टोकन प्रणालीको अन्त्य, अब आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणालीको अन्त्य गरेर आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने काम सुरु गरेको छ।
मन्त्रालयमा आज बसेको बैठकले आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान गर्ने काम सुरु गर्ने निर्णय गरेको हो। श्रममन्त्री दीपक कुमार साहको उपस्थितिमा बसेको बैठकमा शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमाथि छलफल गरेको थियो।
बैठकले थप ५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने, श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने, उत्पादन र उद्यमशीलता प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने लगायतका १० वटा निर्णय समेत गरेको छ।
अन्नपूर्ण पोस्टबाट…….
सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
माघ २८, कावासोती ।
सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा विविध कार्यक्रमहरु सहित दुर्घटना न्युनिकरण अभियान सञ्चालन गरिरहेका छन् । पूर्व पश्चिम राजमार्ग फराकिलो र सहज बन्दै जाँदा सवारी दुर्घटनामा पनि वृद्धि भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दुर्घटना न्युनिकरण अभियान अन्तर्गत आफ्नो सक्रियता बढाएका हुन् । अभियान अन्तर्गत “ट्राफिक नियम जानौँ पनि, मानौँ पनि” भन्ने नाराका साथ मंगलबार पूर्व पश्चिम राजमार्ग सडक खण्डमा संचालन हुने विभिन्न सवारी साधनहरुमा चालक प्रतिबद्धता स्टिकर टास तथा पर्चा पम्लेट वितरण कार्यक्रम गरिएको छ । …
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
माघ २७, कावासोती ।
“म सुकुम्बासि हुँ । संसदमै पुगेँ भनेँ पनि भूईँमै बस्छु ।” यो कसम थियो नवलपुर निर्वाचन क्षेत्र नं. १ मा श्रम सँस्कृति पार्टिबाट उम्मेद्वारी दिएका भिम चन्द्र गुरुङको। त्यस्तै सोहि पार्टिको नवलपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका अर्का युवा कमल चापागाईँले भन्दै थिए : “रास्वपालाई नयाँ पार्टि भन्न मिल्दैन, बरु साँच्चै नयाँ पार्टि हाम्रो हो । घण्टि त सेट्टेड हो ।” धरानका पूर्व मेयर हर्क साम्पाङ्ले खोलेको श्रम सँस्कृति पार्टिले मंगलबार नवलपुरको देवचुलि नगरपालिका वडा नं. २ , शाश्वतधाममा अवस्थित पार्टि सम्पर्क कार्यालयमा गरेको उम्मेद्वारसँग …
नमुना सदरमुकाम निर्माण स्थलको डिपिआर परिवर्तन गरिनुपर्ने आवाज बलियो बन्दै
माघ २६, कावासोती ।
नमुना सदरमुकाम निर्माण स्थलको आडमा रहेका धार्मिक संरचनाहरुलाई बाउण्ड्री वाल भित्रै राख्नेगरि तयार गरिएको डिपिआर कुनैपनि हालतमा परिवर्तन गरिनुपर्ने आवाज बलियो भएको छ । देशकै कान्छो जिल्ला नवलपुरकै गौरवको आयोजनाका रुपमा लिईएको कावासोती नगरपालिका वडा नं. ३ को करिब एक सय ८४ विगाहा क्षेत्रफलमा नमुना सदरमुकाम निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । तर नमुना सदरमुकाम निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन(ई.आई.ए.) गर्दा समेत उल्लेख भएका त्यहाँका धार्मिक एवं सामाजिक संरचनाहरुलाई वाउण्ड्रि वाल भित्रै राख्ने गरि डिपिआर तयार भएकोमा धार्मिक संरचना संरक्षण समितिले उक्त संरचनाहरु वाउण्ड्रि वाल भन्दा …
३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु/दुई घाइते
माघ २६, कावासोती ।
तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किदा नवलपुरमा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको छ । उनको उपचारको क्रममा …
सन्तानको रहर पुगेकाहरुलाई बन्ध्याकरण सेवा सहित नवलपुरका विभिन्न स्थानमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने
माघ २६, कावासोती ।
