अमेरिकामा हवाई दुर्घटना हुँदा दुई जनाको मृत्यु

भदौ १२, फ्लोरिडा : अमेरिकी राज्य फ्लोरिडामा एक हवाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ । विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना घाइते भएका छन् ।
हेलिकप्टर भुईँमा खस्दा ब्रोवार्ड काउन्टी फायर रेस्क्यु क्याप्टेन टेरिसन ज्याक्सन ९४९० र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सोमबार बिहान करिब ८ः४५ बजे पोम्पानो बिच एयरपार्कबाट उडेको हेलिकप्टर …

खाडि मुलुकमा अनुहार हेरेर नेपाली महिलाको किनबेच हुन्छ

भदौ ९, काठमाण्डौ : रामेछापकी २९ वर्षीया अस्मिता तामाङ (नाम परिवर्तन) को तीन वर्ष अगाडि श्रीमानको मृत्यु भयो । सवारी दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि दुई छोराछोरी, सासु, ससुरासहित घर परिवारको जिम्मेवारी उनको काँधमा आयो । सामान्य लेखपढ गरेकी उनलाई आम्दानीको स्रोत केही थिएन । गाउँघरमा मजदुरी गरेर दिनचर्या चलाउँदै गरेकी उनको पीडा र दुःख देखेर गाउँकै एक जना दाइले विदेश जान सुझाए ।
विदेश त जाने तर, कहाँ जाने ? कति पैसा लाग्छ ? के कामका लागि जाने ? जस्ता प्रश्नहरूको उत्तर उनीसँग थिएन । ती सबै प्रश्नको उत्तर तिनै …

ला लिगामा बार्सिलोनाको पहिलो जित

भदौ ४, काठमाडौं : साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा क्याडिजलाई २(० ले पराजित गरेको हो ।
पेड्री र फेरान टोरेसले अन्तिम ८ मिनेट भित्र गोल गरेपछि बार्सिलोनाले सिजनको पहिलो जितसहित तीन अंक जोडेको छ । घरेलु मैदानमा बार्सिलोनाले पहिलो गोल गर्न ८२ मिनेटसम्म कुर्नुपरेको थियो । पेड्रीले ८२औं मिनेटमा इल्के गुन्डागोनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । फेरानले इन्जुरी टाइमको चौथो मिनेटमा रोबर्ट लेवान्डोसक्को पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
जितपछि दुई खेलबाट ४ अंकसहित पाँचौ स्थानमा …

एकैपटक आएका २ सय बढि बंगलादेशी पर्यटकलाई नेपालमा पञ्चेबाजासहित स्वागत

भदौ १, काठमाण्डौ : बङ्गलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । सो कार्यक्रमअन्तर्र्गत शुक्रबार पहिलो समूह नेपाल आएको हो ।

जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो …

दक्षिण अमेरिकामा बन्धक बनाइएका तीन नेपाली महिलाको उद्धार गरिदिन आग्रह

साउन २७, काठमाण्डौ : दक्षिण अमेरिकामा बन्धक बनाइएका नेपाली महिलाको उद्धार गर्नका लागि राष्ट्रिय महिला आयोगले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगका अध्यक्ष कमला पराजुलीले परराष्ट्रमन्त्री एनपी साउँदलाई पत्राचार गर्दै दक्षिण अमेरिकाको ट्रिनिडाड एण्ड टोवागोमा तीन महिला बन्धक बनाइएकाले उनीहरुको उद्धार गर्न अनुरोध गरेकी हुन् ।
आयोगले पत्राचार गरे लगत्तै मन्त्रालयले यस विषयमा मन्त्रालय र वासिङटन डिसीमा रहेको नेपाली राजदूतावासविच सन्देश र अद्यावधिक जानकारी एवम थप सूचना आदानप्रदान भइरहेको जनाएको छ ।
साथै मन्त्रालयले आयोगको पत्र प्राप्त गरे लगत्तै कुटनीतिक नियोगमा भए गरेका प्रयासबारेमा जानकारी गराउन वासिंङटन डिसीमा रहेको नेपाली राजदूतावासलाई …

