दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

१५ चैत, काठमाडौं । प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको पुष्टि गरेका छन् ।
गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
शुक्रबार दिउँसो उनी आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ-आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ ।
केही पर भने …

यातायात ब्यवस्था कार्यालय नवलपुरद्वारा कर संकलन अभियान संचालन

दीपक भट्टराइ,कावासोती, १३ फागुन : यातायात व्यवस्था कार्यालय नवलपुरले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन १५ दिने विशेष अभियान सञ्चालन गरेको छ। यो अभियान अन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रूट परमिट तथा सवारीचालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको छ।
कार्यालय प्रमुख सुरेश जैसवालका अनुसार प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर संकलन प्रक्रियालाई चुस्त-दुरुस्त बनाउन विशेष योजना अघि बढाएको हो। उनले भने, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर संकलनकाे लागि अभियान सञ्चालन गरिएको छ।” उनका अनुसार नवलपुरमा धेरै सवारीसाधनले लामो समयसम्म कर तिरेका छैनन्। त्यसलाई मध्यनजर गर्दै बिलबुक नवीकरण नगर्ने सवारीसाधनलाई …

सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

१३ चैत, काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनले भने, ‘ साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो। चार जनाको उपचारको क्रममा मृत्यु भयो।  ‘
उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै  दुर्घटनामा परी २७ जना घाइते  भएका …

त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु

मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो ।
 
दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो ।
टोलीले चालक र सहचालकलाई उद्धार …

खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन ।
आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन ।
आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित …

कावासोती खानेपानीका अध्यक्षको मेयरलाई सुझावः व्यवहार र स्वभाव बदल्नुस्

रमेश बस्ताकोटी, नवलपुर:  कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले कावासोती नगरपालिका का मेयर बिष्णु प्रसाद भुषाललाई आफ्नो व्यवहार र स्वभाव परिवर्तन गर्न सुझाव दिएका छन् ।
मेयरको व्यवहारका कारण खानेपानी सस्थाले नगरपालिका बाट पाउनुपर्ने बिभिन्न सहयोग पाउन नसकेको उनको आरोप छ ।
बिहिबार दिउँसो पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले मेयरलाई प्रश्न गरे ,‘सरकारी सहयोग ल्याउन होस् या खानेपानीका बिभिन्न गतिविधि संचालन गर्न अभिभावक सस्थाको रुपमा रहेको मेयरको प्रमुख भुमिका हुन्छ , हामी किन त्यो सहयोग पाउन सकेनौं ।’ उनले नगरपालिकाले दिनुपर्ने सामान्य सिफारिसमा पनि मेयरले …

आत्मरक्षाका लागि सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु

सन्जय भट्टराई, कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
गत असोज देखि मकुना मानव बस्तीमा पसेर स्थानीयलाई आतंकित बनाउदै आएको थियो । पटक पटक मकुनालाई बस्तीमा पसेको बेला निकुञ्जका हात्तीको सहयोगमा लखेटेर जंगल पठाउदै आईएको थियो ।
बुधबार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सुचना पाए पछि लखेटेर कोर एरियामा पठाउनका गएको नयाँ …

अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १,३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन्।
ट्रम्पले शपथ ग्रहणसँगै अमेरिकामा अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूको सामूहिक निर्वासनको अभियान सुरु गरेका थिए। यस अभियानको एक हिस्सा रूपमा उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
अमेरिकाबाट फर्काउन लागेका आप्रवासीहरूको संख्या सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू छन्। होन्डुरसका २ लाख ६१ हजार …

शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित

१५ माघ। पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ।
पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।
चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी …

नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरसहित)

कावासाेती। नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ ।  भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रूपमा गरे । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा –याली आयोजना गरिएको थियो ।

 

 
 

दुर्लभ खगोलिय साइतमा अर्जुनचौपारीमा नवग्रह मन्दिर अनुष्ठान, अन्य समय भन्दा लाखौँ गुणा बढी प्रभावशाली हुने शास्त्रिय विश्वास

अर्जुनचाैपारी,स्याङ्गजा । २०२५ को जनवरीको मध्यमा अद्भुत खगोलीय घटना हुनेछ जसमा पृथ्वीका आकाशमा सात ग्रहहरू पङ्तिबद्ध हुनेछन् । यस समयमा सूर्य, चन्द्रमा, मङ्गल, बुध, वृहस्पति, शुक्र र शनि ग्रहहरू मिलेर एउटा अद्वितीय शक्ति समिश्रणको निर्माण गर्नेछन् जसको दृष्य पृथ्वीबाट नाङ्गो आँखाले समेत अवलोकन गर्न सकिनेछ ।
ज्योतिष शास्त्रअनुसार यसमा अझ विशिष्टता के छ भने यस्तो घटना ब्रहमाण्डमा आगामी १४४ वर्षपछि मात्र आउँछ । ग्रहका गुरु मानिने वृहस्पति हरेक राशिमा १२ वर्ष रहने हुँदा १४४ वर्ष अघिदेखि सुरु भएको एक चक्र यस अवधिमा पूरा गरी अर्को राशिमा प्रवेश गरेका छन् र वृहस्पतिको …

पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ ।
पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे एच ओ  २ यु ७०६० नंको भारतिय ट्रकलाई चेक जाँच गर्ने क्रममा ट्रकमा लुकाएर राखिएको अवस्थामामा २० वटा प्याकेटमा २ सय ५६ किलो ग्राम गाँजा फेला पारेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक विनोद कार्कीले जानकारी दिए ।

सशस्त्र प्रहरीले ट्रक चालक भारतिय नागरिक पुस्कल यादव सहित ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प निर्माण पाँच महिनामै ६० प्रतिशत सकिएको ठेकेदारले बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
यो पेट्रोल पम्प निर्माणको जिम्मा काभ्रे देउरालीको अल्फा हेक्सले लिएको छ । एक वर्ष भित्रमा सक्ने गरी गत भदौ २ गते निर्माणको काम सुरु भएको थियो । पम्पको भदौ २ गते प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले शिलान्यास गर्नुभएको थियो ।
महेन्द्र राजमार्ग क्षेत्रमा …

नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले नमूना जिल्ला सदरमुकामको गुरुयोजनामा केही परिमार्जन गरेर सरकारी कार्यालय भवन निर्माण गर्ने स्थान किटान गरेको हो ।

सोमबार सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनको अध्यक्षमा बसेको बैठकले बैठकले प्लट नं एफ १ मा जिल्ला प्रशासन कार्यालय, एफ १२ मा जिल्ला अदालत, एफ २,३,४ र ५ मा कोष तथा लेखा नियन्त्रकको कार्यालय र आन्तरिक राजस्व …

सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

कावासोती । बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग छिचोल्ने अन्तिम कार्य (ब्रेक थ्रु) प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुन लागेको हो । यसअघि माघ ८ गतेलाई तय भएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रम ११ गतेलाई सारिएको हो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले लामो प्रतीक्षापछि ‘ब्रेक थ्रु’ गर्न लागिएको बताए । “यसका लागि प्रधानमन्त्री सहभागी हुने निश्चित भएको छ,” उनले भने । आयोजना प्रमुख अधिकारीका अनुसार प्रधानमन्त्रीको समयलाई हेरेर माघ ११ गतेलाई तोकिएको हो । ‘ब्रेक थ्रु’ लाई विशेष …

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख …

अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान भएको थियो ।
तर आज थुनछेक बहस हुन नसक्दा न्यायाधीश अधिकारीले लामिछानेलाई पुनः हिरासतमा पठाउन आदेश दिएका हुन् । लामिछाने पुनः भोलि अदालतमा उपस्थित हुनेछन् । जिल्ला अदालतमा बयान चलिरहँदा बाहिर लामिछानेका सयौँ समर्थकहरु भेला भएका थिए । लामिछानेलाई कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा परेको थियो …

काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रवि रिहा

काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रिहा गरिएको छ । 
कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफैँ उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको  थियो । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस हुँदै आएको थियो । 
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा लामिछानेमाथि मुद्दा दायर भएको …

रविको मुद्दामा आज थुनछेक आदेश आउन सक्ने, अदालत आसपास सुरक्षा व्यवस्थामा कडाइ

कावासोती । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार)सम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो । सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको बताइन् ।
‘आज फर्स्ट आवरमा जवाफी बहस पनि सकिन्छ र साँझसम्म आदेश आउने अपेक्षा हामीले गरेका छौं,’ उनले भनिन्, । मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका …

सल्यानमा घरभित्रै मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा आमा पक्राउ

२४ पुस, काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेकी थिइन् ।
लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।
‘अहिले घटनास्थलमै छौं । दुईवटा नानीहरू मृत अवस्थामा छन् । हामीले आमालाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतले भने, ‘शंका आमालाई नै बढी गरेका छौं । आमा नै घरमा भएकाले अनुसन्धान आमाबाटै सुरु गर्दैछौं ।’
मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै …

You Missed

  • By
  • २०८२ बैशाख १२, शुक्रबार ११:२९
  • 0 views
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक
समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः
दलदले दुर्घटना : बस, ट्रक र मोटरसाइकल ठोक्किदा ३ घाइते ।।
नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः

Primary Color

Secondary Color

Layout Mode