नवलपुरको विभिन्न स्थानहरुमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा हुन गैरहेको ति शिविरमा परिवार योजना सम्बन्धी महिला पुरुष दुवैकालागि परामर्श, अस्थायी तथा स्थायी परिवार योजना सेवा, प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी लगायतका सेवाहरू निःशुल्क रूपमा प्रदान गरिने साथै शिविरमा सन्तानको रहर पुगेका जोडिहरुलाई बन्ध्याकरण सेवा समेत उपलब्ध हुने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । उक्त शिविर यहि माघ २७ गते विनयित्रिवेणी गाउँपालिकाको सुस्ता स्वास्थ्य चौकी, त्रिवेणीमा सञ्चालन हुने बताईएको छ। त्यसैगरी माघ २८ गते मध्यविन्दु नगर अस्पताल …
आगामि निर्वाचनमा रास्वपाले सुनामि ल्याउने सभापति लामिछानेको दावि(भिडियो सहित)
माघ २५, कावासोती ।
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले यस पटक नेपालि जनताले आफ्नो भाग्य र भविष्य आँफै कोर्ने बताएका छन् । आगामि फाल्गुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि प्रचारप्रसारका क्रममा नवलपुरको कावासोती आएका सभापति लामिछानेले समर्थकहरुलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कावासोतीको फलफुलचोकमा जम्मा भएका आफ्ना नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्दै लामिछानेले देशैभर सबै भ्रष्टचारीलाई बढार्ने सुनामि ल्याउने दावि गरे । समर्थकहरुको भिडलाई सम्हाल्न गाह्रोपरेपछि गाडिमाथिबाटै सम्बोधन गरिरहेका लामिछानेले नवलपुरमा रहेका भुमिहिन सुकुम्बासिहरुको समस्या वारे समेत आँफुलाई जानकारी …
बस दुर्घटना अपडेटः मृतक १३ जनाकै सनाखत
शुक्रबार, माघ २३,
बैतडीमा गएराति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख दीपककुमार रायले जानकारी दिए। घटनास्थलमै मृत्यु हुनेमा बझाङको बिथडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी र ४६ वर्षीय किसन दत्त जोशी छन्। यस्तै, बझाङ केदारस्युँ गाउँपालिका–७ का ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बसन्तराज रताला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि घटनास्थलमै मृत्यु भएको …
“निर्वाचन सर्ने सम्भावना छैन” : प्रधानमन्त्री कार्की
माघ २०, कावासोती ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सर्ने सम्भावना नरहेको बताउनुभएको छ । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ रहेको र सोही अनुसार तयारी भइरहेकोले निर्वाचन सर्छ कि भनेर शंका नगर्न उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सहभागी हुन मङ्गलवार नवलपुरको हात्तीखोर आउनुभएकी प्रधानमन्त्री कार्कीले पत्रकारसँगको कुराकानीमा अत्यधिक चिसोका कारण हिमाली जिल्लाहरूमा फागुन २१ मै निर्वाचन हुन नसक्ने अवस्था आएमा दोस्रो चरणमा पनि गर्न सकिने तर अन्य ठाउँमा निर्धारित मितिमै निर्वाचन हुने बताउनुभएको हो । हिमाली जिल्लामा यातायातको पहुँच …
हुप्सेकोट गाउँपालिकाद्धारा एकैदिन २ सय ५० कुकुरहरुलाई रेविज विरुद्धको खोप
दीपेन्द्र रेग्मि, माघ २०, कावासोती ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाले एकैदिन २ सय ५० कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाएको छ । सामुदायिक छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान २०८२ अन्तर्गत मंगलबार एकैदिन घर पालुवा र छाडा छोडिएका गरि २५० कुकुरलाई खोप लगाईएको हुप्सेकोट गाउँपालिका पशु सेवा साखा प्रमुख बुद्धि बहादुर देउजाले जानकारी दिनुभएको हो । रोग लागिसकेपछि उपचार खोज्नु भन्दा रोग लाग्नै नदिनु उपयुक्त हुन्छ भन्ने यथार्थतालाई आत्मसाथ गरि, समुदायमा बढ्दै गएको छाडा कुकुरको संख्या न्युनिकरणका लागि गत वर्ष कुकुर बन्ध्याकरणको अभियान चलाएको गाउँपालिकाले यसवर्ष रेविज विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको हो …