यस्तो छ बुधवारकालागि विदेशी मुद्राको विनिमय दर

साउन २४, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हिजो डलरको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा …

भारतको उत्तराखण्ड पहिरोमा बेपत्ता भएका ११ जना जनाको परिचय खुल्यो

साउन २१, काठमाण्डौ : भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्लाका ११ जनाको परिचय खुलेको छ । एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो ।
बेपत्ता हुनेमा पातारासी(२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय अमर बोहोरा, उहाँकी श्रीमती अनिता बोहोरा, ११ वर्षीया छोरी सलिता बोहोरा, ९ वर्षीया छोरी पिंकी बोहोरा, ७ वर्षीया छोरी प्रिति बोहोरा, ४ वर्षीय छोरा जटिल बोहोरा, दुई वर्षीय छोरा ओकिल बोहोरा, पातारासी(३ का ३८ वर्षीय बम बोहोरा र ४६ …

भारतमा भएको कार दुर्घटनामा दुई परिवारका ६ जना नेपालिको मृत्यु

साउन २१,  बाँके : भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ ।
भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष …

आज विदेशी मुद्राको विनिमय दर

साउन २१, काठमाण्डौ :  नेपाल राष्ट्र बैंकले आज वि. सं. २०८० साउन २१, आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४४ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९६ पैसा छ …

नेपाली नर्सलाई बेलायतमा रोजगारी : आउँदो कात्तिक २ गतेसम्म आवेदन दिन सकिने

साउन ५, काठमाण्डौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ।
पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।
बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। सरकार सरकार ९जिटुजी० संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।
बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ।
आवेदन आज ९शुक्रबार० देखि खुला भएको छ। कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ।
आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ …

स्कुटरको ‘ब्रेक सु’ बनाएर ल्याएको १ क्विन्टल बढि सुन ल्याउने १ भन्सार कर्मचारि सहित ६ जना समातिए

साउन ४, काठमाण्डौँ,

राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ। आज बिहान १० बजे राष्ट्र बैंकले सुन जोख्न लागेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गरिसकेको एक क्विन्टल सुन बुधबार बरामद भएको थियो। ​ आठ वटा कार्टुन बक्समा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो। जसको तौल १ सय ५४ केजी उल्लेख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए।
गत जुलाई १६ तारिखमा हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको खनालको भनाइ …

बेलायतमा कार्यरत स्वास्थ्यकर्मीको सुझाव, ‘नेपाल खोपमै केन्द्रित हुनुपर्छ’

एन सञ्चार, २० पुषः
बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने जोखिम देखिएको भन्दै उनीहरुले नेपाल सरकारलाई खोप वितरणमै थप ध्यान दिन सल्लाह दिएका हुन्।
नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा. सुधिर लोहनीले नयाँ ओमिक्रोन भेरियन्टमा समेत खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको बताए। बेलायतको केन्टस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत डा. लोहनीले ओमिक्रन भेरियन्ट तुलनात्मक रुपमा कम घातक तर बढी …

कालापानी क्षेत्रका नेपाली गाउँ गुन्जी, नाबी र कुट्टीमा उत्तराखण्डका गभर्नरको भ्रमण

एन सञ्चार, पुष १८ः
उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए ।
बोडर रोड्स अर्गनाइजेसन (बीआओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकनका क्रममा सिंह अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार सो क्षेत्रको भ्रमण गरेका हुन् ।
 सो क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । साे अवसरमा टाढाको गाउँमा र बीआरओ पोस्टमा पहिलो पटक पुग्दा आफूलाई खुसी लागेको उनले बताएका थिए ।
सो अवसरमा लेफ्टिनेन्ट सिंहले बीआओले सीमा क्षेत्रको पूर्वाधार विकासमा ठूलो कार्य …

वैदेशिक रोजगारीले रित्तिँदै छन् गाउँ, सन्दर्भ:अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

