खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद
७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल भयो । यसको कारण हो नेपाली खो खो टिमले विश्वकपमा गरेको प्रदर्शन र हात पारेको उपलब्धि ।
पहिलोपटक आयोजना भएको खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोलीले शानदार प्रदर्शन गर्दै उपविजेता बनेपछि अहिले धेरैले खो खो खेल के हो ? यो कस्तो खेल हो ? कसरी खेलिन्छ ? भनेर खोज्न थालेका छन् ।
भारतको नयाँदल्लीमा पुस २९ गते देखि माघ …
नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित
७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१ ले पराजित गरेको हो ।
दोस्रो जितपछि १० अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५-२४ ले हराएको थियो ।
धनगढीको यो लगातार दोस्रो हार हो । धनगढी पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६-३४ ले पराजित भएको थियो । दुई खेल खेलेको धनगढीको एक अंक छ ।
सुरूवाती समयमा धनगढीले जनकपुरलाई दबाबमा राखेको थियो । तर, ट्याकलमा कमजोर …
सकियाे एनपिएलः कालापत्थरको ढुंगामा लेखियो जनकपुरको नाम
६ पुस, काठमाडौं । नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्ट इभेन्ट मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ ।
आयोजना, पुरस्कार राशी, सहभागी टिमको संख्या, लगानी अनि विदेशी खेलाडीहरुको आगमन र प्रदर्शनले पनि यसलाई अहिलेसम्मकै ठूलो खेल महोत्सवको रुपमा लिइएको छ । जहाँ जनकपुर बोल्ट्सले बाँकी ७ टिमलाई पछि पार्दै च्याम्पियन बन्यो ।
फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेट हरायो । यसको नायक बने लाहिरु मिलान्था । ओपनर मिलान्थाले ८५ रनको सानदार पारी खेलेपछि सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर …
राईनो कप फुटवलकाे फाईनल खेल बुधवार, नेपाल एपिएफ र नमोबुद्ध भिड्दै ।
कावासाेती। नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बुधबार हुनेछ । फाइनल खेल नेपाल एपीएफ र नमोबुद्ध फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
मध्यविन्दु नगरपालिका – २ कोल्हुवा स्थित राइनो रंगशालामा भोलि दिउँसो २ बजेदेखी प्रतियोगिता सुरु हुनेछ । फाइनल खेलको टिकट शुल्क भने २०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
आयोजक क्लबका अध्यक्ष दोमन भण्डारीका अनुसार १२ टिमको सहभागिता रहेको सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ४ लाख मेडल, ट्रफी र …
पारालिम्पिकः पलेशाले नेपाललाई दिलाइन् ऐतिहासिक कास्यपदक
कावासोती । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।
पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१९० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित भएकी थिइन् ।
दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २९१ ले पराजित …
युनाईटेड गोल्डकपको उदघाटन खेलमा चोरमारा बिजयी,शनिवार वातासिनो कावासोती र रजहर आमनेसामने
कावासोती । हुप्सेकोटको गिरुवारीमा शुक्रवारबाट सुरु भएको ३८ औं युनाईटेड गोल्ड कपमा चोरमारा युवा क्लब चोरमारा बिजयी भएको छ । बसन्तपुर फार्मेसीलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै चोरमारा युवा क्लब बिजयी भएको हो ।
निर्धारित समयमा दुबै टिमबाट बराबरी १/१ गोल भएपछी खेल ट्राईबेकरमा परिणत भएको थियो । शनिबारको खेल वातासिनो कावासोती र हरियाली युवा क्लब रजहर बिच हुने आयोजकले बताएको छ । युनाईटेड युवा क्लबको आयोजनामा संचालित युनाईटेड गोल्ड कपको ३८ औं संस्करणमा १६ क्लब सहभागी छन ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त …
भदौ १४ देखी हुप्सेकोटमा युनाईटेड गोल्ड कप हुँदै,देशभरका चर्चित फुटबल क्लब सहभागी हुने
कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष भदौ १४ गतेबाट सुरु हुने भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३८ औं संस्करण हुप्सेकोट ३ स्थित सरस्वती मा.बि. को खेल मैदानमा संचालन हुन लागेको हो ।
