द्रीय समिति बैठकमा सहभागी भए । ढिलागरी केन्द्रीय सदस्यमा मनोनीत भएका रिजालले केन्द्रीय समिति बैठकमा कांग्रेस विग्रहको बाटोमा नभई जनअपेक्षा सम्बोधन गर्न लाग्नुपर्ने बताएका थिए । उनै रिजालसँग पछिल्लो राजनीतिक घटनाक्रम र उनका योजनाबारे गरेको कुराकानीको सम्पादित अंश…
१४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि तपाईंंको …

स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट हुँदैन : स्वर्णिम वाग्ले

११ वैशाख, काठमाडौं । कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उपचुनाव लडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले मतगणनाका क्रममा प्रतिस्पर्धी ठूला पार्टी कांग्रेस र एमालेभन्दा फराकिलो अन्तरसहित अगाडि छन् । उनीसँग गरेको अन्तर्वार्ता :
उपचुनावमा मतदाताको प्रारम्भिक रुझानलाई कसरी लिनुभएको छ ?

एकदमै सकारात्मक छ । अहिलेसम्म गनिएका वडाहरुमा हामीले सोचेभन्दा धेरै राम्रो नतिजा आयो । अब गनिने वडामा त झनै राम्रो हुन्छ । यो ट्रेन्डले निरन्तरता पाउँछ । हामी राम्रो अन्तरले जित्छौं ।

सत्ता गठबन्धनले बढ्ता भोट आउला भनेर अपेक्षा गरेको वडामा पनि तपाईंको अग्रता देखियो नि ?

यो उपचुनावमा खसेको भोटले के …

‘अहिले स्तन नकाटी शल्यक्रिया गरेर क्यान्सर निको पार्न सकिन्छ’

काठमाडौं । महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक हो । यद्यपि यो पुरुष र महिला दुवैलाई हुन्छ । यो एकदमै गम्भीर प्रकारको क्यान्सर हो । स्तन क्यान्सर स्तनको जुनसुकै भागबाट सुरु हुन सक्छ ।
स्तन क्यान्सर कुनै उमेर समूहलाई मात्र हुन्छ कि जुनसुकै उमेरकालाई ? स्तन क्यान्सर भएमा यसको पहिचान र उपचार कसरी हुन्छ ? लगायत विषयमा त्रिवि शिक्षण अस्पतालको रेडियोलोजी विभागमा सहायक प्राध्यापक डा. अनामिका झासँग गरिएको कुराकानी :

सुत्केरी छँदा स्तनपान नगराउने महिलामा स्तन क्यान्सरको जोखिम हुन्छ भनिन्छ । यो सत्य हो ?

यो एकदमै सत्य हो । सुत्केरी छँदा स्तनपान …

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन् : नेता पौडेल

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् ।
यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे ।

पूर्वसभामुख पौडेलले भने, ‘संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, …

कस्तो हुन्छ हाम्रो पेट ?

पेट राम्रो हुनु र नहुनुले सम्पूर्ण शरीरको अवस्था निर्धारण गर्छ । पेट सफा भएमा पाचन प्रक्रिया सहज हुन्छ । शरीरमा पोषक तत्व भरिपूर्ण हुन्छ । शारीरिक मानसिक रुपमा मान्छे तन्दुरुस्त हुन्छ । तर पेट खराब भएमा ?
मान्छे रोगी हुन्छन्, कुपोषित हुन्छन् । यसले मान्छेलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउँछ ।

पेटको संरचना र यसको कार्य:

पेट समग्र अंग्रेजी वर्णमालाको ‘जे’ आकारको अंग हो, जसलाई आमाशय भनेर बुझ्ने गर्छौं । पेट शब्द चलनचल्तीमा आएको शब्द हो । यसको बनावट तरकारी खाने बोडी जस्तै हुन्छ, जुन खानानली पछाडि रहेको हुन्छ । आमाशयपछि सानो …

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा. रुइत

काठमाडौं : नेपालले गर्व गर्ने व्यक्तित्व हुन् डा. सन्दुक रुइत। ​मोतिबिन्दुका कारण आँखाको ज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखाको ज्योति फर्काइरहेका उनले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गरेका छन्। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले गरेको योगदानको मुक्त कण्ठले जति प्रशंसा गरे पनि थोरै हुन्छ।
मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) को विकास गरेर अन्धोपन हटाउन उनले गरेको योगदानको कदर गर्दै हालै उनलाई अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।
बहराइनका शेख हमद बिन इसा अल-खलिफाले सन् २००९ मा पूर्व सेख इसा बिन सलमान अल-खलिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस …

बुढेसकालमा हड्डी भाँचिए जोडिन गाह्रो हुन्छ : डा. दीपेन्द्र पाण्डे

काठमाडौं । बालबच्चाको हातखुट्टा वा हड्डी भाँचिएको छ भने सामान्यतः त्यो चाँडै जोडिन्छ । तर बुढ्यौली उमेरमा हातखुट्टा वा हड्डी भाँचिएमा त्यस्तो अवस्था हुँदैन । चिकित्सकका अनुसार उमेर ढल्किंदै गएपछि हड्डी कमजोर हुँदै जान्छ ।
यस्तो अवस्थामा हातखुट्टा भाँचिए उनीहरुको उपचार कति छिटो गर्नुपर्ने हुन्छ ? हड्डी जोडिन कति समय लाग्छ ? यसै विषयमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. दीपेन्द्र पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :

बालबालिकाको हातखुट्टा भाँचिए त्यति धेरै समस्या हुँदैन, चाँडै जोडिन्छ पनि । तर बुढाबुढीको हातखुट्टा भाँचिए जोडिन समय लाग्ने हो ?