एन सञ्चार, पौष ३, काठमाडौं ।। आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि श्रमिकको हक, हित र अधिकारका बारेमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
तथ्याङ्कअनुसार हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन् । नेपाल श्रम शक्ति सर्वेक्षण २०७५ अनुसार काम गर्ने उमेर पुगेका २ करोड ७ लाख जनसङ्ख्यामध्ये ७० लाख ८७ हजारले मात्र नेपालमा आंशिक वा पूर्ण रोजगारी पाएका छन् । अहिले पनि लाखौँ नेपाली कामको लागि विदेशिन बाध्य छन् ।
आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्म साढे ५६ लाख नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति …

परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर

मंसिर ११, काठमाडौं ।। 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । 

संघले शनिवार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ । 
सरकारविरुद्धको निवेदनमामा १०औँ महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।
संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह …

भारतीय बजार जान परिचयपत्र अनिवार्य, पुलमै लाइन लगाएर परिचयपत्र माग

मंसिर ११, दार्चुला ।। भारतीय बजार धार्चुला जान नेपालीले परिचपत्र अनिवार्य देखाउनु पर्ने भएकाे छ। नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले  नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचनाबोर्ड नै टाँसेकाे छ।
हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ। सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन्।

राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्रमध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइँदैछ। पाँच प्रकारका परिचयपत्रमध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश …

छाङरु र तिंकरको जनगणना गरेर फर्किएकाे टोलीलाई हेलिकोप्टरमार्फत खलंगा ल्याइयो

मंसिर ९, दार्चुला ।। दार्चुलाको ब्यास गाउँपालिका-१ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ। भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो। 
३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली ६ मंसिरमा छाङरु पुगेर जनगणना सुरू गरेको थियो। तीन दिनमा छाङरु र तिंकरगाउँमा जनगणना गरि बिहीबार खलंगा फिर्ता भएको जनगणना गर्न गएका जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्कीले जानकारी दिए।
जनगणना गर्न जनगणना कार्यालय दार्चुलाका सहायक …

छाङरू र तिंकरमा जनगणना कहिले?, भारतीय बाटो हिँड्न नपाएपछि गणक गाउँ पुग्नै पाएनन्

कात्तिक २८, काठमाडौं ।। २५ कात्तिकदेखि मुलुकभर जनगणना भइरहेको छ। तर, दार्चुलाको ब्यास गाउँपालिका–१ मा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन।
ब्यास गाउँपालिका–१ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरूमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ। भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरू गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ।
अतिक्रमित क्षेत्रको समेत बैक्लपिक विधिबाट जनणना गर्ने दाबी तथ्यांक विभागले गरिरहेका बेला अतिक्रमित क्षेत्र नजिकका नेपालकै प्रशासनिक अधिकार कायम रहेका गाउँमा समेत जनणना हुन सकेको छैन। ती गाउँमा जान नेपालको भूगोल भएर बाटो …

कोविढ १९ प्रभावः अमेरिकाद्वारा नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

काठमाडौं, वैशाख २९ । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाएको छ । अमेरिकाले बुधबार एक ट्राभल एड्भाइजरी जारी कोभिड–१९ संक्रमणको जोखिमलाई ख्याल गर्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह गरेको जनाएको छ ।
 
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै नेपालमा कोभिड–१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरेको हो । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार अर्को सूचना जारी नभएसम्म अमेरिकीहरुलाई नेपाल भ्रमण नगर्न भनिएको छ ।
नेपालबाट व्यवसायिक उडान नरहेको भन्दै नेपाल छाड्न चाहने अमेरिकीहरुका लागि चार्टर उडानको अनुमति दिन नेपाल सरकारसँग आग्रह गरिएको जानकारी पनि सूचनामा …

४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।

 
 
 

तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ …

You Missed

समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः
दलदले दुर्घटना : बस, ट्रक र मोटरसाइकल ठोक्किदा ३ घाइते ।।
नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
क्षयरोग पहिचानमा परीक्षण साधनकाे कमी, एघार जिल्लामा दस जिन एक्सपर्ट केन्द्र
यातायात ब्यवस्था कार्यालय नवलपुरद्वारा कर संकलन अभियान संचालन

Primary Color

Secondary Color

Layout Mode