प्रतियोगितामा देशभरका चर्चित फुटबल क्लब र खेलाडीहरु सहभागी हुने खेल संयोजक हरि थापाले बताए ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद …
नेपाल र नेदरल्यान्डबीचको आजको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।
खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ जसमा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको संचालन जय प्रधानले गर्नेछन् भने खाजा र खानाका लागि विभिन्न स्टलहरू पनि उपलब्ध हुनेछ ।
ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको …
शनिबार नेपालको राष्ट्रिय टिम र ‘वेस्ट इन्डिज ए’ क्रिकेट टोलीसँग पहिलो टी २० खेल हुने
वैशाख १२, काठमाडौं,
पाँच खेलको टी २० सिरिज खेल्न ‘वेस्ट इन्डिज ए’को क्रिकेट टोली बुधबार विहान नेपाल आइपुगेको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका हुन् ।
टोलिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आउँदो शनिबार अर्थात अप्रिल २७ मा नेपालको राष्ट्रिय टोलीसँग पहिलो टी २० खेल्ने छ । त्यस्तै अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा पाँचौँ एवं अन्तिम खेल हुनेछ। सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ।
वेस्ट रोस्टन चेजको कप्तानीमा रहेको ‘वेस्ट इन्डिज ए’ मा …
आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्दै
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिल्लीमा राति पौने ८ बजे शुरु हुनेछ।
जारी प्रतियोगितामा हैदराबाद ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । दिल्ली सात खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ ।
गएराति भएको खेलमा लखनउ सुपर जायन्टस्ले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो।
जितसँगै लखनउ सात खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ। पराजित चेन्नई समान खेलमा समान अंकसहित तेस्रो स्थानमा छ।
कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुदै
कावासोती । कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ’ भन्ने नारा सहित यही फागुन १५ गतेबाट २२ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।
ओल्ड स्टार क्लब कावासोतीको आयोजनामा हुन लागेको प्रतियोगितामा रुपन्देही , चितवन , मकवानपुर नवलपरासी सहित १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष राम पौडेलले बताए ।
नकआउट चरणमा हुने प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद , प्रमाण पत्र र शिल्ड , दोस्रोले ४० हजार नगद तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित सम्मान गरीने छ …
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड नवलपुरमा हुने निश्चित
कावासोती । गण्डकी प्रदेश स्तरीय रनिङ शिल्ड प्रतियोगिता नवलपुरमा हुने भएको छ ।
यहि फागुन ११ देखि १३ सम्म प्रदेश ११ जिल्ला सहभागी हुने प्रतियोगिताको आयोजनाको जिम्मा जिल्ला खेलकुद विकास समिति नवलपुरले पाएको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिए ।
जिल्लाका स्थानीय तह तर्फबाट प्रतियोगिताका लागि ३० लाख लागत सहभागीता हुने निश्चित भए पछि प्रदेश खेलकुद परिषदले नवलपुरलाई प्रतियोगिता आयोजनाको जिम्मा जिम्मा दिएको हो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते र उसुका खेल सन्चालन हुने छ्न ।
यू-१९ विश्वकप प्रकरण : नेपाललाई एकै ओभरमा दुई विकेट
१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध एकै ओभरमा दुई विकेट हात पारेको छ । १४औं ओभरमा नेपालले भारतका दुई विकेट लिँदै खेलमा फर्किने संकेत देखाएको छ ।
तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट भए । उनले ३० बलमा २ चौका प्रहार गरे ।
त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो । प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो ।
दीपक …
दैलेख जिल्लाको १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू
तेजेन्द्र शाही, एन सन्चार, दैलेखः दैलेख जिल्लाको १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ।