“कृषक असुरक्षित हुँदा भान्छा देखि उपभोक्ता सबै असुरक्षित हुन्छन्” : गाउँपालिका महासंघ अध्यक्ष पाण्डे
दीपेन्द्र रेग्मि, माघ २०, कावासोती ।
एउटा कृषक असुरक्षित हुँदा भान्छा देखि उपभोक्ता सम्म सबै असुरक्षित हुने गाउँपालिका महासंघ अध्यक्ष लक्ष्मि देवि पाण्डेले बताउनुभएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिकामा मंगलबार आयोजित विषादि न्यूनिकरण सम्बन्धि १ दिने सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताउनुभएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष समेत रहनुभएकि पाण्डेले कृषकहरुले ठूलो जोखिम उठाएर कृषि उत्पादन गर्ने गरेको भन्दै कृषकको जोखिम न्युनिकरण एवं जिवन सुरक्षार्थ सरकारले गर्नै पर्ने कार्य मध्य विषादि न्युनिकरण कार्यक्रम रहेको बताउनुभएको हो ।
कृषि उत्पादनका लागि विषादिलाई विस्थापित गरेर त्यसको विकल्पमा के प्रयोग गर्ने ? भन्ने …
नवलपुरमा विद्यार्थीहरुको अगुवाईमा विद्यार्थीकै लागि आँखा जाँच एवं शैक्षिक सामाग्रि वितरण
माघ १९, कावासोती ।
नवलपुरको मध्यविन्दु बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा विद्यार्थीकै लागि आँखा जाँच एवं शैक्षिक सामाग्रि वितरण कार्यक्रम गरिएको छ । स्वास्थ्य सेवा तथा सामाजिक कल्याण समिति मध्यविन्दु बहुमुखि क्याम्पसले विद्यार्थीहरुको निःशुल्क आँखा जाँच एवं शैक्षिक सामाग्रि वितरण कार्यक्रम गरेको हो । नवलपुरको कावासोती ३ मा अवस्थित क्याम्पसको एम वि. एस. चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको सह आयोजना एवं मध्यविन्दु आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थी ज्वाला झाले जानकारी दिनुभयो ।
मध्यविन्दु नगरपालिका वडा नं. ३ मा रहेको ब्रह्म आधारभुत विद्यालयमा अध्ययनरत २९ जना विद्यार्थीहरुको आँखा …
हुप्सेकोट गाउँपालिकामा उत्कृष्ट १० उद्यमलाई रु एक लाख नगद सहित सम्मान
माघ १५, कावासोती ।
हुप्सेकोट गाउँपालिकाका हजारौँ उद्यम मध्य उत्कृष्ट १० उद्यमलाई रु एक लाख नगद सहित सम्मान गरिएको छ । विभिन्न विधाका उत्कृष्ट ९८ उद्यम मध्यबाट पनि सर्वोत्कृष्ट बन्न सफल उद्यमहरुलाई नवलपुरको हुप्सेकोट गाउँपालिकामा बुधबार भएको “उत्कृष्ट १० उद्यम घोषणा कार्यक्रम” मार्फत सम्मान गरिएको हो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र दायित्व संस्था विच त्रिपक्षिय साझेदारिमा सञ्चालन भैरहेको वृद्धिमुखि उद्यमशिलता तथा रोजगारि प्रवर्धन अन्तर्गत “उत्कृष्ट १० उद्यम घोषणा कार्यक्रम” गरिएको दायित्व संस्थाका फिल्ड अधिकृत लक्ष्मण ठाडाले जानकारी बताउनुभयो ।
गाउँपालिकामा आँफुलाई उत्कृष्ट दावि गर्दै परेका फरक फरक …
समानुपातिक उम्मेदवार सुचिमा नवलपुर : कांग्रेसबाट १, एमालेको ४० आकांक्षि अन्यौलमै, रास्वपाबाट शुन्य
दीपेन्द्र रेग्मी, पुष १६, कावासोती ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ वटा दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार ५४ दलले आ–आफ्नो निर्वाचन चिह्नमा र १० दलले चारवटा एकल निर्वाचन चिह्नमा निर्वाचनमा भाग लिने भएका छन् । समग्रमा ६४ दलले ५८ वटा निर्वाचन चिह्नमा समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ । आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । …
“जेन्जि आन्दोलनले अरबौँ सम्पत्ति जलाउनु भन्दा अर्को उपलब्धि हुन सकेन” : विष्लेशक(भिडियो सहित)
दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नेपालको राजनीतिक इतिहासमा एउटा तिखो खड्गझैं उभिएको जेन्जि आन्दोलनले भ्रष्टाचारको कालो बादललाई छिन्ने प्रयास गरेको थियो, तर त्यही आन्दोलनको आडमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले देशलाई अझ गहिरो घाउ दिएको छ ।