बुढाबुढी भइसकेपछि बुढ्यौलीपनको परिवर्तन आएजस्तै हड्डीमा पनि परिवर्तन …

नेपालमा पब्जी, फ्रिफायर जस्ता ई-स्पोर्ट्स बन्द होइन, बरु प्रवर्द्धन गरेर आर्थिक लाभ लिन सक्नुपर्छ

विश्वमा भर्चुअल गेमको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा नेपालमा पनि त्यसप्रतिको आकर्षण उर्लिँदो छ । मनोरञ्जन र समय व्यतीत गर्ने माध्यम मात्र नभएर यसले आजको दिनमा ई-स्पोर्टसको रूपमा व्यवसायिक रूप समेत लिएको छ । नेपालमा पनि व्यवसायिक रूपमा ई-स्पोर्टस अगाडि बढ्न खोजिरहेको छ । त्यस्ता विभिन्न सङ्घ संस्थाहरू छन्, जसले ई-स्पोर्टसको क्षेत्रमा काम गरिरहेका छन् । जसमध्ये एक हो, नेपाल ई‍-स्पोर्टस एसोसियसन (नेसा) । नेसाले नेपालमा मोबाइल तथा कम्प्युटरमा खेलिने गेमहरूको प्रवर्द्धन तथा विकासका लागि विभिन्न प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्दै आएको छ । नेसा अहिले के गर्दै छ , भविष्यका …

‘मधेशमा हारको मुख्य जिम्मेवारी प्रचण्डले लिनुपर्छ’

३१ जेठ, काठमाडौं । मधेश प्रदेशलाई नेकपा माओवादी केन्द्रले आफ्नो पकड क्षेत्रमध्येको एक मान्थ्यो । २०७४ सालको स्थानीय तह निर्वाचनमा एक्लै २१ पालिका प्रमुख जितेको माओवादीले संघीय चुनावमा पनि एमालेभन्दा बढी क्षेत्र जितेको थियो । दोस्रो स्थानीय चुनावमा भने मधेशमा माओवादी खस्किएको छ ।
यसपटक भएको लज्जास्पद हारको पछाडि पार्टीको आन्तरिक समस्या र अन्तर्घात प्रमुख कारक रहेको मधेश प्रदेशका माओवादी नेताहरू बताउँछन् । नेता मातृकाप्रसाद यादव अन्तर्घातबारे छानबिन र कारबाही हुनुपर्ने ठान्छन् । नेतृत्वले छुट दिंदा यसपटक अन्तर्घात मौलाएको उनको भनाइ छ ।

प्रस्तुत छ, माओवादी केन्द्रका यादवसँग  रामकुमार डिसी ले गरेको कुराकानी …

‘काठमाडौंले व्यवस्थाको परिवर्तन खोजेको होइन, असन्तुष्टि पोखेको हो’

राना परम्परा तोड्दै यसपालि काठमाडौं महानगरपालिकाले स्वतन्त्र उम्मेदवार बालेन्द्र  साह (बालेन)लाई विजयी गरायो । बालेन साहले जित्नुको कारण उनकै पुरानो तयारी र योजना त थियो नै साथमा काठमाडौंका नागरिकले पुराना दलहरुप्रति गरेको अविश्वास टुट्नु पनि हो ।
दलहरुबाट उम्मेदवार भएकाहरुको ‘कोर एरिया’ भनेर चिनिएका क्षेत्रमा समेत दलका प्रतिनिधिको मत अपेक्षाकृत बढेन । काठमाडौंको मनोविज्ञानबारे जानकारी राख्ने लेखक तथा विश्लेषक सुरेश किरणसँग काठमाडौंको फेरिएको जनमतबारेको कुराकानीको सम्पादित अंश :

काठमाडौंको मत परिणाम परम्पराभन्दा फरक आउनुको खास कारण के हुन सक्छ ?