दैलेख जिल्ला खेलकुद विकास समितिकाे आयोजना, ठाटीकाँध गाउँपालिका को आर्थिक सहयोग र ठाटीकाँध खेलकुद विकास समितिको व्यवस्थापन मा दैलेख जिल्ला ठाटीकाँध गाउँपालिका वडा नं १ हेलिप्याडमा मगंलवार देखि शुरु भएको हो ।
ठाटीकाँध गाउँपालिकामा सुरु भएको रनिङ शिल्ड प्रतियोगिता माघ १९ गते चार दिनसम्म संचालन हुनेछ। उक्त रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहका का विच कर्णाली प्रदेश सरकार का आर्थिक तथा मामिला मन्त्री वेदराज सिंहले उद्धघाटन गरेका हुन।
रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी , लगायत …
प्रधानमन्त्री कपमा पहिलो रोजाइका १० खेलाडीको प्रदर्शन
१२ माघ, काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपालका पहिलो रोजाइका अधिकाम्स खेलाडीको प्रदर्शन राम्रो छैन । सर्वाधिक रन बनाउने शीर्ष १० सूचिमा कप्तान रोहित पौडेल मात्रै पहिलो रोजाइको खेलाडीको रुपमा छन् ।
हालसम्म ८ शतक बनेका छन् । पहिलो रोजाइका खेलाडीबाट छैन । यस प्रतियोगितामा नेपालको टोलीमा नपरेका र पूनरागन गर्ने तयारीमा रहेका खेलाडीको प्रदर्शन सानदार छ । ब्याटिङमा मात्रै होईन बलिङमा पनि नेपालको जर्सी खेलेका नभएर नखेलेका खेलाडी अघि छन् ।
मधेशका अनिल कुमार साह ८ खेलमा ३७० रनका साथ शीर्षस्थानमा छन् । उनलाई बागमती प्रदेशका आशुतोष …
एपीएफमाथि मधेश प्रदेशको रोमाञ्चक जित
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब एपीएफले पहिलो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको खेलमा एपीएफ मधेश प्रदेशसँग ५ विकेटले पराजित भएको हो ।
पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाउको थियो । जवाफमा मधेश प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । मधेश प्रदेशलाई जिताउनको क्रममा तीन खेलाडीले अर्धशतक पूरा गरका थिए । रुपेश सिंहले ७२ रनको नटआउट पारि खेल्दा पवन शर्राफले ६४ तथा निरज यादवले ५२ रन बनाए ।
यस्तै, अनिल साहले २९ रन बनाउँद्या …
यू–१९ एसिया कप क्रिकेट : भारतसँग नेपालको लज्जास्पद हार, प्रतियोगिताबाट बाहिरियो
काठमाडौं । दुबईमा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत भारतसँग नेपालले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ ।
नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले विना कुनै क्षति पुरा गर्यो । भारतले ७.१ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो । भारतका ओपनर ब्याट्सम्यान आदर्श सिँहले १३ रन र अश्र्विन कुलकर्नीले ४३ रन बनाए । उनले ३० बलमा पाँच छक्का र एक चौकाको मदतमा ४३ रन बनाए ।
पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गर्यो । नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो । नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा …
साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा
२ कात्तिक, काठमाडौं । यू–१९ प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
बिहीबार साउदी अरेबियालाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको छ ।
३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदीले नेपालको स्पिन अट्याक झेल्न सकेन ।
नेपालको लागि यूएसडी यूकेएम ओभलमा बिहीबार पनि स्पिनरको जादु चल्यो । नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए । अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिए ।
पावरप्लेमा साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन बनाएको थियो …
यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी
काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।
नेपालका कप्तान रोहित पौडेलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३४, आसिफ शेख २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए । यूएईका अल नासिर र निलांश केसवानीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।
विश्वकप क्रिकेट : बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दै
कावासोती । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ ।
त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेका छन् ।