भदौ २३ र २४ गते (सेप्टेम्बर ८–९, २०२५) मा देशव्यापी रूपमा फैलिएको यो युवा विद्रोहमा शान्तिपूर्ण प्रदर्शनको नाममा केही अराजक तत्वहरूले सरकारी कार्यालय, प्रहरी चौकी, निजी सम्पत्ति र सवारीसाधनमा आगो सल्काएर लुटपाट मच्चाए ।
भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा देशभरबाट अहिलेसम्म अर्थात मंसिर २६ गते सम्म जम्मा ८७२ जना …
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
दिपेन्द्र रेग्मी, असार २१, कावासोती ।
समाजलाई डोर्याउने उपयुक्त ज्ञान र सिप भएको जशक्ति नै विकासको महत्वपूर्ण पाटो हुने नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेले बताउनुभएको छ ।
विकास भन्ने वित्तिकै बाटोघाटो निर्माण वा भौतिक निर्माणलाई मान्ने गरिएको भन्दै उहाँले बनेका ति पूर्वाधारलाई प्रयोग गर्ने ज्ञान सिप भएको जनशक्ति उत्पादन हुनु पनि विकासको महत्वपूर्ण पाटो हुने बताउनुभएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवं राईट फर चिल्ड्रेनको सहकार्यमा भएको हुप्सेकोट गाउँपालिका स्तरिय सिकाई सामाग्रि प्रदर्शनि मेला प्रतियोगिता २०८२लाई सम्बोधन गर्दै प्र.जि.अ. पाण्डेले सो कुरा बताउनुभएको हो ।
उहाँले शिक्षामा …
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)
असार १९, कावासोती: “म नर्सरि देखि यहि विद्यालयमा पढ्दै आएकि हुँ, विद्यालयकै अगाडि भएको पसलमा पहिलेदेखि नै कापि कलम किन्न जान्थेँ, मेरो यादमा भएसम्म कक्षा ६ मा पढ्ने बेला देखि नै त्यो पसलमा सामान किन्न जाँदा फरक व्यवहार हुने भएको महषुस हुन्थ्यो तर यो व्यवहार गलत हो जस्तो लाग्दैनथ्यो, तर केहि दिन अघि मात्रै पनि त्यो पसलमा सामान किन्न जाँदा पसलको अंकलले मेरो हात समाउने, शरिरका विभिन्न अंग प्रत्यङ्ग छुने गर्न थाल्नुभयोः म डराएँ र घरमा गएर आमालाई अंकलले गरेको व्यवहार वारे बताएँ तर आमाले अबदेखि त्यो पसलमा नजा, त्यता …
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
१५ चैत, काठमाडौं । प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको पुष्टि गरेका छन् ।
गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
शुक्रबार दिउँसो उनी आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ-आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ ।
केही पर भने …
यातायात ब्यवस्था कार्यालय नवलपुरद्वारा कर संकलन अभियान संचालन
दीपक भट्टराइ,कावासोती, १३ फागुन : यातायात व्यवस्था कार्यालय नवलपुरले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन १५ दिने विशेष अभियान सञ्चालन गरेको छ। यो अभियान अन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रूट परमिट तथा सवारीचालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको छ।
कार्यालय प्रमुख सुरेश जैसवालका अनुसार प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर संकलन प्रक्रियालाई चुस्त-दुरुस्त बनाउन विशेष योजना अघि बढाएको हो। उनले भने, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर संकलनकाे लागि अभियान सञ्चालन गरिएको छ।” उनका अनुसार नवलपुरमा धेरै सवारीसाधनले लामो समयसम्म कर तिरेका छैनन्। त्यसलाई मध्यनजर गर्दै बिलबुक नवीकरण नगर्ने सवारीसाधनलाई …
सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
१३ चैत, काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनले भने, ‘ साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो। चार जनाको उपचारको क्रममा मृत्यु भयो। ‘
उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै दुर्घटनामा परी २७ जना घाइते भएका …