काठमाडौं चाहिँ अब हामीले महानगर भन्छौं । महानगरको एउटा आफ्नै खालको चरित्र हुँदो रहेछ …

भरतपुरमा झन् कमजोर देखियो एमाले

१० जेठ, चितवन । भरतरपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल पुनः निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धनको साथ पाएकी दाहाल ५२ हजार २८ मतका साथ निर्वाचित हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत मात्र पाए । चुनावका क्रममा एमाले नेताहरुले जति मतअन्तरले जित्छौं भनेका थिए, त्यति नै मत अन्तरले पराजित भए ।

जबकी २०७४ को चुनावमा रेनुले निकै मुश्किलले मेयरको चुनाव जितेकी थिइन् । मत गणनाका क्रममा माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेर पुनः मतदान गर्ने अवस्था आएकाले एमाले नेताहरु हारेको होइन, हराइएको हो भन्ने गरेका थिए ।

तर यो पटक मतगणनाका …

‘सरकारले बीआरआई अगाडि बढाउन चाहेन, यो ब्लण्डर हो’

स्थानीय चुनावबारे छलफल गर्न बसेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा वाम तालमेल र एकताको विषयले पनि प्रवेश पायो । घनश्याम भुसालले तालमेल र एकताकै प्रस्ताव राखे भने रघुजी पन्तको प्रस्ताव थियो- वाम एकता र तालमेलको विरोधी देखिनुभएन ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)सँग भने तत्काल एमालेको तालमेल नहुने पन्त बताउँछन् । स्थानीय चुनावको नतिजाले संसदीय निर्वाचनमा भने तालमेलको ढोका खोल्न सक्ने उनले बताए ।
स्थानीय चुनावमै नेपालका वामबीच तालमेल गराउन चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) लागेको आशंकालाई खण्डन गर्ने पन्त चिनियाँ विदेशमन्त्रीको भ्रमणमा बीआरआईबारे सरकारले देखाएको बेवास्ताप्रति …

‘अभिव्यक्ति स्वतन्त्रता नै लोकतान्त्रिक समाजको मुख्य सूचक हो’ महानायक

३४ वर्षअघि रिलिज भएको फिल्म ‘युगदेखि युगसम्म’पछि राजेश हमालले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । करिअरको यो विन्दुसम्म आइपुग्दा पनि हमाल नेपाली फिल्मको ट्रयाकमा बुर्कुसी मार्दैछन् ।
मोडल बन्न कुनै बेला मुम्बई हानिएको राजु नामक ठिटोले कसरी देश फर्किएर राजेश हमालमा आफूलाई बदल्यो ? कसरी ऊ ‘महानायक’ कहलियो ? कसरी उसले ‘स्टारडम’ को मानक खडा गर्‍यो ? यी प्रश्नको जवाफ निकै रोचक लाग्छन् ।

हालैको एक साँझ राजेश आफ्नो चर्चित अखडा ‘लन्डन क्याफे’ मा गफिए— युट्यूब, प्रकाश सपुतको नयाँ गीत, काठमाडौंको मेयर, गायन, कोभिड महामारी, स्टारडम, फिल्म निर्देशन, रूस–युक्रेन युद्ध र आउने समयको …

एमसीसीबारे जनतामा रहेको भ्रम चिर्छौं : महामन्त्री शर्मा

२९ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियानमा होमिएको छ । ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आइतबारदेखि एक महिनासम्म अभियान चलाउनेछ ।
देशभरका वडा तहसम्म हुने अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्ला-जिल्ला पुगिसकेका छन् । अभियानका क्रममा चुनावी माहोल बनाउनुका साथै जनताका कुरा पनि सुन्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् ।

प्रस्तुत छ, महामन्त्री शर्मासँग सञ्चारकर्मी लिलु डुम्रेले गरेको कुराकानीको सम्पादित अंश :

‘चुनाव आयो, कांग्रेसले बल्ल जनता सम्झ्यो’ भन्ने टिप्पणी हुन थालेको छ नि ?

कांग्रेस जनताकै बीचमा थियो । कोरोना कालमा सरकारलाई आर्थिक सहयोग बुझाउन …

न्यूज ब्रिफिङ्ः दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय ,स्थानीय निर्वाचनसम्बन्धी आयोगले गर्‍यो यी १० निर्णय, चितवनमा हाडजोर्नी विशेषज्ञहरुको दुई दिने राष्ट्रिय सम्मेलन सुरु, कस्तो छ नेपालमै उत्पादित क्यान्सरको औषधि ?

एन सञ्चार, फागुन ५ ।।

१. दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
 
काठमाडौं । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एकमन्त्रीले सञ्चारकर्मीलाई जानकारी दिए ।
ती मन्त्रीकाअनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध गराउन लागेको हो ।
“आजको बैठकले अमेरिकाले उपलब्ध गराउने भनेको २ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय भयो,” ती मन्त्रीले भने,“यो रकम अमेरिकाले कोभिड नियन्त्रण सहायता ऋणको रूपमा उपलब्ध गराएको हो।”
२. कस्तो छ नेपालमै उत्पादित क्यान्सरको …

कोरोनाको नयाँ भेरियन्ट भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक

एजेन्सी,पुस २०-
फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको बढी संक्रामक नयाँ स्वरूप फेला पारेका छन्। यो स्वरूप (भेरियन्ट) धेरै उत्परिवर्तित (म्यूटेड) छ र यसको नाम आइएचयू हो।

यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्। वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन्। वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन्।
यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका छन्। फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए। संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका वेला आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ।

 

 

You Missed

  • By
  • २०८२ बैशाख १२, शुक्रबार ११:२९
  • 0 views
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक
समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः
दलदले दुर्घटना : बस, ट्रक र मोटरसाइकल ठोक्किदा ३ घाइते ।।
नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः

Primary Color

Secondary Color

Layout Mode